प्रतिनिधित्व भनेको के हो ? यसका प्रकारहरु उल्लेख गर्दै नेपालको संविधानले कस्तो प्रकारको प्रतिनिधित्वको व्यवस्था गरेको छ ? उल्लेख गर्नुहोस् ।१५
बलराम थापा (स्वतन्त्र पत्रकार)
अपनत्वका लागि प्रतिनिधित्व
सन्दर्भ शुरुवात
शासन व्यवस्थामा नागरिकको सहभागिता , सहकार्य र समर्थनको लागि प्रतिनिधित्वमा जोड दिइन्छ । प्राचीन ग्रीसमा जस्तो जनताले प्रत्यक्ष शासन गर्न सम्भव नदेखिएकाले प्रतिनिधित्वको विषय अगाडि आएको हो । जसले शासनलाई वैध जनमुखी र उत्तरदायी बनाउने अपेक्षा लिइन्छ ।
१. प्रतिनिधित्व भनेको के हो ?
- आफूले चुनेका प्रतिनिधिले आफ्नो विषयमा निर्णय गर्ने
- No taxation without representation
- जनताका प्रतिनिधिले जनतालाई शासन गर्ने व्यवस्था
- आफ्नो सट्टमा आफूले अधिकार दिएर पठाउने तरिका
- लोकतन्त्रको विशेषता , शासनमा सहभागिता र जनमुखी शासनको अपेक्षा प्रतिनिधित्व हो
प्रतिनिधित्वका प्रकारहरू
प्रतिनिधित्व
गराउने तरिकालाई प्रतिनिधित्वका प्रकारका
रूपमा उल्लेख गर्न
सकिन्छ ।
क) बहुमतीय वा प्रत्यक्ष प्रतिनिधित्व : - जनताद्वारा प्रत्यक्ष रूपमा मतदानबाट वा बहुमत प्राप्त गरी प्रतिनिधित्व गरिने व्यवस्था हो । जसमा उम्मेदवारलाई प्रत्यक्ष मत दिएर पठाइन्छ ।
ख) समानुपातिक प्रतिनिधित्व:- समानुपातिक समावेशिताका आधारमा दललाई मत दिएर पठाइन्छ । जनताले छानेको दलले खुला सूची वा बन्द सूचीको माध्यमबाट प्रतिनिधि चयन गरी नीति निर्माण वा नागरिक प्रतिनिधित्वमा पठाइन्छ ।
ग) मिश्रित प्रणालीः प्रत्यक्ष
वा समानुपातिकका मिश्रित
गुणहरू समेटिएको प्रणाली नै
मिश्रित प्रणाली हो ।
यसमा नागरि कले
दल र उम्मेदबार
व्यक्तिलाई छुट्टा छुट्टै मत
दिन्छन् । नेपालमा
२०६२/२०६३ को
राजनीतिक परिवर्तन पछि मिश्रित
प्रतिनिधित्व प्रणाली अवलम्बन गरिएको
छ । यी
सबै प्रणाली नागरिकलाई
बढी भन्दा बढी
शासन प्रणालीमा स्वामित्व
प्रदान गर्न र
वैधता आर्जन गर्न
अबलम्बन गरिएको हो ।
३ . नेपालको संविधानको व्यवस्था
संविधानसभाद्वारा जनताको नाममा पहिलोपल्ट जारी गरिएको वर्तमान नेपालको संविधान २०७२ असोज ३ गते जारी गरिएको हो । समानुपातिक समावेशी प्रतिनिधित्वलाई प्रस्तावनामा नै उल्लेख गरि एको नेपालको संविधानमा यस सम्बन्धमा रहेको व्यवस्थाहरू देहाय अनुसार छन् :
- २ तहको संघीय व्यवस्थापिका , प्रत्यक्ष र समानुपातिक निर्वाचन प्रणाली मार्फत मिश्रित प्रतिनिधित्वको व्यवस्था,
- राज्यका अङ्गहरू समानुपातिक समावेशी चरित्रको (धारा ५० र ५१),

0 Comments