सार्वजनिक सेबामा प्रबेश गर्न चाहनेहरुलाई हाद्धिक स्वागत छ । समसामयिक बिषय/hot-posts

मानव विकास- पृष्ठभूमि-परिचय तथा परिभाषा- अवधारणा/मान्यताहरुः

मानव विकास                                                                                                                             

पृष्ठभूमि

                                                                                                                                लेखक; बलराम थापा

मानव विकासलाई कुनै व्यक्तिको जन्मदेखि मृत्युपर्यन्त हुने शारीरिक परिवर्तनलाई र समृद्ध जीवनयापनको लागि आवश्कयक पर्ने आर्थिक, सामाजिक, राजनैतिक, साँस्कृतिक तथा वातावरणीय तत्वहरुमा हुुने बृद्धि गरी दुई रुपमा बुझ्न सकिन्छ । पहिलो पक्षले व्यक्तिको मानवशास्त्रीय तथा समाजशास्त्रीय र मनोवैज्ञानिक आयामलाई समेट्ने तथा दोस्रो पक्षले मानव जीवनको समष्टिगत समृद्धिलाई जनाउने भएकोले यहाँ मानव विकासको पछिल्लो पक्षको मात्र चर्चा÷विश्लेषण गरिएको छ । विकासको कुनै एक पक्षले मात्र मानव विकासको समग्र अवस्था दर्शाउँदैन । व्यक्तिको आर्थिक अवस्था, शिक्षा तथा चेतनाको स्तर, दीर्घ एवं स्वस्थ जीवनयापन गर्न सक्ने अवस्थाको रुपमा मानव विकासलाई परिभाषित गर्ने गरिन्छ । आधारभूत आवश्यकता परिपूर्ति, आर्थिक बृद्धि तथा व्यक्तिको आम्दानीमा बढोत्तरीले मानव विकासको अवस्था नजनाई मानव विकासका साधनको रुपमा काम गर्दछन् भन्ने अवधारणाको विकास पश्चात विकासमा मानव विकासको धारणाले महत्व पाउन थालेको हो । 


परिचय तथा परिभाषा

मानवीय जीवनमा हुने सकरात्मक बृद्धि र परिवर्तन नै मानव विकास हो । तर यस्तो परिवर्तन व्यक्तिगत र सामुहिक दुवै रुपमा हुुनुपर्दछ । मानव विकासको अवधारणाले विकासका आर्थिक, सामाजिक, राजनैतिक, साँस्कृतिक तथा वातावरणीय सबै आयामहरुलाई समेट्दछ । स्वतन्त्र र सम्मानपूर्वक जीवन यापन गर्नको लागि व्यक्ति तथा समुदायको छनोटको अवसर फराकिलो पार्नुपर्ने यसको प्रमुख मान्यता हो । यसले विकासका हरेक पक्षहरुलाई मानवीय आवश्यकता, त्यसको परिपूर्ति र सम्बृद्धिसँग तादात्म्य गरी गर्नुपर्ने मान्यता राखेको छ । त्यसैले यसलाई मानव केन्द्रित विकास पनि भन्न सकिन्छ । विकासलाई पहिले आर्थिक बृद्धि, प्रतिव्यक्ति आम्दानी र आधारभूत आवश्यकता परिपूर्ति जस्ता अवधारणाको आधारमा व्याख्या गर्ने गरिन्थ्यो । सन १९९० मा विकास भएको यस अवधारणापछि मात्र विकासलाई मानवसँग जोडेर उसको सर्वपक्षीय विकाससँग आबद्ध गर्न थालिएको पाइन्छ । 


मानव विकास अवधारणाका प्रवर्तक पाकिस्तानी अर्थशास्त्री महबुब उल हक हुन् । तापनि यो अवधारणा प्रसिद्ध अर्थशास्त्री अमत्र्य सेनको विकासको लागि मानवीय क्षमता र छनोट गर्ने सक्षमता अभिबृद्धि गर्नुपर्ने मान्यतामा आधारित रहेको छ । यस अवधारणालाई संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रमको स्थापना र मानव विकास सूचकांकको प्रकाशनले मूर्तता दिएको मानिन्छ । मानवीय विकासको लागि साक्षरता, प्रतिव्यक्ति आम्दानी र औषत आयुको आधारमा मापन गर्न सकिने धारणा मानव विकास सूचकांकले लिएको छ ।


प्रथम मानव विकास प्रतिवेदन १९९० मा मानव विकासलाई Human development is a process of enlarging people's choices. In principle, these choices can be infinite and can change over time.... but the three essential ones are for the people to lead a long and healthy life, to acquire knowledge and to have access to resources needed for a decent standard of living. If these essential choices are not avaiable, many other opportunities remain inaccessible. भनी परिभाषित गरेको छ । यस परिभाषाले मानव विकासलाई स्वस्थ एवं दीर्घ जीवन, शिक्षा÷ज्ञानको प्राप्ती र साधनहरुमाथिको पहुँचद्वारा सम्मानजनक जीवनयापन आवश्यक पर्ने कुरा उल्लेख गरेको छ । साथै, यी तीन अवसर उपलब्ध हुन नसकेमा छनोटका अन्य अवसरहरु पनि पहुँचयोग्य हुन सक्दैनन् भन्ने कुरा समेत उल्लेख गरेको छ ।


आर्थिक बृद्धि र प्रतिव्यक्ति आम्दानीमा भएको बृद्धिले मात्र हरेक व्यक्तिलाई गरिबीबाट मुक्त गर्न, रोजगारी उपलब्ध गराउन, व्यक्तिको जीवनशैलीमा सुधार गर्न, राम्रो शिक्षा तथा स्वास्थ्य सेवा प्राप्त गर्न, राम्रो वातावरणीय अवस्था कायम राख्न, सबैलाई समान अवसर उपलब्ध गराउन, शान्ति र सुरक्षा कायम गर्न सकेन । यी पक्षहरुमा सुधारको लागि मानवको सर्वाङ्गीण विकास हुनु आवश्यक ठानियो । मानव विकासको अवधारणाले यी सबै विषयहरुलाई आत्मसात गरेको छ । त्यसैले मानव विकास विकासको समष्टीगत धारणा समेत हो भन्न सकिन्छ । 


मानव विकासको अवधारणाका मान्यताहरुः

मानव विकासको अवधारणा निम्नानुसारका मान्यतामा आधारित रहेको छ ।

ड्ड भौगोलिक सुरक्षामा भन्दा मानवीय सुरक्षामा केन्द्रित हुन्छ ।

ड्ड विश्वभरका व्यक्तिहरुमा ध्यान दिन्छ, कुनै देशका नागरिकमा मात्र होइन ।

ड्ड सैनिक शक्तिबाट नभई विकास मार्फत शान्ति सुरक्षा कायम गर्नुे मान्यता राखेको छ ।

ड्ड विकासका लागि सहकार्य विश्वव्यापी गरिबी घटाउन केन्द्रित गर्नुपर्ने मान्यता राखेको छ ।

ड्ड अन्तर्राष्ट्रिय मुद्रा कोष र विश्व बैंकको पुनर्मूल्यांकन गरी सहायता प्रदान गर्ने संस्थाको रुपमा भन्दा विश्व विकास संस्थाको रुपमा विकास गर्नुपर्ने मान्यता राखेको छ ।

लेखक बलराम थापा बौद्धिक संसार मासिक का सम्पादक हुन् 

Post a Comment

0 Comments