सार्वजनिक सेबामा प्रबेश गर्न चाहनेहरुलाई हाद्धिक स्वागत छ । समसामयिक बिषय/hot-posts

शासनका आधारभूत पक्ष तथा नेपालको शासनप्रणाली

 

शासनका आधारभूत पक्ष तथा नेपालको शासनप्रणाली

 

१.   शासन ( Governance ) सम्बन्धी अवधारणा

विश्वको सामाजिक तथा सांस्कृतिक इतिहासको अध्ययन गर्ने हो भने मानव सभ्यताको प्रादुर्भावदेखिनै शासनको सोचको विकास भएको पाइन्छ राज्यहरुको निर्माणसँगै राज्यको व्यवस्थापन व्यवस्थित नियमित तुल्याउनका लागि शासन पद्धतिको विकास भएको पाइन्छ समाजमा अनुशासन , सामाजिक न्याय , शान्ति समृद्धि कायम राख्नका लागि राज्यका अधिकार साधन स्रोतको समुचित प्रयोग गर्ने विधिको औचित्य आवश्यकताबाट नै शासनको अभ्युदय भएको देखिन्छ राज्यसञ्चालन शासनप्रणालीको आधार स्रोतका रूपमा प्रख्यात मनुस्मृतिलाईसामाजिक तथा धार्मिक व्यवस्थापन , विधिको क्रियान्वयन न्यायसम्पादनका दृष्टिले अनुकरणीय आदर्शका रूपमा लिन सकिन्छ समाजमा अनुशासन , नैतिकता , शान्ति समृद्धि हासिल गर्न न्याय व्यवस्थाको संस्थागत गर्ने आधार उक्त ग्रन्थले नै स्थापित गरेको पाइन्छ

 

 राज्य सञ्चालनमा नियमितता , जवाफदेहिता , पारदर्शिता तथा नतिजामूलकता हासिल गर्नका लागि राज्यका अधिकार साधन स्रोतको उपयोग परिचालन गर्ने वैधानिक व्यवस्थापनको पद्धति नै शासन हो राज्यको आर्थिक , सामाजिक तथा कानुनी व्यवस्थापन गर्ने वैधानिक प्रक्रियालाई शासनका रूपमा परिभाषित गरेको पाइन्छ

 

विश्वमा सर्वप्रथम ग्रीक दार्शनिक प्लेटोले Governance का बारेमा व्याख्या गरेका हुन् उनले यसलाई व्याख्या गर्दै ' to steer ' भनी प्रष्ट्याएका छन् शासनप्रणालीले मुलुकको शक्ति , अधिकार साधन स्रोतको प्रयोग गर्नका लागि परम्परा , संस्थागत संरचना क्षमताको संयोजनात्मक व्यवस्थालाई समेटेको हुन्छ मानवीयताका चार मुख्य लक्ष्यः अर्थ (सम्पत्ति आर्जन) , काम (विलासिता आनन्द प्राप्ति) , धर्म ( कर्तव्य नैतिकता) तथा मोक्ष (मुक्ति स्वतन्त्रता) हासिल गर्नका लागि शासनका तर्फबाट अवसर सिर्जना गर्ने संस्थागत तथा व्यक्तिगतरूपमा ती ( अर्थ , काम , धर्म , मोक्ष) लक्ष्य प्राप्तिका लागि सहज स्थिति निर्माण गर्ने तथा सबलीकरण गर्ने कार्य नै वास्तवमा शासन पद्धति हो भन्ने कुराको प्रामाणिकता रहेको देखिन्छ

 

 

२.  शासनप्रणालीको परिचय उद्देश्य

 

शासनप्रणाली ( Governance ) को खास कुनै निश्चित परिभाषा रहेको पाइन्न तथापि शासन पद्धति भनेको शासकीय अधिकारको प्रयोग , नीति निर्णय निर्माण एवम् तिनको कार्यान्वयन , नागरिक सम्बन्धको व्यवस्थापनलगायतका क्रियाकलापलाई निर्धारण गर्ने रणनीति , संस्थागत व्यवस्था , प्रक्रिया , मूल्य मान्यता तथा परम्परासहितको संरचना , पद्धति व्यवहार हो प्राज्ञिक बहस व्यावहारिक अभ्यासका आधारमा फरक - फरकरूपमा शासनप्रणालीलाई परिभाषित गरेको पाइन्छ मुलुकको आर्थिक तथा सामाजिक साधनको परिचालन तथा व्यवस्थापन गरी विकास गर्नका लागि राज्यका शक्ति अधिकारको प्रयोग गर्ने क्षमता , संरचनार पद्धतिलाई नै शासनप्रणाली भनिन्छ पछिल्लो समयमा विश्व बैङ्कले शासनप्रणालीलाई निष्पक्ष तर उद्देश्यपरकरूपमा राज्यका अधिकार साधनको प्रयोग गर्ने परम्परा तथा संस्थागत क्षमताको संयोजनात्मक व्यवस्थाका रूपमा परिभाषित गरेको देखिन्छ यसमा खासगरी देहायका कार्यविषय समावेश भएको हुन्छः '

 

 

·       सरकारको चयन , कार्यको अनुगमन तथा शक्तिको स्थानान्तरण,

·       प्रभावकारीरूपमा उपयुक्तनीति निर्माण कार्यान्वयन गर्ने सरकारको क्षमता , तथा

·       नागरिक एवम् राज्यबीच सम्मानजनक मर्यादित सम्बन्धको व्यवस्थापनका लागि आर्थिक तथा सामाजिक सञ्चार

 Definitions of " Governance "

 

1. " The governance concept points to the creation of a structure or an order which cannot be externally imposed but is the result of the interaction of a multiplicity of governing and each other influencing | actors . "

- Kooiman , J. and Van Vliet , M. , 1993. Governance and Public Management ' in K. Eliassen and J. Kooiman ( eds ) , Managing Public Organizations , 2nd ed . , London , SAGE Publication

 

2. " ... the manner in which power is exercised in the management of a country's economic and social resources for development . "

 

 

 

" World Bank , Managing Development . The Governance Dimension , Washington D.C. , p . 1

 

3. " The traditions and institutions by which authority in a country is exercised . "

- International Bank for Reconstruction and Development , " A Decade of Measuring the Quality of Governance " . Governance Matters 2006 : Worldwide Governance Indicators .

 

4. " ... the use of institutions , structures of authority and even collaboration to allocate resources and coordinate or control activity in society or the economy . " "

 

-        Bell , Stephen , 2002. Economic Govemance and Institutional Dynamics , Oxford University Press , Melbourne , Australia .

 

5. " Governance has been defined as the rules of the political system to solve conflicts between actors and adopt decision ( legality ) . It has also been used to describe the " proper functioning of institutions and their acceptance by the public " ( legitimacy ) . And it has been used to invoke the efficacy of government and the achievement of consensus by democratic means ( participation ) . "

 

-United Nations Development Programme's Regional Project on Local Governance for Latin America .

 

6. " Governance refers to a category of social facts , namely the processes of interaction and decision making among the actors involved in a collective problem that lead to the creation , reinforcement or reproduction of social norms and institutions " .

 

-Hufty M. 2011. Investigating policy processes : The Govemance Analytical Framework ( GAF ) . In : Wiesmann U , Hurni H , editors ; with an international group of co - editors . Research for Sustainable Development : Foundations , Experiences , and Perspectives . Perspectives of the Swiss National Centre of Competence in Research ( NCCR ) North - South , University of Bern , Vol . 6. Bern , Switzerland : Geographica Berensia , pp 403-424 .

 

शासन (Governance) का अवधारणा तथा विभिन्न परिभाषालाई संयोजन गर्दा यसलाई देहायबमोजिम व्याख्यात्मकरूपमा प्रस्तुत गर्न सकिन्छः

 

·       शासनले सरकारी सङ्गठन तिनका क्रियाकलापका साथै सरकार बाहिरका सामूहिक सङ्गठन क्रियाकलापलाई समेत समेट्दछ यस अन्तर्गत सरकार , नागरिक समाज , निजी तथा स्वायत्त क्षेत्र एवम् सामुदायिक क्षेत्रका साथै अन्तर्राष्ट्रिय विकास समुदायबीचको अन्तरसम्बन्ध , सहकार्यात्मक सञ्जाल तथा शक्ति विनिमयको व्यवस्थापन गर्ने विषय समावेश भएको हुन्छ

·       सामाजिक तथा आर्थिक बृहत् विषयहरुलाई सम्बोधन गर्नका लागि शासनले आफ्नो जिम्मेवारी जवाफदेहीको दायरा कायम गर्दछ

·       शासनको दिगोपना तथा प्रभावकारिता सहभागितात्मकता , सहकार्यात्मकता , आपसी सहयोग , नवप्रवर्तनीयता तथा निरन्तर सुधारमा आधारित रहन्छ

·       शासनले राजनीतिक , सामाजिक तथा व्यवस्थापकीय एवम् प्राविधिक वैधता ( Legitimacy ) हासिल गरेको हुन्छ

 

 

 

 

 शासनप्रणालीको उद्देश्य

 

राज्यसञ्चालनलाई प्रभावकारी तुल्याउनकालागि सरकार नागरिकबीचको सम्बन्धको उचित व्यवस्थापन गर्नु नैशासनप्रणालीको मुख्य लक्ष्य हो नागरिकको अर्थपूर्ण सहभागिता , सन्तुष्टी , दिगोपना नतिजाउन्मुखताका साथै प्रतिस्पर्धात्मक प्रभावकारिता शासनप्रणालीको ध्येय रहेको हुन्छ शासनप्रणालीका मुख्य उद्देश्य देहायबमोजिम रहेका हुन्छन् :

·       राष्ट्रिय हितको संरक्षणर सम्बर्द्धन गर्ने तथा राष्ट्र निर्माणका

·       राष्ट्रिय सुरक्षासुनिश्चित गर्ने ,

·       लागि सबल वातावरण निर्माण गर्ने ,

·       विधिको शासनको पालना गराउने ,

·       प्रभावकारीरूपमा सार्वजनिक सेवाप्रवाह गर्ने ,

·       नागरिकको अधिकारको संरक्षणगर्ने ,

·       सामाजिक न्याय समता सुनिश्चित गर्ने ,

·       समाजमा नैतिकता सदाचारको प्रबर्द्धन गर्ने ,

·       आर्थिक विकासका अवसर सिर्जनागरी सबलीकरण सहजीकरण गर्ने

·       अन्तर्राष्ट्रिय तथा क्षेत्रीयस्तरमा द्विपक्षीय तथा, बहुपक्षीय सम्बन्धलाई प्रभावकारी तुल्याउने

·        

 

 

३.   शासनप्रणालीका आधारभूत मान्यता विशेषता

 

शासन पद्धतिमा आधुनिकता (Modernism) तथा पराआधुनिकता (Post - modernity)

 

आधुनिक शासन पद्धति (Modern Governance) ले केन्द्रीकरण बलियो शासनसत्ता , विवेकशीलता , विधिको निर्माण कार्यान्वयन , सामूहिक स्वार्थको परिपूर्ति कानूनको सशक्त कार्यान्वयनबाट उपलब्धी हासिल गर्ने , संस्थागत क्षमताको विकास गर्ने , औद्योगिकीकरणद्वारा आर्थिक विकास गर्ने जस्ता विषयलाई आत्मसात् गरेको हुन्छ त्यसैगरी , पराआधुनिक शासनले अधिकार साधन स्रोतको विकेन्द्रीकरण (Deconcentration), सामूहिक स्वार्थभन्दा वैयक्तिक स्वार्थ (Individualization), नियन्त्रणभन्दा सहजीकरण , कर्मचारीतन्त्रीय व्यवस्थाबाट मुक्ति, राष्ट्रियभन्दा अन्तर्राष्ट्रियकरण (Internationalization), पदसोपानभन्दा गुणग्राही सञ्जालीकरण सहकार्यात्मकता (Virtual Networking and Collaborativeness ), आपसी निर्भरता (Interdependence), सांस्कृतिक रुपान्तरण जस्ता गुण क्षमता एवम् विशेषता अङ्गालेको हुन्छ

 

शासनका आधारमूतमान्यता

शासनको सार्थकता प्रभावकारिताका लागि विभिन्न आधारभूत पक्षको योगदान भूमिका रहेको हुन्छ यी पक्षलाई देहायक बुंदामा प्रस्तुत गर्न सकिन्छः

·       लोकप्रिय सार्वभौमिकतार वैधानिकता

·       लोकतान्त्रिक मूल्य मान्यताको प्रबर्द्धन तथा सम्बर्द्धन ,

·       विकासात्मक , व्यवस्थापकीय तथा न्यायिक कार्यसम्पादनमा नागरिक अधिकारको संरक्षणर पूर्णपालना ,

·       असल शासनको पूर्ण कार्यान्वयन,

·        विधिको शासनको पूर्णपालना,

·       शासकीय अधिकारको विकेन्द्रीकरण सहभागितात्मक पद्धतिको अवलम्बन , में

·       शक्ति सन्तुलनर नियन्त्रणको सिद्धान्तको अवलम्बन

·       पारदर्शिता , उत्तरदायित्व जवाफदेहिताको सुनिश्चितता

 

सुशासनका आधारभूत सिद्धान्त ( Basic Principles ) का रूपमा वैधता नागरिक आवाज ( Legitimacy and Voice ) लाई लिइएको जसलाई सहभागिता व्यापक सहमतिका आधारमा व्याख्या गरिन्छ त्यसैगरी , अर्को महत्वपूर्ण सिद्धान्तका रूपमा निष्पक्षता ( Fairness ) लाई लिइएको जसलाई समता , विधिको शासन सकारात्मक तटस्थताजस्ता गुण विशेषताले व्याख्या गर्दछन् उत्तरदायित्व पारदर्शिताको सिद्धान्त ( Accountability and Transparency ) ले शासनलाई रणनीतिक , उद्देश्यपरक , नतिजा उपलब्धीमूलक तुल्याउँदछ त्यसैगरी , सक्षमता कार्यदक्षताको सिद्धान्त ( Competency and Efficiency ) ले शासनको प्रतिस्पर्धात्मकता उत्पादनशीलतालाई समेट्दछ नैतिकता ( Integrity ) सम्बन्धी सिद्धान्तले शासनलाई नैतिकरूपमा सुदृढ सर्वमान्य मूल्यमा आधारित तुल्याउँदछ

 

शासनको आधारभूत दृष्टिकोणका रूपमा संवैधानिक तथा राजनीतिक दृष्टिकोण , विकासात्मक दृष्टिकोण , भूमण्डलीय दृष्टिकोण , व्यवस्थापकीय दृष्टिकोण तथा सामाजिक विकासको दृष्टिकोण प्रमुखरूपमा रहेका छन् शासनप्रणालीको सञ्चालनका महत्वपूर्ण आधारका रूपमा रणनीतिक आधार ( Strategic Foundation ) जसमा शासनप्रणाली सञ्चालनका मार्गदर्शक सिद्धान्त , सोच दीर्घकालीन दृष्टिकोण एवम् वैधानिक कार्यसूची मुख्यरूपमा पर्दछन् त्यसैगरी , शासनको संरचनागत आधार ( Structural Foundation ) मा सक्षम सरकार , गुणग्राही कार्यमूलक सञ्जाल , सहभागितात्मक सामूहिक भावनासहितका सहकार्यात्मक संरचना , पद्धतिगत प्रक्रियागत आधार ( Systemic and Methodological Foundation ) मा संवैधानिक कानुनी व्यवस्था , व्यवस्थापकीय पद्धति , शासन सञ्चालनका विभिन्न पद्धति उपाय , कार्यविधिगत व्यवस्था , प्रभावकारी सेवाप्रवाह आदि पर्दछन् शासनको मनोव्यवहारगत आधार ( Behavioural Foundation ) का रूपमा नैतिकता मनोबल , कार्यमूलक संस्कार , उत्प्रेरणा , सहकार्यात्मक सहभागितात्मक व्यवहार , समूहभावना , पारदर्शिता उत्तरदायित्व आदि पर्दछन्

 

 

शासनप्रणालीका विभिन्न गुण (Attributes of Governance)

 

शासनका सोच , सिद्धान्त तथा व्यवहारको विश्लेषण गर्ने हो भने यसका विभिन्न गुण तथा विशेषता रहेको पाइन्छ यसमा खासगरी देहायका गुणसमावेश भएका हुन्छन् :

·       अधिकारको प्राप्ति तथा प्रयोगमा आधारित गुण ( Authoritarian attributes) जसमा शासनको औपचारिक अधिकारको व्यवस्थापकीय क्षमतापर्दछ

·       लोकतान्त्रिक गुण (Democratic attributes) जसमा शासनको सञ्चालनमा नागरिकको अधिकार , सहभागिता , नियन्त्रण सन्तुलन , जवाफदेहिता पारदर्शिता आदिगुणपर्दछन्

·       विकासात्मक गुण (Developmental attributes) जसमा रुपान्तरण , गुणात्मक परिवर्तन , विकासमूलक दृष्टिकोण , विकास व्यवस्थापन क्षमता आदि समावेश भएको हुन्छ

·       सहकार्यात्मक गुण (Collaborative attributes) जसमा शासन सञ्चालनमा नागरिक तथा सम्बद्ध सरोकारवालाको सहभागिता एवम् सहकार्य साझेदारी प्रबर्द्धन गरी सबै पक्षको स्वामित्व , योगदान , संलग्नता , जिम्मेवारी तथा जवाफदेही हासिल गर्ने क्षमतासहितको गुणपर्दछ  

·       पारिवारिक गुण ( Oligarchic attributes ) जसमा शासनलाई पारीवारिक सम्बन्धका आधारमा सञ्चालन गर्ने विधि पद्धतिलाई आत्मसात् गरिएको हुन्छ

·       स्वतन्त्र इच्छालाई सार्थक तुल्याउने गुण (Libertarian attributes) जसमा नागरिक तथा नागरिक समूहलाई - आफ्नो क्षमता इच्छा अनुकूलको कार्य गर्ने , सम्पत्ति आर्जन गर्ने स्वामित्वमा लिने , आत्मनियन्त्रण नियमन गर्ने गुण रहेको हुन्छ

·       व्यवस्थापकीय गुण (Managerial attributes) जसमा शासन सञ्चालनका लागि योजना , सङ्गठन , कार्यसम्पादन , व्यवस्थापन , अनुगमन , मूल्याङ्कन आर्थिक व्यवस्थापन जस्ता कार्य गर्ने गुणात्मक क्षमता रहेको हुन्छ

 

शासनको प्रभावकारी गुण : असल शासन

 

लोककल्याणकारी राज्यको बढ्दो असफलता , विश्वव्यापीकरणको प्रभाव एवम् शासनमा नवउदारवादी दृष्टिकोणको प्रभाव , शासकीय सुधारका लागि विश्वव्यापी मान्यता प्राथमिकता , विकाससम्बन्धी समस्याको समाधान चुनौतीको सामना गर्नका लागि शासकीय क्षमता सुदृढ गर्ने आवश्यकता , नागरिक अधिकारमा आधारित विकास तथा सेवाप्रवाहको सुनिश्चितता , सूचना प्रविधिको विकास आदि कारणले असल शासनको आवश्यकता सान्दर्भिकता बढ्दै गएको हो राज्यको साधन स्रोत अधिकारको समुचित प्रयोगद्वारा जनताको बृहत्तर रुपान्तरण गर्नसक्ने पद्धति सक्षमता नै सुशासन अथवा असल शासन हो असल सार्वजनिक प्रशासनमा नागरिकको आवाज उत्तरदायित्व , राजनीतिक स्थीरता हिंसारहित अवस्थाको सुनिश्चितता , विधिको शासन नियामक गुण सेवाग्राही नागरिकको आवश्यकता आकाङ्क्षाको परिपूर्ति गर्ने जिम्मेवारी जवाफदेही बहन गर्ने , सेवाप्रवाह गर्न दक्ष सक्षम , विश्वसनीय न्यायसम्पादन गर्ने तथा भ्रष्टाचारको रोकथाम तथा नियन्त्रण गर्ने सक्षमता जस्ता गुणसमावेश भएको हुन्छ

 

शासनप्रणालीलाई प्रभाव पार्ने विभिन्न तत्व

 

वर्तमान विश्वमा विश्वव्यापी प्रतिस्पर्धा सामाजिक आर्थिक भूमण्डलीकरण , सरकारको कार्यक्षेत्र कार्यशैलीमा आएको सारभूत परिवर्तन , सुशासनका लागि बढ्दो दबाब एवम् बढ्दो नागरिक अपेक्षा , मानव अधिकार मानव सुरक्षाको प्रत्याभूति , समावेशी तथा अधिकार केन्द्रित विकास अवधारणा कार्यान्वयन गर्नुपर्ने दायित्व , नवीन विश्वव्यापी समस्याहरु जस्तैः जलवायू परिवर्तन अनियन्त्रित अन्तरसीमा आप्रवासन , HIV / AIDS को प्रसार , बढ्दो प्राकृतिक तथा मानव प्रेषित विपद् , जटील वातावरणीय समस्या , सूचना तथा सञ्चार प्रविधिको विकास , गुणात्मक प्रभावकारी नागरिक सेवा प्रदान गर्नुपर्ने राज्यको दायित्व , नवीन सार्वजनिक व्यवस्थापन सार्वजनिक क्रियाकलापको व्यवसायीकरणका लागि दबाब आदिका कारणले एक्काइसौं शताब्दीमा शासनप्रणालीको सञ्चालन बढी चुनौतीपूर्ण जटील हुँदै गएको महसुस गरिएको अन्तर्राष्ट्रिय समुदायको विकास सहयोग प्राथमिकतामा आधारभूत सूचकका रूपमा समेत रहेको सन्दर्भमा शासनप्रणालीलाई प्रभाव पार्ने मुख्य मुख्य तत्वका रूपमा देहायका पक्षलाई लिइएको छः

·       भूमण्डलीकरण विश्वव्यापीकरणको बढ्दो प्रभाव जसबाट कुनै पनि राज्यशासनका प्रत्येक क्रियाकलापमा परनिर्भरता तथा अन्तरनिर्भरता कायम रहेको हुन्छ

·       मानव अधिकारको विश्वव्यापकताले शासनप्रणालीलाई कल्याणकारी अवधारणाबाट भन्दा अधिकारमुखी अवधारणाबाट सञ्चालन गर्न कानुनी तथा नैतिकरूपमा जिम्मेवार तुल्याएको

·       असल शासनको पूर्णपालनाद्वारा शासनलाई वैध , पारदर्शी जवाफदेहीयुक्ततुल्याउनुपर्नेदेखिएको

·       समावेशीकरण तथा सामाजिक न्यायको पूर्ण प्राप्तिका लागि राज्यलाई सक्षम जिम्मेवार बनाउनुपर्ने आवश्यकता रहेको

·       विकेन्द्रीकरणका माध्यमबाट नागरिकलाई सक्षम तुल्याउने तथा शासनमा निजीक्षेत्र तथा नागरिक समाजसमेतको व्यापक सहभागिता , सहकार्य तथा साझेदारीको प्रबर्द्धन गर्ने आवश्यकताले शासनलाई प्रभावित तुल्याएकोछ

·       सूचनाप्रविधिको विकासले शासनप्रणालीलाई बढी सक्षम , सेवामूलकर पारदर्शी तुल्याउन मद्दत पुगेकोछ

·       नवीन सार्वजनिक व्यवस्थापनले शासनलाई उद्यमशील , दक्ष , नतिजामा आधारित नागरिकप्रति उत्तरदायी तुल्याउन भूमिका खेलेको

·       वातावरण व्यवस्थापन दिगो विकाससम्बन्धी विश्वव्यापी मूल्य मान्यताले शासनप्रणालीलाई नयाँ दिशा प्रदान गरेको -

·       आर्थिक उदारीकरण निजीक्षेत्रको विकासले शासनको आर्थिक तथा व्यवसायिक पक्षलाई दिशानिर्देश गरेको

 

 

 प्रभावकारी शासनप्रणालीका आधार

असल एवम् प्रभावकारी शासन व्यवस्थाका दृष्टिमा अनुकरणीय मुलुककारूपमा रहेको सिङ्गापुरलेप्रभावकारी शासनका आधारका रूपमा रुपान्तरणका लागि सक्षम नेतृत्व , परिवर्तनको प्रक्षेपण पूर्वानुमान गर्नसक्ने व्यवस्थापन गर्ने सक्षमता , कार्यसम्पादनको संस्कृति कार्यदक्षता तथा सर्वपक्षीय सहभागिता , सहकार्य तथा सबैका लागि अवसर जस्ता सिद्धान्तलाई आत्मसात् गरेको यी सिद्धान्तको प्रभावकारी कार्यान्वयनबाट सिङ्गापुरले राष्ट्रिय , क्षेत्रीय तथा विश्वस्तरमा आफ्नो उत्कृष्ट स्थान हासिल गर्न सक्षम भएको त्यसैगरी , शासनको प्रभावकारिता सक्षम सुशासनयुक्तसरकार , प्रभावकारी नागरिक सेवा , नागरिक सुरक्षा सामाजिक न्याय , मानव अधिकारको संरक्षण सम्बर्द्धन , समावेशीकरण , लोकतान्त्रिक मूल्य मान्यताको जगेर्ना तथा समाजमा सेवा विकासको संस्कारको सम्बर्द्धनमा आधारित हुन्छ आधुनिक लोकतान्त्रिक राज्य प्रणालीको आवश्यकताअनुसार शासन व्यवस्थाको रणनीति , संरचना , व्यवस्थापन पद्धति तथा संस्कारको रुपान्तरण गरी शासनलाई उपर्युक्त आधारमा प्रभावकारी तुल्याउनु जरुरी हुन्छ शासकीय व्यवस्थाको प्रभावकारिताको विश्लेषण गर्दा देहायका सारभूत सूचकमा आधारित हुन् उपयुक्त देखिन्छः

·       शासनको राजनीतिक तथा संवैधानिक प्रभावकारिता ( Political and Constitutional Effectiveness ) ,

·       भूमण्डलीय अवसरको अधिकतम उपयोग गरी राज्यको दरिलो उपस्थिति हासिल गर्ने प्रभावकारिता ( Global Effectiveness ) ,

·       नवीन व्यवस्थापन पद्धतिको उपयोग गरी प्रतिस्पर्धात्मक क्षमता , नतिजामूलक प्रशासनसहितको व्यवस्थापकीय सक्षमता ( Managerial Effectiveness ) ,

·       मुलुकको विकास व्यवस्थापनलाई सहजीकरण , समन्वय सामन्जस्य कायम गरी जनतामा विकासको अधिकतम समावेशी प्रतिफल प्रदान गर्न सक्ने विकासात्मक सक्षमता ( Developmental Effectiveness )

·       नैतिक मूल्य मान्यताको सम्बर्द्धनद्वारा राष्ट्र समाजलाई अनुशासित समुन्नत तुल्याउन सक्ने भ्रष्टाचार तथा अनैतिकताको पूर्ण रोकथाम गर्न सक्ने सक्षमता ( Moral and Ethical Effectiveness ) ,

·       नागरिक अधिकारको संरक्षण , प्रभावकारी जनसेवा नागरिक सम्बन्धका आधारमा प्राप्त गर्ने प्रभावकारिता ( Citizen Effectiveness ) , –

·       सिर्जनात्मकता नवप्रवर्तनीयताको विकास गरी शासनप्रणालीलाई समयानुकूल सक्षम प्रभावकारी तुल्याउने सक्षमता ( Innovation Effectiveness )

 

 

DIMENSIONS OF GOVERNANCE EFFECTIVENESS

 

Voice and Accountability: The extent to which a country's citizens are able to participate in selecting their government , as well as freedom of expression , association , and the press.

 

Political Stability and Absence of Violence:the likelihood that the government will be destabilized by unconstitutional or violent means , including terrorism .

 

Government Effectiveness :the quality of public services , the capacity of the civil service and its independence from political pressures ; the quality of policy formulation .

 

Regulatory Quality : the ability of the government to provide sound policies and regulations that enable and promote private sector development .

 

Rule of Law:the extent to which agents have confidence in and abide by the rules of society , including the quality of property rights , the police , and the courts , as well as the risk of crime.

 

Control of Corruption:the extent to which public power is exercised for private gain , including both petty and grand forms of corruption , as well as elite capture of the state.

 

- Daniel Kaufmann , Aart Krazy and Massimo Mastruzzi , 2009 . Governance Matters 2009 : Learning Fram Over a Decade of the Worldewide Governance indicators

 

४.  शासनप्रणालीका विभिन्न प्रकार

 

राज्यका अधिकार रसाधन स्रोतको नियन्त्रणका आधारमा शासनप्रणालीका प्रकार

 

विख्यात दार्शनिक प्लेटोले शासनप्रणालीलाई विभिन्न पाँच प्रकारमा विभाजन गरेका छन् यिनमा Aristocracy . Timocracy , Oligarchy , Democracy / Tyranny प्रमुख रहेका छन् उल्लिखित प्रकारसमेतलाई ध्यानमा राखी राज्यका अधिकार साधन स्रोत माथिको नियन्त्रणका आधारमा शासनप्रणालीका प्रकार देहायका बुंदामा व्याख्या गरिएको छः

·       Autocracy : यसलाई Rule by absolute power without control ' भनिन्छ जसमा कुनै व्यक्ति , परिवार , समुदाय सङ्गठनले कुनै कानून , विधान , विधि वा पद्धतिको नियन्त्रणबिना शासन गर्ने अधिकार शक्ति प्राप्त गरेको हुन्छ

·       Aristocracy : यसलाई Rute by elites पनि भनिन्छ सीमित समूह जोसँग राज्य सञ्चालनका लागि आवश्यक सबै साधन , क्षमता , अधिकार , अवसर रहेको हुन्छ त्यस्तो समूहलाई " Elites भनिन्छ त्यसले गर्ने शासनलाई Aristocratic Rule भनिन्छ

·       Geriocracy ; यसलाई ' Rule by intelligence पनि भनिन्छ शासन गर्ने अधिकार अवसर बुद्धिमत्ता , सिर्जनात्मकता , नवप्रवर्तनीय क्षमतार ज्ञानका आधारमा केन्द्रिकृत भएको हुन्छ

·       Kratocracy : यसलाई Rute by physical strength ' का रूपमा प्रस्तुत गरिएको जसको अर्थ शारीरिक क्षमता , सामाजिक परिचालन राजनीतिक चतुरताका आधारमा शासनको अधिकार स्थापित हुनु

·       Meritocracy : योग्यता सक्षमताका आधारमा शासन गर्ने अधिकार अवसर प्राप्त हुने पद्धति जसमा शासन गर्ने व्यक्तिको छनौट योग्यता , क्षमता , समाजमा योगदान गर्न सक्ने हैसियत आदिका आधारमा गरिन्छ

·       Timocracy : समाजमा व्यक्ति वा समुदायलाई प्राप्त सम्मान मर्यादाका आधारमा शासन गर्ने व्यक्ति वा समुदाय पद्धतिको छनौट गरिने व्यवस्थायसअन्तर्गत पर्दछ

·       Technocracy : यसमा शिक्षित , विज्ञ तथा विशेषज्ञले आफ्नो ज्ञान , सीप दक्षताको उपयोग गरी राज्य शासनको निर्णय प्रक्रियामा नियन्त्रण गर्ने रसहभागिता गर्ने व्यवस्था पर्दछ

·       Theocracy : धार्मिक नेतृत्व मूल्यमान्यताका आधारमा शासन सञ्चालन हुने पद्धति यसअन्तर्गत पर्दछ

 

राज्यकोशक्तिको बाँडफाँडकोतरिकाका आधारमा शासनप्रणालीका प्रकार

 

·       एकात्मक शासन ( Unitary State ) : यस प्रणालीमा केन्द्रमा अधिकारसम्पन्न एकमात्र सरकार हुन्छ जसमा कार्यपालिका , न्यायपालिका तथा व्यवस्थापिकासहितको संरचना रहेको हुन्छ प्रादेशिक तथा स्थानीयस्तरमा प्रशासनिक एकाइको व्यवस्था गरिएको हुन्छ राजनीतिक , कानुनी तथा प्रशासनिक विकेन्द्रीकरण , अधिकारको निक्षेपण तथा अधिकार प्रत्यायोजनको माध्यमबाट सरकारले त्यस्ता एकाइहरुलाई अधिकारसम्पन्न तुल्याउँदछ यसमा केन्द्रीय स्थानीय दुई तहमा सरकारको सङ्गठन निर्माण गर्न सकिन्छ

·       गणतन्त्रात्मक शासन ( Republic State ) : नागरिकको प्रत्यक्ष सार्वभौम नियन्त्रण वा नागरिकबाट विधिसम्मत छानिएका प्रतिनिधिमार्फ नियन्त्रित शासन पद्धतिलाई नै गणतन्त्रात्मक शासनप्रणाली भनिन्छ यसमा सम्बैधानिक गणतन्त्र , लोकतान्त्रिक गणतन्त्र , संसदीय गणतन्त्र , सधीय गणतन्त्र , धार्मिक गणतन्त्र , समाजवादी गणतन्त्र आदि प्रमुखछन्

·       सङ्घात्मक शासन ( Federal State ) ; केन्द्र विभिन्न शासकीय राज्यबीच संवैधानिक व्यवस्थाद्वारा सार्वभौमसत्ताको विभाजन तथा बाँडफाँड हुने शासकीय पद्धति पर्दछ यसमा पूर्ण सङ्घात्मकता ( Absolute Federalism ) , सहकार्यात्मक सयात्मकता ( Collaborative Federalism ) , सहयोगात्मक सङ्घात्मकता ( Cooperative Federalism ) तथा अर्थ . सङ्घात्मकता ( Quasi - federalism ) आदि पर्दछन्

·       महासङ्घीय शासन ( Confederal State ) : विभिन्न सङ्घीय शासन भएका राज्यले आपसी सम्झौता सहमतिमा एउटै महासङ्घ बनाई शासन सञ्चालन गर्ने पद्धति जसमा सबै सङ्घको आफ्नै सार्वभौमिकता शासनको विशिष्ट अधिकार कायम भएको हुन्छ

 

विभिन्न तहका आधारमा शासनप्रणालीका प्रकार

 

·       भूमण्डलीय शासन ( Globall Governance ) जसमा विश्वका मुलुकबीचशासन सञ्चालनमा अन्तरनिर्भरता , आपसी समन्वय सामन्जस्य , विश्वस्तरीय सिद्धान्त मापदण्डको पालना तथा अन्तर्राष्ट्रिय जवाफदेहिता आदि पर्दछन् जस्तै संयुक्त राष्ट्र सङ्घीय प्रणाली , विश्व बैङ्क प्रणाली , अन्तरराष्ट्रिय महासन्धिको नियमन आदि

·       क्षेत्रीय शासन ( Regional Governance ) जसमा भौगोलिक एवम् आर्थिकरूपमा सामन्जस्य कायम गर्नका लागि विभिन्न मुलुकहरुले क्षेत्रीयस्तरमा शासकीय समूह बनाएका हुन्छन् जस्तै SAARC Governance , ASEAN Governance , EUROPEAN UNION आदि 1

·       राष्ट्रिय शासन ( National Governance ) जसमा प्रत्येक मुलुकले आफ्नो राष्ट्रिय आवश्यकता क्षमता अनुकूलको शासनप्रणाली बनाएका हुन्छन्

·       प्रान्तीय वा उपराष्ट्रिय शासन ( Provincial or Sub - National Governance ) जसमा कुनै सङ्घात्मक शासनभित्र शक्ति बाँडफाँडको सिद्धान्तबमोजिम शासकीय अधिकारका आधारमा विभिन्न राज्य तथा उपराज्यस्तरमा छुट्टाछुट्टै शासन व्यवस्था कायम गरिएको हुन्छ

·       स्थानीय स्वायत्त शासन ( Local Governance ) जसमा संवैधानिक तथा कानूनीरूपमा स्थानीय जनप्रतिनिधिमूलक निकायलाई स्थानीय आवश्यकता क्षमताअनुसार शासन गर्ने गरी अधिकारको निक्षेपण प्रत्यायोजन गरिन्छ

 

 

सामाजिक आर्थिक प्रणालीका आधारमा शासनको प्रकार

·       पूँजीवादी शासन ( Capitalism ) जसमा नागरिक तथा नागरिकको समूहलाई खुला बजारको सिद्धान्तबमोजिम - आफ्नो पूँजीगत तथा व्यवसायिक क्षमताअनुसार उद्योग व्यवसाय सञ्चालन गर्ने , आर्थिक क्रियाकलापमा सहभागी हुने , सम्पत्तिको उपभोग गर्ने , राज्यका क्रियाकलापमा सहभागी हुने स्वतन्त्रता अधिकार प्रदान गरिएको हुन्छ

·       साम्यवादी शासन ( Communism ) जसमा राज्यका उत्पादन , बजार तथा सार्वजनिक सेवामा श्रमजीवी वर्ग समुदायको नियन्त्रण स्वामित्व सामूहिकरूपमा रहेको हुन्छ निजी तथा व्यक्तिगत सम्पत्ति वा व्यवसायको स्वतन्त्रता रहेको हुँदैन

·       सामन्तवादी शासन ( Feudalism ) जसमा राज्यद्वारा नियुक्त सामन्त वा शासकहरुको समूहले राज्यका साधन स्रोत अधिकारमाथि नियन्त्रण कायम गर्दछन् जनताको सहभागिताबिना कानूनको निर्माण कार्यान्वयन गर्दछन्

·       समाजवादी शासन ( Socialism ) राज्यका उद्यम , सार्वजनिक सेवा तथा आर्थिक अवसरमा राज्यले नियन्त्रण नियमन गरेको हुन्छ समानता सामाजिक न्यायका आधारमा व्यवस्थापन गरेको हुन्छ

·       लोककल्याणकारी शासन ( Welfare State ) जसमा नागरिकको आर्थिक तथा सामाजिक हितका लागि राज्यले संरक्षणात्मकर प्रवर्द्धनात्मक विधि अवलम्बन गरेको हुन्छ

 

नीति निर्माण निर्णयको तरिकाका आधारमा शासनप्रणालीका प्रकार

 

शासन सञ्चालनका लागि गरिने नीति निर्माण , कार्यान्वयन , प्रशासकीय व्यवस्थापन एवम् निर्णय प्रक्रियाका आधारमा शासनप्रणालीलाई विभिन्न वर्गमा विभाजन गर्न सकिन्छ यसमा केन्द्रिकृत ( Centralised ) विकेन्द्रीकृत ( Decentralised ) , Top - down Bottom - up Governance , संयोजित ( Synthesized ) गुणग्राही सञ्जालीकृत शासन ( Virtual Nettworked Governance ) आदि प्रमुखरूपमा रहेका छन् केन्द्रीकृत शासन राज्यको शक्ति , अधिकार साधन स्रोतको केन्द्रीकरण भई केन्द्रको नीति निर्देशन नियन्त्रणमा सञ्चालन हुने शासन हो यसलाई Top - Down Governance पनि भनिन्छ विकेन्द्रीकृत शासन भनेको केन्द्रले आफ्ना मातहतका निकाय तथा अन्तर्गतका भौगोलिक तथा शासकीय एकाइहरुलाई संवैधानिक , कानुनीतथा प्रशासनिक तवरले अधिकार जिम्मेवारी प्रदान गरी सञ्चालन गरिने शासन हो स्थानीय सहभागितालाई आधारभूत मान्यताका रूपमा सञ्चालन हुने यसप्रकारको शासनलाई Bottom - Up Governance का रूपमा समेत लिइन्छ त्यसैगरी , यी माथिका सबै तरिकाको उपयुक्त संयोजन गरी शासन गर्ने तरिकालाई संयोजित शासनको तरिका भनिन्छ भने सूचना प्रविधिको प्रयोग , शासनका सरोकारवालासँग को व्यापक सहकार्य साझेदारीका आधारमा गुणात्मक सञ्जालको निर्माण , उद्यमशीलताको प्रयोग अत्याधिक लचकता अवलम्बन गरी सञ्चालन गरिने शासनलाई नै Virtual Networked Governance भनिन्छ

 

शासन शैलीका आधारमा शासनप्रणालीका प्रकार

 

शासनका विभिन्न शैली तरिका हुन्छन् यसमा परम्परागत ( Traditional ) जसमा शासनको आधार भनेको नै परम्परा , संस्कार मूल्यमान्यता रहेका हुन्छन् त्यसैगरी , उद्यमशील शासन ( Entrepreneurial Governance ) जसमा उपलब्धी नतिजा , प्रतिस्पर्धात्मकता , नवीनता , जोखिम वहन गर्न सक्ने , नयाँ क्षेत्रमा कार्यविस्तार गर्ने , बजारमैत्री हुने , नवप्रवर्तन सिर्जनात्मकताको प्रबर्द्धन गर्ने जस्ता शासकीय गुणसमावेश भएको हुन्छ

 

 

 

५ नेपालको विद्यमान शासनप्रणालीको समीक्षा

 

नेपालको राज्यप्रणाली शासन पद्धतिको विकासक्रमको विवेचना गर्दा लिच्छवीकाललाई अनुकरणीय ऐतिहासिक शासकीय परिवेशका रूपमा लिन सकिन्छ त्यस अवस्थामा नेपालमा व्यवस्थित शासकीय संरचना , विकेन्द्रित तथा सहभागितामूलक शासन व्यवस्था , सार्वजनिक व्यवस्थापन पद्धति , न्याय व्यवस्था आदिको स्पष्ट व्यवस्था गरिएको पाइन्छ आधुनिक नेपाल राज्यको निर्माण वि.सं १८२५ देखि प्रारम्भ भएको हो तात्कालीन राजा पृथ्वीनारायण शाह जसलाई नेपाल एकीकरणका अधिष्ठाता पनि भनिन्छ उनले विभिन्न राज्य तथा उपराज्यलाई एकीकरण गरी नेपाल राज्यको निर्माण सुरु गरेका हुन् वि.सं . ०३ मा राणाशासनको सुरुआतभन्दा अघिको अवस्था भनेको Absolute Monarchy को कालखण्डका रूपमा लिइन्छ हालको नेपाल राज्यको भूभागकायम गर्ने कार्य ०३ मार्च १८१६ को सुगौली सन्धिपश्चात भएको पाइन्छ वि.सं . ०३ देखि २००७ सालसम्मको अवधिलाई एकतन्त्रीय निरङ्कुश तथा पारिवारिक शासन पद्धति ( Autocratic and Oligarchic regime ) का रूपमा लिन सकिन्छ कानूनको शासनको सुरुआतत्यसबखत जारी गरिएको मुलुकीऐनले गरेको देखिन्छ भने विकेन्द्रित प्रशासकीय संरचनाको निर्माणसमेत सोही समयमा भएको पाइन्छ राणाशासनको अन्त्यतिर वि.सं .२००४ मा जारी गरिएको नेपाल सरकार वैधानिक कानून , २००४ लाई नै नेपालको पहिलो संविधानका रूपमा लिन सकिन्छ संवैधानिक शासन पद्धतिको प्रादुर्भावपनि वि.सं .२००७ को राजनीतिक परिवर्तन प्रजातान्त्रिक शासनको स्थापनाको घोषणाबाट नै नेपालमा आधुनिक शासकीय पद्धतिको विकासका लागि अभ्यास सुरु भएको पाइन्छ यस घोषणाका मुख्यर्बुदा देहायबमोजिम रहेका थिए :

·       जननिर्वाचित वैधानिक सभाले गणतन्त्रात्मक विधान तर्जुमागर्ने ,

·       नयाँ विधान तर्जुमानहुन्जेलसम्म प्रशासन सञ्चालन गर्न अन्तरिम मन्त्रिमण्डल गठन गर्ने जसमा राणातर्फको पाँच नेपाली कांग्रेसको तर्फबाट पाँच जना सदस्य नियुक्त हुनेछन् ,

·       २००७ साल चैत्र २० गतेभित्र सबै राजनीतिक बन्दीहरूलाई आममाफी हुनेछ त्यस्ता राजनीतिक बन्दीहरूले आफ्नो खोसिएको सम्पत्ति फिर्ता पाउनेछन्

 

राणा शासनको अन्त्य पश्चात् प्रजातान्त्रिक शासन पद्धतिको सुरुवात् स्वरुपनेपालमा पहिलो पटक प्रजातान्त्रिक संविधानका रूपमा नेपालको अन्तरिम शासन विधान , २००७ जारी भई लागू भएको हो यसमा राज्यका नीति तथा निर्देशक सिद्धान्त , मन्त्रिमण्डलको व्यवस्था , न्यायपालिका , व्यवस्थापिका , आर्थिक कार्यप्रणाली , लोकसेवा आयोग निर्वाचन आयोग जस्ता संरचनाको व्यवस्था गरिएको थियो यस अर्थमा नेपालमा विधिको शासनको क्रियान्वयन वास्तविकरूपमा भएको पाइन्छ

 

वि.सं .२००७ को राजनीतिक आन्दोलनले नेपालमा शासकीय रुपान्तरणका लागि मार्गप्रशस्त गरेता पनि प्रजातान्त्रिक संविधानको निर्माण , राजनीतिक सङ्क्रमणको अन्त्य तथा राजनीतिक तथा प्रशासनिक क्षमता हासिल गर्ने गरी शासन व्यवस्था स्थापना गर्न सकिएको देखिंदैन जसको फलस्वरुप वि.सं .२०१५ को संसदीय निर्वाचनद्वारा स्थापित संसदीय पद्धति प्रजातान्त्रिक सरकारको प्रभावकारिता स्थायित्वसमेत कायम हुन् सकेन वि.सं .२०१५ मा जारी गरिएको नेपाल अधिराज्यको संविधान , २०१५ ले प्रजातान्त्रिक शासनप्रणालीलाई आत्मसात् गरेतापनि राजतन्त्र प्रजातान्त्रिक शक्तिबीचको द्वन्द्वरसो द्वन्द्व समाधान गर्ने राजनीतिक क्षमता नहुनाले नेपालमा २०१७ सालमा निर्दलीय शासन पद्धति लागू भई वि.सं .२०४६ मा भएको जनआन्दोलनसम्म कायम हुन गयो पञ्चायती शासन सुरु हुनुभन्दा अघिको समय नेपालमा योजनावद्ध विकास प्रणाली सार्वजनिक प्रशासनको संस्थागत विकासका दृष्टिले महत्वपूर्ण मानिन्छ यसै समयमा नेपालमा शासकीय सुधारको योजना निर्माण भयो , सार्वजनिक वित्त व्यवस्थाको सुरुवात् गरियो , प्रथम पञ्चवर्षीय योजना कार्यान्वयनमा आयो

 

विश्वमा आएको प्रजातान्त्रिक शासन व्यवस्था स्थापनाको लहर , निरङ्कुश राजतन्त्रका कारण नेपाली जनताले राजनीतिक स्वतन्त्रताको उपभोग गर्न नपाएको अवस्था , राजनीतिक बहुलता नागरिक अधिकारको उपेक्षा , शासकीय अधिकार साधन स्रोतको केन्द्रीकरण , विधिको शासनमा देखिएका कमजोरी , सामाजिक तथा सांस्कृतिक विभेदको अवस्था , नागरिक सशक्तीकरणमा बढोत्तरी हुनु , शासनमा नागरिक नियन्त्रणको अवस्था विद्यमान नहुनु , शासनमा समावेशी सहभागिता नहुनु , आर्थिक विकासको अवस्था सुस्त हुनु गरिबी बढ्दै जानु , राजनीतिक द्वन्द्व समाधान गर्नुको साटो दबाउने प्रयास गरिनु , अन्तर्राष्ट्रिय विकास समुदायको विश्वास गुमाउँदै जानु , सामाजिक तथा राजनीतिक क्षेत्रमा आएको परिवर्तनलाई व्यवस्थापन गर्न नसक्नु , भूमण्डलीय प्रभाव परिवर्तनको व्यवस्थापन गर्न नसक्नु , राजनीतिक तथा शासकीय एवम् आर्थिक रुपान्तरणको आवश्यकतासम्बन्धी विषयलाई यथोचितरूपमा सम्बोधन गर्न नसक्नु जस्ता कारणले वि.सं .२०४६ मा जनआन्दोलन भयो यसको फलस्वरुप नेपालमा प्रजातान्त्रिक शासन व्यवस्थाको पुनर्स्थापनाभयो

 

वि.सं .२०४६ को जनआन्दोलनपश्चात वि.सं .२०४७ को नेपालको संविधानले बहुदलीय शासनप्रणालीको स्थापना , संसदीय व्यवस्था , मानव अधिकार , नागरिक स्वतन्त्रता , शक्ति सन्तुलन नियन्त्रणको सिद्धान्त , संवैधानिक निकायको व्यवस्था कानूनीरूपमा संरक्षित निजामती सेवा एवम् स्थानीय स्वायत्त शासन विकेन्द्रीकरणको व्यवस्थासहितको शासनप्रणालीको स्थापना गरेको हो यस शासनप्रणालीले आवधिक निर्वाचनका माध्यमबाट वैधानिक सरकारको स्थापना , आर्थिक उदारीकरण खुलाबजार अर्थनीति , भूमण्डलीय प्रभावकारिताको प्राप्ति , स्थानीय स्वायत्त शासनप्रणालीको स्थापना , सुशासनको अवधारणाको कार्यान्वयन , निजीक्षेत्र तथा गैरसरकारी क्षेत्रको सार्थक भूमिकाको सम्बर्द्धन जस्ता आधारभूत पद्धतिको अनुशरण गरी शासनप्रणालीलाई समयानुकूल रूपमा प्रभावकारी तुल्याउने प्रयास गरेको पाइन्छ यद्यपि यस शासनप्रणालीले गरिबी निवारण , विकेन्द्रित समावेशी शासन , आर्थिक विकास , प्रशासकीय व्यवसायिकता , विधिको शासनको प्रभावकारी पालना , द्वन्द्वको प्रभावकारी व्यवस्थापन आदि महत्वपूर्ण विषयलाई सम्बोधन गर्न सकेको देखिएन फलस्वरुप राजनीतिक तथा सशस्त्र द्वन्द्वको अवस्था सिर्जना भई शासनप्रणालीको चुनौतीका रूपमा रही नै रह्यो यसैकारणले २०६२ सालमा सुरु भई २०६३ सालमा सफल भएको दोस्रो जनआन्दोलनले नेपालमा सङ्घीय लोकतान्त्रिक शासन व्यवस्थाको सुरुवात् गरेअनुसारराजनीतिक द्वन्द्वको व्यवस्थापन , राज्यको पुनःसंरचना , नागरिक अधिकारको पूर्ण प्रत्याभूति , लोकतान्त्रिक संविधान निर्माण , समावेशी शासनप्रणालीको स्थापना जस्ता नागरिकमुखी एवम् अधिकारमुखी शासनका आधारभूत विषयमा ध्यान केन्द्रित गरेको देखिन्छ तर लोकतान्त्रिक गणतन्त्रको भावनाबमोजिम संविधान निर्माण हुन नसक्दा यी विषयलाई शासनप्रणालीले आत्मसात् गरी कार्यान्वयनमा ल्याउन भने सकेको छैन सङ्क्रमणकालीन शासनको अवस्था विद्यमान नै रहेको अवस्थाछ

 

नेपालको शासकीय व्यवस्थालाई समयानुकूल आधुनिक कार्यमूलकतुल्याउन वि.सं .२०० देखि थालिएको प्रशासन सुधारको प्रयासको छैठौं संस्करण समाप्त भैसक्दा पनि अपेक्षाकृत नागरिकमैत्री व्यवसायिकरूपमा प्रतिस्पर्धी कार्यसम्पादनमूलक हुन नसकेको , राजनीतिक सामाजिक परिवर्तनलाई आत्मसात् गरी प्रभावकारी व्यवस्थापन गर्न नसकेको , व्यवस्थित दिगो सुधारभन्दा तात्कालिक तथा तदर्थवादमा आधारित रहेको , सेवाप्रवाह गर्ने संरचना कमजोर रहेको , विश्व विकास समुदायको विश्वास आर्जन गर्न असक्षम भएको आदि विशेषणबाट विभुषित गर्ने गरिएको पाइन्छ जुन कुरा धेरै हदसम्म सत्य हो भन्नेमा शङ्का छैन नेपालका हालसम्मका प्रशासन सुधार आयोगका प्रतिवेदन तिनका कार्यान्वयन , दातृ समुदायका मूल्याङ्कन अध्ययनहरु , आमसञ्चारका माध्यमको विश्लेषण आमजनताको पृष्ठपोषणका आधारमा नेपालको विद्यमान शासन व्यवस्थाको विवेचना देहायका बुंदामा गर्न सकिन्छः

 

·       राज्य शासनका अधिकार साधन स्रोतको अधिक केन्द्रीकरणले गर्दा केन्द्रिकृत शासन केन्द्रमुखीप्रवृत्तिकोबोलवाला रहेको ,

·       पूर्वाधार संरचना , जनशक्ति व्यवस्थापन , साधन स्रोतको व्यवस्था , अधिकार स्पष्ट कार्यविधिगत व्यवस्था , नागरिक चासो सहभागिताका आधारमा कमजोर नागरिक सेवाप्रवाह क्षमताभएको ,

·       विश्वका सार्वजनिक प्रशासनहरुले आफ्नो क्षमतामा उल्लेख्यरूपमा रुपान्तरण गरी नागरिक अधिकारमा आधारित शासन विकास पद्धति स्थापित गरिसकेको अवस्थामा नेपालमा भने कल्याणकारी दृष्टिकोणमा आधारित पद्धतिलाई समेत सक्षमतापूर्वक सञ्चालन गर्न नसकेको यथार्थ हामी सामु विद्यमान रहेको ,

·       राजनीति प्रशासनबीचको सम्बन्ध सहकार्य साझेदारी तथा गुणात्मक सन्तुलन सामन्जस्य एवम् एकात्मक भावमा आधारितभन्दा एक अर्काबीच प्रतिस्पर्धा भिन्नतामा आधारित रहेको ,

Bal Krishna

·       सार्वजनिक प्रशासनमा राजनीतिक तथा प्रशासनिक नेतृत्व क्षमता रुपान्तरणमूलक भन्दा तात्कालिक समस्या केन्द्रित कारोवारी प्रकृतिको रहेको ,

·       मुलुकको विकासमा दातृ समुदायको सहयोग योगदान उल्लेख्य रहेको तथा दातृ समुदाय परिचालन गर्नसक्ने क्षमताको अभावका कारण नीति , संरचना पद्धतिको निर्धारण कार्यान्वयनमा दातृ समुदायको नियन्त्रण बढी रहेको ,

·       लोकतान्त्रिक शासन पद्धतिमा सार्वजनिक प्रशासनको कार्य प्रभावकारिताका सम्बन्धमा जनताको चासो , सरोकार सहभागिता अनिवार्य सर्तका रूपमा रहेको हुन्छ भने नेपालको सार्वजनिक प्रशासनमा यो पक्ष त्यति उत्साहजनक छैन ,

·       सार्वजनिक नीतिको दक्षतापूर्वकतर्जुमागर्न व्यवसायिक सक्षमता कार्यशैलीमा कमीकमजोरीका साथै ती नीतिको नतिजामूलक कार्यान्वयन गर्ने क्षमता नेपालको सार्वजनिक प्रशासनमा रहेको पाइन्न ,

·       सार्वजनिक प्रशासनको मेरुदण्डका रूपमा रहेको नेपालको कर्मचारीतन्त्र केन्द्रीकृत संरचना भएको , कमजोर कार्यसंस्कार भएको , व्यवसायिकरूपमा सुदृढनभएको , कार्यसम्पादन व्यवस्थापन उत्तरदायित्वको व्यवस्था कमजोर रहेको मूल्याङ्कन सबै पक्षबाट गरिएको साथै कर्मचारीतन्त्रले लोकतान्त्रिक शासन पद्धतिका चुनौती बहन गरी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय तहमा प्रभावकारी भूमिका निर्वाह गर्न यसको संरचना कार्यशैली तथा क्षमतामा व्यापक सुधार गर्नु जरुरी देखिएको ,

·       मुलुकमालोकतन्त्र स्थापनाका लागि भएका विभिन्न आन्दोलनले सामाजिक आर्थिक रुपान्तरणका लागि सारभूत परिवर्तनको स्थिति सिर्जना भएको भने सार्वजनिक प्रशासनले परिवर्तनलाई सार्थक तुल्याउनका लागि सो को उचित व्यवस्थापन गर्न नसकिरहेको अवस्था जसले गर्दा राजनीतिक प्रणाली जनता एवम् अन्तर्राष्ट्रिय समुदायको विश्वास जित्न नेपालको सार्वजनिक प्रशासन सक्षम हुन सकेको छैन ,

·       नेपालको सार्वजनिक प्रशासनलाई सक्षम बनाउन थालनी गरिएका हालसम्मका प्रशासन सुधारका प्रयास तथा अभ्यासको मूल्याङ्कन गर्दा प्रशासन सुधारः कर्मचारीको संरक्षण , संरचनागत परिवर्तन प्रक्रियागतमा मात्र सीमित हुन गएको यसले सार्वजनिक प्रशासनलाई कार्यमूलक , नतिजामा आधारित , व्यवसायिकरूपमा सक्षम तुल्याउन सकेको देखिन्न साथै नेपालमा नवीन सार्वजनिक व्यवस्थापनको अवधारणा लागू गर्ने कुरा ओठेभक्तिका रूपमा मात्र सीमित रहेको देखिन्छ ,

·       सार्वजनिक क्षेत्रका कर्मचारीतन्त्रमा लोकतान्त्रिक परिवर्तनले अपेक्षा गरेअनुरुप समावेशीकरण लागू भएको सन्दर्भमा यसको प्रभावकारिताको मूल्याङ्कन गर्न बाँकी नै रहेको भने समावेशीकरण योग्यता प्रणालीबीच सामन्जस्य कायम गर्ने जटीलता विद्यमान रहेको

·       नेपालको सार्वजनिक प्रशासनमा अधिकार उत्तरदायित्वबीच तालमेल हुन नसकेको , कानुनी तथा वित्तीय जोखिम अधिक रहेको हुँदा भ्रष्टाचार उन्मुख संस्कृतिले प्रश्रय पाएको , भ्रष्टाचार नियन्त्रण रोकथामका प्रयास सार्थक प्रभावकारी हुन नसकेको अवस्था टड्कारो देखिन्छ ,

·       बढ्दो राजनीतिक सङ्क्रमण अस्थीरता एवम् विधिको शासन पद्धतिको कमजोरीका कारण सार्वजनिक प्रशासनका विभिन्न क्षेत्रमा सङ्गठित अराजकताको बोलवाला रहेको जसले गर्दा विधिको शासन कमजोर भएको देखिन्छ

 

५.  राज्य पुनःसंरचनार सङ्घीयताका सन्दर्भमा शासनप्रणालीको राजनीतिक तथा प्रशासनिक संरचना

 

नेपालमा जातीय , सांस्कृतिक , भाषिक तथा भौगोलिक विविधताको उचित सम्बोधनसहित सबै पक्षलाई पहिचान सामर्थ्यका आधारमा राष्ट्रनिर्माणको अभियानमा परिचालन गर्न सङ्घीय शासन पद्धतिको आवश्यकता महसुस गरिएको यस पद्धतिबाट राज्यको शक्ति , अधिकार साधन स्रोतमा सबै समुदायको समतामूलक पहुँच नियन्त्रण कायम हुने , राज्यप्रतिको आत्मीयता , स्वामित्व स्वाभिमानको भावनाको विकास हुने सकारात्मक अवस्थाको सिर्जना हुन्छ यसमा भूमिको बाँडफाँडभन्दा जनताकेन्द्रितरूपमा शासनको अधिकार , क्षमता उत्तरदायित्वको सुनिश्चितता कायम भएको हुन्छ स्वतन्त्रता स्वायत्तताका आधारमा राज्यका विभिन्न समुदायबीच सामाजिक सम्मीलन सामन्जस्यसहितको एकात्मक भावको विकास गर्नु सङ्घीयताको मुख्य ध्येय रहेको हुन्छ सङ्घीयतामा आर्थिक तथा सामाजिक समावेशीकरणको माध्यमबाट सबै प्रकारका विभेदको अन्त्य , समानताको प्राप्ति , सार्थक सहभागिता , संरक्षण विकासजस्ता सकारात्मक गुण भएको शासन व्यवस्था समाहित भएको हुन्छ

 

बृहत् सामाजिक , राजनीतिक तथा विकासात्मक सहमतिका आधारमा रणनीतिक , विकासात्मक व्यवस्थापकीय प्रभावकारिता हासिल गर्न सक्षम तुल्याउने गरी सङ्घीय शासन पद्धतिलाई सार्थक , जनताकेन्द्रित व्यापक सक्षमतामा आधारित तुल्याउन राज्य पुनःसंरचना गर्नुपर्ने आवश्यकता देखिएको राज्य पुनःसंरचनाको प्रमुख उद्देश्यका रूपमा राज्यको जिम्मेवारी दक्ष प्रभावकारीरूपमा निर्वाह गर्ने क्षमताको विकास उत्तरदायित्व अभिवृद्धि रहेको हुन्छ राज्यको सामाजिक प्रभावकारिताका रूपमा उपयुक्त पर्याप्त समावेशीकरण , सहभागिता , सामाजिक न्यायको प्रत्याभूति , मानव अधिकारको पूर्ण पालना , मानव सुरक्षा सामाजिक उदारवादको प्राप्ति प्रमुखरूपमा रहेको हुन्छ त्यसैगरी , यसको राजनीतिक प्रभावकारिताका रूपमा विभिन्न तहका सरकारको प्रभावकारी भूमिका , शासकीय शक्ति अधिकारको उचित बाँडफाँड शासकीय सक्षमताको विकास , विकेन्द्रित प्रशासकीय संरचना , प्रभावकारी नागरिक सेवा शासकीय पद्धतिमा नागरिकको सार्थक सहभागिता हासिल गर्नु आवश्यक हुन्छ त्यस्तै राज्यलाई आर्थिकरूपमा सम्पन्न तुल्याई राजनीतिक तथा सामाजिक रुपान्तरणलाई दिगो अर्थपूर्ण तुल्याउनका लागि आर्थिक समावेशीकरण , आर्थिक विकासका अवसरको विस्तार तथा उपयोग गर्नसक्ने क्षमताको विकास , कामको अधिकारको सुनिश्चितता , उत्पादन उत्पादकत्व अभिवृद्धि सन्तुलित विकास , आत्मनिर्भरता स्वावलम्बनको विकास जस्ता पक्षलाई राज्य पुनःसंरचनाले आत्मसात् गर्नु जरुरी हुन्छ Bal Krishna

 

२००७ सालदेखिको राजनीतिक आन्दोलनबाट प्राप्त लोकतान्त्रिक उपलब्धिको सम्बर्द्धन गरी जनताको बृहत् रुपान्तरण गर्न , संरक्षण , विकास सहभागितासहितको नागरिक अधिकारको प्रत्याभूति गर्न , परिवर्तनको व्यवस्थापन गरी जनतामा नतिजामूलक उपलब्धि हासिल गराउन , क्षेत्रीय तथा विश्वस्तरमा राज्यको उपस्थिति दरिलो तुल्याउन , समावेशी सामाजिक न्यायमा आधारित शासन पद्धति प्रत्याभूत गर्न राष्ट्र निर्माणको अभियानलाई गति प्रदान गर्नका लागि नेपालमा राज्यको पुनःसंरचना आवश्यक देखिन्छ वि.सं .२०६२ ६३ को जनआन्दोलनले राज्यको भूमिका सामाजिक , राजनीतिक तथा आर्थिक विकासमा प्रभावकारी हुनुपर्ने अपेक्षा गरेको सन्दर्भमा नेपालको अन्तरिम संविधान , २०६३ , वृहत् शान्ति सम्झौता , समयसमयका राजनीतिक सहमति , विश्व मञ्चमा नेपालले गरेका प्रतिबद्धता , आमजनताको राज्यप्रतिको अपेक्षा आदिका आधारमा परिवर्तित राज्यसंरचना निर्माण गर्नुपर्ने आवश्यकता विभिन्न तह समुदायमा हालसम्म भएका छलफल , सम्वाद तथा निष्कर्षसमेतलाई आधारका रूपमा लिँदा राज्य पुनःसंरचनालाईदेहायका दृष्टिकोणबाट विवेचना गर्नुपर्नेहुन आउँछः

 

·       भौगोलिक तथा प्राकृतिक विभाजन , प्राकृतिक स्रोतसाधनको उपलब्धता सम्भाव्यता , जनसङ्ख्या , सामाजिक सामन्जस्य सम्मीलन , आर्थिक विकासका पूर्वाधार , आत्मनिर्भरता आदिका आधारमा राज्यको निर्माण ,

·       राज्यसञ्चालनको अधिकार साधन स्रोतको समान समतामूलक बाँडफाँडसहितको केन्द्र , राज्य तथा स्थानीयतहको सरकारको अस्तित्व हुनेगरी बहुतहको सरकार ,

·       समावेशीकरण , सामाजिक न्याय , समानता , नागरिक अधिकार मानव सुरक्षाको पूर्ण प्रत्याभूति ,

·       राष्ट्रिय , क्षेत्रीय तथा विश्वस्तरमा नेपालले गरेको प्रतिबद्धता तथा अन्तर्राष्ट्रिय सिद्धान्त , मान्यता तथा कानुनी व्यवस्थाको प्रभावकारी कार्यान्वयन ,

·       सुशासनयुक्त व्यवसायिकरूपमा सक्षम , प्रतिस्पर्धी , सहभागीमूलक , नागरिकप्रति जिम्मेवार उत्तरदायी , नतिजामूलक कार्यसम्पादन संस्कार भएको बहुतहको सार्वजनिक प्रशासन ,

·       मित्रराष्ट्रहरुसँग नेपाल नेपालीको बृहत्तर हित , सम्मान गौरव , सार्वभौमिकताको संरक्षण , विश्व मञ्चमा नेपालको प्रभावकारी स्थान , विश्वका रणनीतिक महत्वका विषयमा नेपालको नेतृत्व क्षमता , नेपालको हकमा तुलनात्मकलाभ प्रतिस्पर्धात्मक क्षमता हासिल हुने आदि आधारमा पारस्परिक सम्मान कायम हुने गरी सम्बन्ध स्थापना , तथा

·       राज्य राष्ट्रिय हितप्रति प्रतिवद्ध , स्वतन्त्र स्वायत्त नागरिक समाज निजीक्षेत्र तथा समुदायमा आधारित सङ्गठनको प्रभावकारी भूमिका

 

राज्यको व्यापक आर्थिक तथा सामाजिक रुपान्तरणका लागि राज्य पुनःसंरचनाले भौगोलिक तथा प्राकृतिक विभाजन , प्राकृतिक स्रोतसाधनको उपलब्धता सम्भाव्यता , जनसङ्ख्या , सामाजिक सामन्जस्य सम्मीलन , आर्थिक विकासका पूर्वाधार आत्मनिर्भरता आदिका आधारमा राज्यको निर्माण एवम् राज्यसञ्चालनको अधिकार साधन स्रोतको समान समतामूलक बाँडफाँडसहितको केन्द्र , राज्य तथा स्थानीयतहको सरकारको अस्तित्व हुनेगरी बहुतहको सरकारको व्यवस्था गर्नुपर्ने आवश्यकता औं ल्याएकोछ त्यसैगरी , समावेशीकरण , सामाजिक न्याय , समानता , नागरिक अधिकार मानव सुरक्षाको पूर्ण प्रत्याभूति , राष्ट्रिय , क्षेत्रीय तथा विश्वस्तरमा नेपालले गरेको प्रतिबद्धता तथा अन्तर्राष्ट्रिय सिद्धान्त , मान्यता तथा कानुनी व्यवस्थाको प्रभावकारी कार्यान्वयन गर्न सक्षमताको विकास गर्ने गरी राज्यको रणनीतिक संरचनागत सक्षमताको विकास गर्नुपर्ने देखिएको

 

त्यसैगरी , सुशासनयुक्त व्यवसायिकरूपमा सक्षम , प्रतिस्पर्धी , सहभागीमूलक , नागरिकप्रति जिम्मेवार उत्तरदायी , नतिजामूलक , कार्यसम्पादन संस्कार भएको बहुतहको सार्वजनिक प्रशासनको सुसङ्गठनकाआधारमा मित्रराष्ट्रहरुसँग नेपाल नेपालीको बृहत्तर हित , सम्मान गौरव , सार्वभौमिकताको संरक्षण , विश्व मञ्चमा नेपालको प्रभावकारी स्थान , विश्वका रणनीतिक महत्वका विषयमा नेपालको नेतृत्व क्षमता , नेपालको हकमा तुलनात्मक लाभ प्रतिस्पर्धात्मक क्षमता हासिल हुने आदि आधारमा पारस्परिक सम्मान कायम हुने गरी सम्बन्ध स्थापना गर्ने राष्ट्रिय हितप्रति प्रतिवद्ध , स्वतन्त्र स्वायत्त नागरिक समाज निजीक्षेत्र तथा समुदायमा आधारित सङ्गठनको प्रभावकारी भूमिका हुने गरी राज्यको व्यवस्थापन क्षमतालाई रुपान्तरण गर्ने अभिप्राय राज्यको पुनःसंरचनाले राखेको

 

नेपालको शासन पद्धतिलाई सक्षम जनताप्रति उत्तरदायी , समावेशी , व्यापक सहभागितामूलक , विकेन्द्रित नागरिक अधिकारमा आधारित तुल्याउने उद्देश्य राज्य पुनःसंरचनाले राखेको यसका लागि सुशासनयुक्त व्यवसायिकरूपमा सक्षम , प्रतिस्पर्धी , सहभागीमूलक , नागरिकप्रति जिम्मेवार उत्तरदायी , नतिजामूलक , कार्यसम्पादन संस्कार भएको शासन व्यवस्थाको खाँचो पर्ने देखिएको राज्य पुनःसंरचनाले नेपालको सार्वजनिक प्रशासनलाई रणनीतिकरूपमा सुदृढ नतिजामूलक कार्यमूलक संरचना भएको , सक्षमरूपमा कार्यसम्पादन गर्न सक्ने पद्धति भएको सेवामूलक , उच्च नैतिकता मनोबल एवम् सकारात्मक कार्यसंस्कार प्रवृत्तिभएको रुपान्तरित शासकीय क्षमताका रूपमा चाहेको हालसम्मको मूल्याङ्कनका आधारमा नेपालको शासन व्यवस्थामा राज्य पुनःसंरचनाकोरणनीतिगत , संरचनागत , पद्धतिगत तथा संस्कारगतरूपमा प्रभाव परेको देखिएको

 

रणनीतिगत तहको प्रभावमा सार्वजनिक प्रशासनको केन्द्रविन्दु कारूपमा जनता रहने , सुशासन सामाजिक न्याय , समावेशीकरण , नागरिक अधिकार प्रभावकारी नागरिक सेवा सार्वजनिक प्रशासनको आधारभूत उद्देश्यका रूपमा रहने , राज्यको व्यापक रुपान्तरणमा सार्वजनिक प्रशासनको सक्रिय सार्थक भूमिका रहने , सक्षमताका साथ नीति निर्माण कार्यान्वयनमा भूमिका निर्वाह गर्न सक्ने आदि रणनीतिक क्षमता भएको सार्वजनिक प्रशासन प्रत्याभूत गर्नुपर्ने रहेको त्यसैगरी , संरचनागत प्रभावमा राज्यको संरचनाअनुसार बहुतहको सार्वजनिक प्रशासनको संरचनाको निर्माण , केन्द्रिय संरचनाले नीति निर्माण , समन्वय , अनुगमन मूल्याङ्कन गर्न नेतृत्वदायी भूमिका निर्वाह गर्न आवश्यक पर्ने अधिकार स्रोतसाधन मात्र केन्द्रित गरी राज्यतह स्थानीयतहलाई विकास निर्माणका काममा सक्रियरूपमा कार्य गर्न सक्ने , जनताका आधारभूत आवश्यकता पूरा गर्न सक्ने , प्रभावकारीरूपमा नागरिक सेवाप्रवाह गर्न सक्ने , आर्थिक विकासका सम्भावनाको पहिचान गरी उपलब्धिका लागि परिचालन गर्न सक्ने , अधिकार साधन स्रोतले सक्षम संरचनाको निर्माण सञ्चालन गर्ने संरचना निर्माण गर्नुपर्ने अवस्था सिर्जना भएको

 

राज्य पुनःसंरचनाको पद्धतिगत प्रभावको मूल्याङ्कन गर्दा आर्थिक तथा सामाजिक रुपान्तरणका लागि कानुनी व्यवस्था , प्रशासनका प्रत्येक तहमा सहभागितामूलक पद्धति , सक्षमतापूर्वक नागरिक सेवाप्रवाह गर्नसक्ने क्षमता विकास , अधिकारमा आधारित विकास पद्धति , समानता सामाजिक न्यायको प्राप्तिका लागि आवश्यक विधि प्रक्रियाको निर्धारण , कार्यसम्पादन व्यवस्थापनको सुनिश्चितासहितको व्यवसायिकरूपमा सक्षम कर्मचारीतन्त्र , व्यापक सहकार्य साझेदारीका लागि प्रोत्साहन , सार्वजनिक जिम्मेवारीका विषयमा पारदर्शिता उत्तरदायित्वको स्पष्ट व्यवस्था , नतिजामूलक व्यवस्थापन , प्राथमिकताका आधारमा साधन स्रोतको परिचालन गर्ने पद्धति निर्माण गरी शासनका सबै तहमा प्रभावकारिता ल्याउनु पर्ने गरी सकारात्मक दबाब पैदा भएको देखिन्छ त्यसैगरी , मनोवैज्ञानिक संस्कारगत प्रभावका रूपमा सार्वजनिक प्रशासनमा कार्यमूलक संस्कारको विकास , जनताको सम्मान गरी नागरिक सेवालाई आधारभूत मूल्यका रूपमा स्वीकार गर्ने , भ्रष्टाचारजन्य कार्यविरुद्ध शून्य सहनशीलता , उत्तरदायित्व वहन गर्ने संस्कारको विकास , प्रतिस्पर्धात्मक क्षमता विकास , सहकार्य साझेदारीको संस्कृति निर्माण , सेवाप्रवाह गर्ने निकायलाई पर्याप्त अधिकार स्रोतसाधन प्रदत्त गर्ने संस्कारको विकास गर्ने मनोवैज्ञानिक सुदृढताको विकास जस्ता परिवर्तन मुख्यरूपमा पर्दछन्

 

राज्यको व्यापक आर्थिक तथा सामाजिक रुपान्तरणका लागि राज्य पुनःसंरचनाले भौगोलिक तथा प्राकृतिक विभाजन , प्राकृतिक स्रोतसाधनको उपलब्धता सम्भाव्यता , जनसङ्ख्या , सामाजिक सामन्जस्य सम्मीलन , आर्थिक विकासका पूर्वाधार आत्मनिर्भरता आदिका आधारमा राज्यको निर्माण , एवम् राज्यसञ्चालनको अधिकार साधन स्रोतको समान समतामूलक बाँडफाँडसहितको केन्द्र , राज्य तथा स्थानीयतहको सरकारको अस्तित्व हुनेगरी बहुतहको सरकारको व्यवस्था गर्नुपर्ने आवश्यकता औं ल्याएकोछ त्यसैगरी , समावेशीकरण , सामाजिक न्याय , समानता , नागरिक अधिकार मानव सुरक्षाको पूर्ण प्रत्याभूति राष्ट्रिय , क्षेत्रीय तथा विश्वस्तरमा नेपालले गरेको प्रतिबद्धता तथा अन्तर्राष्ट्रिय सिद्धान्त , मान्यता तथा कानुनी व्यवस्थाको प्रभावकारी कार्यान्वयन गर्न सक्षमताको विकास गर्ने गरी राज्यको रणनीतिकर संरचनागत सक्षमताको विकास गर्नुपर्ने देखिएको

 

त्यसैगरी , सुशासनयुक्त व्यवसायिकरूपमा सक्षम , प्रतिस्पर्धी , सहभागीमूलक , नागरिकप्रति जिम्मेवार उत्तरदायी , नतिजामूलक कार्यसम्पादन संस्कार भएको बहुतहको सार्वजनिक प्रशासनको सुसङ्गठनका आधारमा मित्रराष्ट्रहरुसँग नेपाल नेपालीको बृहत्तर हित , सम्मान गौरव , सार्वभौमिकताको संरक्षण , विश्व मञ्चमा नेपालको प्रभावकारी स्थान , विश्वका रणनीतिक महत्वका विषयमा नेपालको नेतृत्व क्षमता , नेपालको हकमा तुलनात्मक लाभ प्रतिस्पर्धात्मक क्षमता हासिल हुने आदि आधारमा पारस्परिक सम्मान कायम हुने गरी सम्बन्ध स्थापना गर्ने राष्ट्रिय हितप्रति प्रतिवद्ध , स्वतन्त्र स्वायत्त नागरिक समाज निजीक्षेत्र तथा समुदायमा आधारित सङ्गठनको प्रभावकारी भूमिका हुने गरी राज्यको व्यवस्थापन क्षमतालाई रुपान्तरण गर्ने अभिप्राय नेपालको राज्यको पुनःसंरचनाले राखेको

 

सङ्घीय शासन पद्धतिको मूलभूत मान्यताको परिपालना हुनेगरी राज्य पुनःसंरचनाको अभियानले नेपालमा बहुतहमा सरकारको व्यवस्था गर्ने सोहीअनुसार सार्वजनिक प्रशासनको संरचना , व्यवस्थापन पद्धति प्रभावकारी सञ्चालन गर्नुपर्ने अपेक्षा गरेको सुशासनका लागि मुलुकको सामाजिक रुपान्तरण , मानव अधिकारको संरक्षण , आर्थिक व्यवस्थापन , शान्ति सुव्यवस्था , वैदेशिक सम्बन्ध व्यवस्थापन , पूर्वाधार निर्माण , मानव विकास , प्रभावकारी सार्वजनिक सेवा वितरण आदि जिम्मेवारीलाई राज्यका विभिन्न तहमा विभाजन गरी सक्षमता नतिजाका आधारमा प्रभावकारिता ल्याउन बहुतहमा सरकारको व्यवस्था , अधिकार , जिम्मेवारी उत्तरदायित्वको व्यवस्थासहित सार्वजनिक प्रशासनको व्यवस्थापन गर्नु आवश्यक देखिन्छ

 

बहुतहको शासन संरचना

·       सीमा सुरक्षा , राष्ट्रिय सुरक्षा , वैदेशिक सम्बन्ध , अन्तरराज्य सम्बन्ध , समष्टीगत आर्थिक नीति , मौद्रिक नीति , मानव अधिकार , वातावरण व्यवस्थापन , अनुगमन समन्वय , राज्यहरुको क्षमता विकास , राष्ट्रिय महत्वका रणनीतिक आयोजनाको निर्माण तथा सञ्चालन , प्राथमिकता प्राप्त क्षेत्रको विकासजस्ता क्षेत्रको जिम्मेवारी जवाफदेही वहन गर्ने गरी सङ्घीय सरकारको संरचना निर्माण गर्ने यसअनुसार सङ्घ तहमा सीमित सङ्ख्यामा मन्त्रालय , विभाग आयोगजस्ता केन्द्रिय संरचना निर्माण गर्ने केन्द्रिय तहमा न्यायपालिका तथा व्यवस्थापिकाको व्यवस्था गरी शक्ति पृथकीकरण सन्तुलनको व्यवस्था कायम गर्ने

·       राज्यतहमा राज्यका बहुपक्षीय विकासका सम्भावनाको उपयोग गर्ने , राज्यको सार्वजनिक व्यवस्थापन गर्ने , विकास आयोजना व्यवस्थापन सञ्चालन , राज्यस्तरमा अनुगमन मूल्याङ्कन , विकासका पूर्वाधार निर्माण , राज्यतहमा आर्थिक व्यवस्थापन , नागरिक सेवाको नेतृत्व व्यवस्थापन , आर्थिक विकास , नागरिक सुरक्षा , प्रकोप व्यवस्थापनजस्ता कार्यका साथै स्थानीयतहको सेवा कार्यको प्रभावकारिता अनुगमन तथा मूल्याङ्कन गर्ने तथा क्षमता विकास गर्ने जिम्मेवारी जवाफदेही वहन गर्न सक्ने गरी मन्त्रालय , विभाग कार्यालयको स्थापना गर्ने राज्यतहमा समेत शक्ति पृथकीकरण सन्तुलन कायम राख्नका लागि न्यायपालिका तथा व्यवस्थापिकाको व्यवस्था उपयुक्त हुने देखिन्छ

·       स्थानीयतहको संरचनामा स्थानीयतहमा आधारभूत सेवासुविधाको व्यवस्थापन , स्थानीय विकासको व्यवस्थापन , जनसहभागिता परिचालन , स्थानीय सम्भाव्यताका आधारमा योजना तर्जुमा कार्यान्वयन , अनुगमन मूल्याङ्कन , प्रकोप व्यवस्थापन , समुदायमा आधारित सङ्गठनको व्यवस्थापन , नागरिक सुनुवाइगर्ने आदि कार्यको जिम्मेवारी जवाफदेही वहन गर्न सक्ने गरी अधिकारसम्पन्न स्थानीय सरकारको व्यवस्था गर्न आवश्यक देखिन्छ

 

बहुतहमा सार्वजनिक प्रशासनको व्यवस्थापन

(क)    सङ्घ तहमा सार्वजनिक प्रशासनको व्यवस्थापन

·       सङ्घ तहको सरकारको संरचना जिम्मेवारी अनुसार नीति निर्माण , योजना , कर्मचारी व्यवस्थापन आर्थिक व्यवस्थापनका लागि विशिष्टीकृत व्यवस्था गर्नु आवश्यक ,

·       केन्द्रस्तरमा नीति निर्माण योजना व्यवस्थापनका लागि विशेषज्ञ सेवा प्रदान गर्न व्यवसायिकरूपमा सक्षम योजना आयोग वा परिषदको व्यवस्था गर्ने ,

·       सार्वजनिक प्रशासनलाई स्वच्छ , नैतिकतामा आधारित , नतिजामूलक व्यवसायिकरूपमा प्रतिस्पर्धी सक्षम तुल्याउन लोकसेवा आयोग , अख्तियार दुरुपयोग अनुसन्धान आयोग , महालेखा परीक्षक जस्ता संवैधानिक निकायको संवैधानिक व्यवस्था गर्नु आवश्यक ,

·       केन्द्रस्तरमा मुलुककोसार्वजनिक व्यवस्थापनको सञ्चालनका लागि निजामती सेवाको गठन गरी व्यवसायिकरूपमा सक्षम , दर्जामूलकभन्दा पदमूलक कार्यसम्पादन व्यवस्थापनमा आधारित कर्मचारी व्यवस्थापन पद्धतिको विकास गर्ने राज्य तहको सार्वजनिक व्यवस्थापनका मुख्यमुख्य क्षेत्रमा सङ्घ राज्यबीच समन्वयात्मक सम्बन्ध कायम गर्नका लागि सङ्घ तहको कर्मचारीले व्यवस्थापकीय नेतृत्व लिने गरी व्यवस्था गर्ने ,

·       सघीय निजामती सेवालाई कार्यसम्पादन आवश्यकताका आधारमा विशिष्टीकृत सेवाका रूपमा सङ्गठित गर्ने अधिकृत मूलक कर्मचारी व्यवस्था लागू गर्ने

 

(ख)    राज्यतहमा सार्वजनिक प्रशासनको व्यवस्थापन

·       राज्यतहको सरकारको संरचना जिम्मेवारी अनुसार राज्यस्तरमा नीति निर्माण , योजना , कर्मचारी व्यवस्थापन आर्थिक व्यवस्थापनका लागि राज्यको आवश्यकतालाई दृष्टिगत गरी विशिष्टीकृत व्यवस्था गर्नु आवश्यक ,

·       राज्यस्तरमा सार्वजनिक व्यवस्थापनको सञ्चालनका लागि राज्य निजामती सेवाको गठन गरी व्यवसायिकरूपमा सक्षम , दर्जामूलकभन्दा पदमूलक कार्यसम्पादन व्यवस्थापनमा आधारित कर्मचारी व्यवस्थापन पद्धतिको विकास गर्ने राज्यतह तथा स्थानीयतहको सार्वजनिक व्यवस्थापनबीच समन्वयात्मक सम्बन्ध कायम गर्नका लागि स्थानीयतहका मुख्यमुख्य क्षेत्रको व्यवस्थापकीय नेतृत्व लिने गरी राज्यतहको कर्मचारीले लिने गरी व्यवस्था गर्ने ,

·       राज्यतहमा अधिकार जिम्मेवारीअनुसारको आर्थिक व्यवस्थापनका लागि कर उठाउने , कार्यक्रम बजेट तर्जुमागर्ने , स्रोत परिचालन गर्ने , अनुगमन मूल्याङ्कन गर्ने कार्यका लागि विशिष्टीकृत व्यवस्था गर्ने ,

·       राज्यतहमा आवश्यकताअनुसार संवैधानिक निकायको राज्यस्तरको सङ्गठनको व्यवस्था गर्ने

 

() स्थानीयतहमा सार्वजनिक व्यवस्थापन

 

·       स्थानीयतहको सरकारको संरचना जिम्मेवारीअनुसार स्थानीयस्तरमा योजना व्यवस्थापन , कर्मचारी व्यवस्थापन आर्थिक व्यवस्थापनका लागि स्थानीयतहको आवश्यकतालाई दृष्टिगत गरी विशिष्टीकृत व्यवस्था गर्ने ,

·       स्थानीयस्तरमा सार्वजनिक व्यवस्थापनको सञ्चालनका लागि स्थानीय निजामती सेवाको गठन गरी व्यवसायिकरूपमा सक्षम , दर्जामूलकभन्दापदमूलकर कार्यसम्पादन व्यवस्थापनमा आधारित कर्मचारी व्यवस्थापन पद्धतिको विकास गर्ने ,

·       स्थानीयतहमा अधिकार जिम्मेवारीअनुसारको आर्थिक व्यवस्थापनका लागि कर उठाउने , कार्यक्रम बजेट तर्जुमा गर्ने , स्रोत परिचालन गर्ने , अनुगमन मूल्याङ्कन गर्ने कार्यका लागि विशिष्टीकृत व्यवस्था गर्ने ,

·       नागरिकको आधारभूत सेवा सुविधा स्थानीयतहमा नै वितरण गर्नसक्ने एकीकृत सेवा केन्द्रको व्यवस्था गरी अधिकार , साधन स्रोत , स्पष्ट कार्यविधि , जनशक्ति पूर्वाधारको व्यवस्था , सेवाग्राही मैत्री वातावरण , कार्यसम्पादनमा आधारित प्रोत्साहन पद्धति लागू गर्ने

 

६.  नेपालको शासनप्रणालीका चुनौती , अवसर सम्भावना

नेपालको शासनप्रणालीका मुख्यचुनौती

 

सार्वजनिक हितका लागि नीति कानूनको कार्यान्वयन गरी नागरिकको रणनीतिक व्यवहारिक आवश्यकता पूरा गर्ने दायित्व बोकेको वैधानिक संयन्त्रलाई नै सार्वजनिक प्रशासनका रूपमा परिभाषित गरिएको पाइन्छ बृहत् अर्थका रूपमा यसले कार्यपालिका , न्यायपालिका तथा व्यवस्थापिकाको सङ्गठन व्यवस्थापनलाई समेटेको हुन्छ कानुनी विकासात्मक , सामाजिक , आर्थिक तथा राजनीतिक आयाम समाहित रहेको यसको संरक्षणात्मक , विकासात्मक , प्रवर्द्धनात्मक तथा नियमनात्मक कार्यक्षेत्र रहेको हुन्छ सार्वजनिक सङ्गठन क्रियाकलापहरुको उचित व्यवस्थापनद्वारा मानव विकास सुरक्षा , आर्थिक विकास , सामाजिक न्यायको प्रत्याभूति , नागरिक अधिकारको संरक्षण नागरिक सशक्तीकरण , जनताको आधारभूत सेवासुविधा प्रभावकारी वितरण गर्ने सक्षमता यसको रहेको हुन्छ आधुनिकसार्वजनिक प्रशासनले नागरिकमैत्री व्यवहार , कार्यमूलकसंस्कृति , लोकतान्त्रिक मूल्यमान्यतार नैतिकताको सम्बर्द्धन तथा अन्तर्राष्ट्रिय सम्बन्धको प्रभावकारी रूपमा व्यवस्थापन गर्ने क्षमता हासिल गरेको हुन्छ वर्तमान विश्वमा विश्वव्यापी प्रतिस्पर्धा सामाजिक आर्थिक भूमण्डलीकरण , सरकारको कार्यक्षेत्र कार्यशैलीमा आएको सारभूत परिवर्तन , सुशासनका लागि बढ्दो दबाब एवम् बढ्दो नागरिक अपेक्षा , मानव अधिकार मानव सुरक्षाको प्रत्याभूति , समावेशी तथा अधिकार केन्द्रित विकास अवधारणा कार्यान्वयन गर्नुपर्ने दायित्व , नवीन विश्वव्यापी समस्याहरु जस्तैः जलवायू परिवर्तन , अनियन्त्रित अन्तरसीमा आप्रवासन , HIV / AIDS को प्रसार , बढ्दो प्राकृतिक तथा मानव प्रेषित विपद् , जटिल वातावरणीय समस्या . सूचना तथा सञ्चार प्रविधिको विकास , गुणात्मक प्रभावकारी नागरिक सेवा प्रदान गर्नुपर्ने राज्यको दायित्व , नवीन सार्वजनिक व्यवस्थापन सार्वजनिक क्रियाकलापको व्यवसायीकरणका लागि दबाब आदिका कारणले एक्काइसौं शताब्दीमा शासनप्रणालीको सञ्चालन बढी चुनौतीपूर्णरहेको महसुस गरिएको

 

नेपालको शासन व्यवस्थाका लागि रणनीतिक , संरचनागत , पद्धतिगत तथा मनोव्यवहारगत सबै तहमा विभिन्न चुनौती रहेका छन् यी चुनौतीहरुलाईदेहायका बँदामा व्याख्या गरिएको छःTop of Form

·       शासनको प्रभावकारी सञ्चालनमा नागरिकको अर्थपूर्ण तथा सशक्त सहभागिता हासिल गरी नागरिक केन्द्रित नागरिक स्वामित्वसहितको शासनप्रणालीको विकास गर्ने तथा सरकार नागरिकबीचको सम्बन्धलाई गतिशील तथा सकारात्मक तुल्याउने ,

·       भूमण्डलीय गतिशीलताले प्रदान गरेको अवसरको प्रभावकारी उपयोगका लागि सक्षम शासनप्रणालीको स्थापना गर्ने ,

·       राजनीतिक तथा प्रशासकीय क्षमताको विकास गरी प्रभावकारीरूपमा नागरिक सेवाप्रवाह गर्ने क्षमता हासिल गर्ने ,

·       भ्रष्टाचारको बिगबिगीको अन्त्यका लागि बृहत् राजनीतिक सहमति कायम गरी व्यापकरूपमा अभियान सञ्चालन गर्ने ,

·       विधिको शासनको पालना नगर्ने प्रवृत्तिर सङ्गठित अराजकताको स्थितिबाट मुलुकलाईजोगाई असल शासनको प्राप्तिका लागि नागरिक समुदायलाईपरिचालन गर्ने ,

·       अधिकारमा आधारित शासन विकासको कार्यान्वयनका लागि आर्थिक तथा शासकीय पुनःसंरचनागर्ने ,

·       राजनीतिक तथा शासकीय सङ्क्रमणको रुपान्तरण तथा व्यवस्थापन गर्ने तथा राजनीतिक परिवर्तनको व्यवस्थापनका लागि सक्षमता हासिल गर्ने ,

·       सामाजिक न्याय , समानता समतासहितको समावेशी राज्य प्रणालीको स्थापना गर्ने सक्षमतासहितको योग्यता प्रणालीसँग सामन्जस्यता कायम गर्ने ,

·       आर्थिक विकासबिना राजनीतिक परिवर्तनको कुनै महत्व नहुने यस किसिमको परिवर्तनको दिगो व्यवस्थापन गर्न असम्भव हुने भएकाले आर्थिक विकासउन्मुखराजनीतिक प्रणालीको स्थापना गर्ने , तथा

·       सार्वजनिक प्रशासनलाई व्यवसायिकरूपमा सक्षम नागरिकप्रति उत्तरदायी तुल्याई वैदेशिक सम्बन्ध सहयोगको परिचालन राष्ट्रिय हितअनुकूलतुल्याउनसक्ने गरी शासकीय सुधारगर्ने

 

राज्य पुनःसंरचनाको मर्म भावना अनुकूलसार्वजनिक प्रशासनलाई रुपान्तरण गर्न तथा सोको प्रतिफल प्राप्तिमा विभिन्न समस्या चुनौतीको सामना गर्नुपर्ने विषयलाई स्वाभाविकरूपमा ग्रहण गर्नुपर्ने हुन्छ यस क्रममा मुख्य मुख्य समस्या चुनौतीलाई देहायबमोजिम प्रस्तुत गरिएको छः

·       सङ्घीय शासन पद्धतिअनुकूल नेपालको शासकीय व्यवस्थालाई सक्षम , उत्तरदायी विश्वसनीय तुल्याउन यसको सार्थक उद्देश्यपरक रुपान्तरण गर्ने चुनौतीमुख्यरूपमा रहेको ,

·       शासकीय व्यवस्थाको रुपान्तरणको प्रभावकारिता , राजनीतिक नेतृत्व क्षमता , राजनीतिक संस्कार , स्वामित्व उत्तरदायित्वमा निर्भर गर्दछ नेपालको सन्दर्भमा यो विषय चुनौतीपूर्णदेखिएको ,

·       रुपान्तरणको सम्पूर्ण पक्षमा सरोकारवाला नागरिकको चासो , सहभागिता क्षमताको उपयोग आवश्यक हुने सन्दर्भमा हालको नेपाली समाजको संरचना क्षमता , सरोकारवालाको सार्वजनिक प्रशासनप्रतिको धारणा सकारात्मक देखिन्न ,

·       अन्तर्राष्ट्रिय विकास समुदायको हालसम्मको क्रियाकलापलाई विश्लेषण गर्ने हो भने नेपालको सार्वजनिक व्यवस्थापनको सुधारमा ती समुदायको आर्थिक तथा प्राविधिक सहयोगको प्राप्तिसँगै आफ्नो कार्यसूची प्राथमिकता लाने प्रवृत्तित्यत्तिकै हाबी भएको आगामी रुपान्तरणमा समेत यस्तै स्थितिको सम्भावना देखिन्छ ,

·       नेपालको सामाजिक सांस्कृतिक प्रवृत्ति भ्रष्टाचार सामाजिक विकृतिलाई प्रोत्साहन दिने प्रकारले विकसित भएको सन्दर्भमा सार्वजनिक प्रशासनको रुपान्तरणमा यो पक्ष सकारात्मक हुने सम्भावना कमै देखिन्छ ,

·       नेपालको कर्मचारीतन्त्र कार्यसम्पादन उन्मुखभन्दा संरक्षणउन्मुख परिवर्तन सुधारको सहयोगीभन्दा परिवर्तनको अवरोधका रूपमा हालसम्म भूमिका खेल्दै आएको सन्दर्भमा कर्मचारीतन्त्रको सहयोगात्मक सकारात्मक उपस्थिति भूमिका चुनौतीपूर्णदेखिन्छ

·       परिवर्तनलाई आत्मसात् गरी परिवर्तनको नतिजामूलक व्यवस्थापन गर्ने क्षमता नेपालको राजनीति तथा प्रशासनिक संरचनाको रहेको देखिन्न जसले गर्दा रुपान्तरणको कार्य जटील हुने सम्भावना प्रवल ,

हालसम्मको स्थितिको मूल्याङ्कनका आधारमा नेपालको शासनप्रणालीको क्षमता , कार्यशैली , सुधारात्मक प्रयासमा सर्वसाधारण नागरिकको चासो सम्वेदनशीलता एवम् स्वामित्व एकदमै कम भएको महसुस हुन्छ सर्वसाधारण जनताले सार्वजनिक व्यवस्थापनको रुपान्तरणमा सक्रियरुपले सहभागी भई चासो स्वामित्व नलिएसम्म सफलता प्रभावकारिता हासिल हुन सक्ने देखिन्न , Bal Krishna

 

·       राजनीतिक सङ्क्रमण द्वन्द्वोत्तर शासनका चुनौतीका रूपमा सार्वजनिक क्षेत्रमा कानूनको शासनभन्दा सङ्गठित अराजकताको बोलवाला देखिएको हुँदा यसले सार्वजनिक प्रशासनको रुपान्तरणमा असहयोग नै हुने देखिन्छ

 

द्वन्द्वोत्तर सङ्क्रमणकालीन शासनको रुपान्तरणका सन्दर्भमा शासकीय व्यवस्थाको प्राथमिकता राजनीतिक द्वन्द्व सङ्क्रमण कालीन अवस्थाको विवेकयुक्त रुपान्तरणका लागि शासन व्यवस्थाले महत्वपूर्ण विषयमा आफ्नो प्राथमिकता कायम गर्नु जरुरी हुन्छ यसअन्तर्गत शासनप्रणालीको सुधारका लागि शासनको वैधानिकता सुनिश्चित गर्ने , दिगो शान्ति स्थापना लोकतान्त्रिक संविधानको निर्माण गर्ने , नागरिक अधिकार सुरक्षाको पूर्ण प्रत्याभूति , सङ्क्रमणकालीन सामाजिक न्याय मेलमिलाप , आर्थिक समविकास वितरणात्मक न्याय , द्वन्द्व विस्थापित प्रभावित समुदायको पुनर्स्थापन पुनर्निर्माण , सङ्गठित अराजकताको अन्त्य विधिको शासनको पूर्णपालना , सार्वजनिक सेवाको प्रभावकारी व्यवस्थापन , स्थानीय समुदायमा आधारित सङ्गठनको क्षमता विकास , स्थानीयस्तरमा रोजगारी सिर्जना तथा आर्थिक क्रियाकलापमा वृद्धि गर्नका लागि लगानी , नागरिकको विश्वास आर्जन गर्नका लागि विशेष प्रयत्न गर्ने परिवर्तनको व्यवस्थापनका लागि सुदृढ संरचनाको निर्माण जस्ता विषयलाई प्राथमिकतामा समावेश गर्नुपर्ने

 

नेपालको शासनप्रणालीमा सुधारका अवसर सम्भावना

 

नेपालमा विभिन्न राजनीतिक आन्दोलनहरु , विश्व वातावरणमा आएको उल्लेख्य परिवर्तन , नागरिक सशक्तता शासनप्रतिको चेतनामा आएको परिवर्तनले नेपालको शासनप्रणालीलाई जनमुखी , जनउत्तरदायी , असल शासनयुक्त तुल्याउनका लागि अवसर प्राप्त भएको लोकतान्त्रिक मूल्यमान्यतासहितको शासकीय रुपान्तरणका लागि अन्तर्राष्ट्रिय विकास समुदायको चासो सहयोगको अवस्था , निजी तथा व्यवसायिक क्षेत्र नागरिक समाजको सार्थक सहभागिताको स्थिति , सुशासनको स्थापनाका लागि राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा सबल सहयोगी वातावरणको निर्माण आदि कारणले यो सम्भावनालाई प्रबल तुल्याएको शान्ति स्थापना द्वन्द्व रुपान्तरणका लागि बृहत् राजनीतिक सहमतिसहितको सबल वातावरण निर्माण हुनु , सङ्घीय लोकतान्त्रिक शासन व्यवस्थाको स्थापनाका लागि जनमत , असल शासनका लागि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय तहमा अभियान , अधिकारमा आधारित शासनप्रणालीका लागि बढ्दो अधिवाचन पैरवी आदि कारणले नेपालको शासनप्रणालीमा रुपान्तरणीय सुधारको सम्भावनालाई प्रबल तुल्याएको

 

·       मुलुकको लोकतान्त्रिक रुपान्तरणको कार्यान्वयन गरी परिवर्तनको सही व्यवस्थापन गर्न सक्षम शासन आजको आवश्यकता भएको सन्दर्भमा शासनप्रणालीलाई राजनीतिक तथा संवैधानिकरूपमा प्रभावकारिता हासिल हुने , भूमण्डलीय अवसरको अधिकतम उपयोग गरी राज्यको दरिलो उपस्थिति हासिल गर्न सक्ने , नवीन व्यवस्थापन पद्धतिको उपयोग गरी प्रतिस्पर्धात्मक क्षमता , नतिजामूलक प्रशासनसहितको व्यवस्थापकीय सक्षमता हासिल गर्ने , मुलुकको विकास व्यवस्थापनलाई सहजीकरण , समन्वय सामन्जस्य कायम गरी जनतामा विकासको अधिकतम समावेशी प्रतिफल प्रदान गर्न सक्ने विकासात्मक सक्षमता हासिल गर्ने , नागरिक अधिकारको संरक्षण , प्रभावकारी जनसेवा नागरिक सम्बन्धलाई प्रभावकारी बनाउन सक्ने सक्षमता तथा सिर्जनात्मकता नवप्रवर्तनीयताको विकास तथा उपयोग गरी समयानुकूल रूपमा सक्षम प्रभावकारी तुल्याउनका लागि रणनीतिक , संरचनागत , पद्धतिगत तथा संस्कारगतरूपमा रुपान्तरण गर्नु जरुरी

·       रणनीतिगत तहमा शासकीय रुपान्तरणका लागि सार्वजनिक प्रशासनको केन्द्रविन्दुकारूपमा जनता रहने , सुशासन , सामाजिक न्याय , समावेशीकरण , नागरिक अधिकार प्रभावकारी नागरिक सेवा सार्वजनिक प्रशासनको आधारभूत उद्देश्यका रूपमा रहने गरी रणनीति अङ्गीकार गर्नु आवश्यक त्यसैगरी , राज्यको व्यापक रुपान्तरणमा सार्वजनिक प्रशासनको सक्रिय सार्थक भूमिका रहने , व्यवसायिक सक्षमताका साथ नीतिनिर्माण कार्यान्वयनमा सक्रियरूपमा भूमिका निर्वाह गर्न सक्ने , रणनीतिक क्षमताको विकास गर्ने कार्ययोजना तर्जुमागरी कार्यान्वयन गर्नु जरुरी

·       शासकीय व्यवस्थाको संरचनागत तहको रुपान्तरणका लागि बहुतहको सार्वजनिक प्रशासनको कार्यमूलक संरचनाको निर्माण , केन्द्रिय संरचनाले नीतिनिर्माण , समन्वय , अनुगमन मूल्याङ्कन गर्न नेतृत्वदायी भूमिका निर्वाह गर्न आवश्यक पर्ने अधिकार स्रोतसाधन मात्र केन्द्रित गरी राज्यतह स्थानीयतहलाई विकास निर्माणका काममा सक्रिय सक्षमरूपमा कार्य गर्न सक्ने . जनताका आधारभूत आवश्यकता पूरा गर्न सक्ने , प्रभावकारीरूपमा नागरिक सेवाप्रवाह गर्न सक्ने , आर्थिक विकासका सम्भावनाको पहिचान गरी उपलब्धिका लागि परिचालन गर्न सक्ने , अधिकार साधन स्रोतले सक्षम संरचनाको निर्माण सञ्चालन गर्न सक्ने गरी शासकीय तथा प्रशासनिक संरचनाको निर्माण गर्ने गरी सुधारकायोजना कार्यान्वयन गर्नु आवश्यक

·       राज्य पुनःसंरचनाको उद्देश्य प्राप्तिका लागि सार्वजनिक प्रशासन विधिगत पद्धतिगतरूपमा सुदृढ सक्षम हुनु जरुरी राज्य पुनःसंरचनाले अपेक्षा गरेको आर्थिक तथा सामाजिक रुपान्तरणका लागि कारोबारी तथा तत्कालको आवश्यकता पूरा गर्नेभन्दा रुपान्तरणीय नेतृत्व क्षमता राजनीतिक तथा प्रशासनिक क्षेत्रमा विकास गर्ने , पर्याप्त उपयुक्त कानुनी व्यवस्था , प्रशासनका प्रत्येक तहमा सहभागितामूलक पद्धतिको अवलम्बन , सक्षमतापूर्वक नागरिक सेवाप्रवाह गर्नसक्ने क्षमता विकास , अधिकारमा आधारित विकास पद्धतिको सञ्चालन , समानता सामाजिक न्यायको प्राप्तिका लागि आवश्यक विधि प्रक्रियाको निर्धारण , कार्यसम्पादन व्यवस्थापनको सुनिश्चितासहितको व्यवसायिकरूपमा सक्षम कर्मचारीतन्त्रको स्थापना , व्यापक सहकार्य साझेदारीका लागि प्रोत्साहनको व्यवस्था , सार्वजनिक जिम्मेवारीका विषयमा पारदर्शिता उत्तरदायित्वको स्पष्ट व्यवस्था , नतिजामूलक व्यवस्थापनको कार्यान्वयन , मुलुकको विकासको प्राथमिकताका आधारमा साधन स्रोतको परिचालन गर्ने पद्धति निर्माण गरी शासनका सबै तहमा प्रभावकारिता हासिल हुने स्थिति निर्माण गर्नु कार्यनीतिक प्रभावकारिताका दृष्टिले उपयुक्त देखिन्छ

·       त्यसैगरी, मनोवैज्ञानिक संस्कारगत रुपान्तरणको प्राथमिक कार्यसूचीमा सार्वजनिक प्रशासनमा कार्यमूलक संस्कारको विकास , जनताको सम्मान गरी नागरिक सेवालाई आधारभूत मूल्यका रूपमा स्वीकार गर्ने प्रवृत्तिको विकास , भ्रष्टाचारजन्य कार्यविरुद्ध शून्य सहनशीलताको अवस्था सिर्जना , उत्तरदायित्व वहन गर्ने संस्कारको विकास , प्रतिस्पर्धात्मक क्षमता विकास , सहकार्य साझेदारीको संस्कृति निर्माण , सेवाप्रवाह गर्ने निकायलाई पर्याप्त अधिकार स्रोतसाधन प्रदत्त गर्ने संस्कारको विकास गर्ने मनोवैज्ञानिक सुदृढताको विकास जस्ता परिवर्तन मुख्यरूपमा पर्दछन्

 

प्रतापकुमार पाठक: लेखक नेपाल सरकारका पूर्वसचिव हुनुहुन्छ







Post a Comment

0 Comments