सार्वजनिक सेबामा प्रबेश गर्न चाहनेहरुलाई हाद्धिक स्वागत छ । समसामयिक बिषय/hot-posts

About

सार्वजनिक सेबा लाई बदलिँदो परिस्थिति अनुरूप समय–सापेक्ष बनाउने उद्देश्यले यस क्षेत्रमा विभिन्न समयमा सुधार हुँदै आएका छन् । परिवर्तित सन्दर्भमा निजामती प्रशासनलाई व्यवस्थित र समयानुकूल बनाउन नयाँ निजामती सेबा ऐन तथा नियमावलीको तर्जुमा भई त्यस बमोजिम विभिन्न सेवा, समूहहरुको व्यवस्था भईसकेको र भइरहेको पनि छ । यस अवस्थामा लोक सेवा आयोगले निजामती सेवाका विभिन्न (अन्य सार्वजनिक निकायहरुको)पदहरुको लागि नयाँ पाठ्यक्रम तयार गरी स्वस्थ प्रतिस्पर्धात्मक वातावरणको सिर्जना गर्ने र निजामती प्रशासनलाई प्रतिभाशाली जनशक्तिको सेवा उपलब्ध गराउनेतर्फ महत्वपूर्ण भूमिका निर्वाह गरिरहेको छ । यसैक्रममा मुलुकमा  परिवर्तित समयानुकूल पाठ्यक्रम निर्माण गरी परीक्षा लिदै आएकोमा विभिन्न क्षेत्रबाट प्राप्त सुझावको आधारमा पाठ्यक्रमले तोकेको विषय डिजीटल माध्यम बाट दिने उद्देश्यले यो ब्लग निर्माण गरेको हुं । कुनै बिषय क्षेत्रको ज्ञान पूर्ण हुन नसकेमा, कमी कमजोरी रहेमा औल्याई दिनुहोला । 

  प्रस्तुत सन्दर्भमा विभिन्न क्षेत्रमा छरिएर रहेका विषयहरु परीक्षार्थीलाई समेट्न अनेक समस्या पर्ने हुन्छ । यसो हुनुको मुख्य कारण बजारमा प्राप्त पुस्तकलाई लिन सकिन्छ । लोक सेवा आयोगको र अन्य सार्वजनिक निकायहरुको पाठ्यक्रममा आधारित विभिन्न पुस्तकहरु बजारमा आइरहेको छन् र विभिन्न अनलाईन कक्षाहरु पनि संञ्चालन भईरहेकाछन. । तसर्थ प्रस्तुत ब्लग यस क्षेत्रमा नौलो अभ्यास रहेकाले अनलाईन कक्षाहरुमा रहेका केही कमी–कमजोरी हटाउनुका साथै परीक्षार्थीहरुमा यसको यथार्थ बोध गराउनु रहेको छ । कतिपय अप्राप्य सामग्रीहरुलाई एकीकृतरुपमा समावेश गरी सकभर बढी विषयगत रुपमा प्रस्तुत गर्ने विशुद्ध भावनाले तयार गरीएको यो ब्लग लोक सेवा आयोगले लिने सम्पूर्ण परीक्षार्थीहरुको निम्त उपयोगिसिद्ध हुनेछ ।

प्रस्तुत ब्लग निजामती तथा अन्य प्रशासनिक क्षेत्रमा संलग्न प्राविधिक र अप्राविधिक कर्मचारीहरूका लागि पनि उपयोगी होस् भन्नाका लागि तयार गरिएको हो । यसका अतिरिक्त प्रशासनमा रुचि राख्ने जो–कोहीको लागि पनि यो ब्लग  उपयोगी हुनेछ भन्ने मलाई लागेको छ । ब्लग तयार गर्ने क्रममा यथासक्य नयाँ–नयाँ विषयवस्तुहरूलाई समेट्ने प्रयास गरिएको छ । प्रशासनको अथाहा भण्डारमा यो ब्लग नै पूर्ण छ भन्ने आशा मेरो होइन । तथापि यस पेशामा प्रवेश गर्ने परीक्षार्थीहरूका लागि यो मार्गदर्शक रूपमा रहनेछ भन्ने हाम्रो विश्वास छ ।

अन्त्यमा, प्रस्तुत ब्लगमा समावेश विषयवस्तुहरूको प्रस्तुतीकरणमा कुनै कमी–कमजोरी र अपूर्णता भएमा विज्ञ पाठकहरूको प्रतिक्रिया र सुझावको अपेक्षा (प्रस्तुत ईमेल ठेगनामा) गर्दै पाठकवर्गको सुझाव तथा ब्लगमा संलग्न पाठ्यसामग्रीहरूमा हुने परिवर्तन र संशोधनलाई मध्यनजर राखी यसलाई परिमार्जन गर्दै जाने वचनबद्धता प्रकट गर्दछु । पाठकवर्गको रचनात्मक सहयोग, सुझाव, स्नेहले हाम्रो प्रयासलाई निरन्तरता दिनेछ भन्ने कुरामा हामी विश्वस्त छौ ।             धन्यवाद

बाल कृष्ण भट्ट

Post a Comment

0 Comments