१ . शासनको अवधारणा स्पष्ट गर्दै यसका आधारभूत पक्ष तथा विशेषताहरू उल्लेख गर्नुहोस् । ( 8 + 3 + 3 )
" Less Governance is the best government ''
" शासनको अवधारणा
सत्ता र अधिकारको प्रयोग मार्फत स्रोत र साधनको प्रबन्ध गर्नु शासन हो । राज्य संचालन गर्ने क्रममा अपनाउने विधि , प्रक्रिया , मापदण्ड वा कार्यशैलीको समग्र रूपलाई शासन भनिन्छ । सरकार र सरकार बाहेकका पक्षहरूको उपस्थितिमा राज्य सञ्चालन गर्ने विधि , प्रक्रिया वा पद्धति शासन हो । यसलाई शासकीय अधिकारको प्रयोग , नीति निर्माण र तिनको कार्यान्वयन , नागरिक सम्बन्धको व्यवस्थापन लगायतका क्रियाकलापलाई निर्धारण गर्ने प्रक्रियाको रूपमा लिइन्छ ।
नेपालको संविधान र क्षेत्रगत कानूनले शासन संचालनका अवधारणा स्पष्ट पारेको छ । संकुचित रूपमा कार्यपालिका र व्यापक रूपमा कार्यपालिका , व्यवस्थापिका र न्यायपालिकाको साथै संवैधानिक निकायहरूका कार्यहरूको एकीकृत र व्यावहारिक झझल्को शासन हो । शासनको अवधारणाको विकास राज्यको उत्पत्तिसँगै भएको पाइन्छ । यसलाई निम्नानुसार प्रस्तुत गर्न सकिन्छ ।
शासनको अवधारणा
क) शासनको परम्परागत अवधारणा
• यस अवधारणाले शासन भन्नाले जनतालाई नियन्त्रण गर्ने वा कानूनमा राख्ने भन्ने बुझाउँछ ।
• शासनको अर्थ शान्ति सुरक्षा कायम गर्ने र कर उठाउने भन्ने हुन्छ ।
• यस अवधारणा अनुसार राज्यमा शासक र शासित गरी २ वर्ग हुन्छ ।
ख) आधुनिक अवधारणा
• यस अवधारणामा राज्यमा शासक र शासितबीच वर्ग विभाजन हुँदैन ।
• आधुनिक अवधारणामा शासन भन्नाले जनताको इच्छाबमोजिम गरिने शासन सुशासन हो ।
• जनताको मताधिकारबाट निर्वाचित भएका प्रतिनिधिहरूले नागरिक सरोकार एवं हित प्रबर्द्धन गर्ने कार्य बुझिन्छ ।
शासनका आधारभूत
पक्षहरू
• राज्यको स्वरूप र संरचना भएको
• जनता / नागरिकको समूहद्वारा सञ्चालित हुने ,
• भौगोलिक क्षेत्रको किटान भएको ,
• सरकारको अस्तित्व भएको ,
• सार्वभौमसत्ताको
व्यवस्था भएको , अन्तर्राष्ट्रिय
मान्यता तथा पहिचान रहेको ,
• सार्वजनिक कानून सबैलाई समान रुपमा लागु भएको ,
• स्रोत साधनको व्यवस्था भएको ,
• सांगठनिक व्यवस्था गरिएको ,
• व्यवस्थापन पद्धतिको अबलम्बन गरिएको ।
शासनका विशेषताहरू
• वैधानिक सरकारको व्यवस्था हुनु ,
• नागरिकको सर्वोच्चता sकायम रहनु
• प्रतिनिधिमूलक शासन व्यवस्था ,
• कानूनको शासन अवलम्बन ,
• नियन्त्रात्मक
शक्ति रहनु ,
• जनमतको महत्त्व ,
• शक्ति पृथकीकरण , नियन्त्रण र सन्तुलनको व्यवस्था ,
• नागरिक अधिकारको स्थापना ,
• बहुपक्षीय सम्बन्ध रहन्छ ,
• स्पष्ट दृष्टिकोण निर्धारक ,
• बृहत र जटिल स्वरूप भएको ,
• सरकारको भूमिका तोकिएको ,
• व्यवस्थापकीय
शैली , बहुउद्देश्य र अपेक्षाहरू हुने ,
• समाजको ऐनाको रुपमा रहने । .
निष्कर्ष :
जनताको इच्छाबमोजिम राज्य सञ्चालन गर्ने कार्य शासन हो । परम्परागत अवधारणाअनुसार शासनलाई संकुचित रूपमा लिइन्छ भने आधुनिक अवधारणाअनुसार
शासनलाई जनताको इच्चाबमोजिम गर्ने कार्यको रूपमा लिइन्छ । नागरिकको अपेक्षाको ख्याल गर्ने शासनमात्र वास्तविक सुशासन हुने देखिन्छ । त्यसैले शासनलाई प्रभावकारी बनाई नागरिकको मन जित्नु आजको आवश्यकता हो ।

0 Comments