सार्वजनिक सेबामा प्रबेश गर्न चाहनेहरुलाई हाद्धिक स्वागत छ । समसामयिक बिषय/hot-posts

नमस्ते ब्याण्ड परिचय

 नमस्ते ब्याण्ड परिचय 

 

नेपाल राष्ट्र (हिमालय), गोर्खाली, नेपालीको चिनारी, नेपाली पहिचान तथा नेपाली सङ्गीत, कला, साहित्य, भाषा र संस्कृति पर्यटन प्रवर्धन सम्वर्धन तथा अन्तर्राष्ट्रियस्तरमा संस्कृतिको आदन प्रदान साथै संगितकर्मीहरुको एकता सद्भाव मित्रता र भाईचारा बढाउने उद्देश्यले १९८९ मा नेपाली तथा जापानिज समुदायका सदस्यहरु मिलेर (नेपाल र जापानमा) स्थापना भएको  हो ।


नमस्ते व्याण्डले नेपालमा मात्रै नभएर विश्वमा नै एक अमिट छाप छोड्न सफल रहेको छ । 


जापानबाट नै पहिलो पटक नेपालको पहिलो गीति सिडी एल्वम् (एकता) राष्ट्रिय तथा अन्तराष्ट्रिय बजारमा (जापानबाट) उत्पादन तथा विक्रि वितरण गरि नेपालको पहिलो व्याण्डको रुपमा परिचित भएको 


नेपालमै पहिलोपटक उच्च प्रविधिक उपकरणद्वारा डिजीटल रेकर्डीङ्ग स्थापना गरी नमस्ते कल्चरल स्टुडियो संचालन गरेर । 


थुप्रै प्रकारका साङगीतिक कोसेलीहरु प्रस्तुत गरिसकेको ।


सामाजिक संघ संस्थाहरुको सहयोगार्थ निशुल्क सेवा (व्याण्डको शो) प्रदान गर्दै आएको ।


नेपाल राज्यमै पहिलो पटक खुल्ला आकाशमा मैदानमा लाइभ कन्सर्टको शुरुवात गरको ।


भिजिट नेपाल १९९८ को अवसरमा विश्वको अग्लो स्थानमा वर्ल्ड हाईयेष्ट पिस कन्सर्ट गरेर गिनिज वर्ल्ड नोमिनेशन) नै रच्न व्याण्ड सफल भएको ।


पर्यटन वर्ष १९९८ को अवसरमा नेपालमा नै पहिलो पटक ३० दिनमा २९ प्रमुख शहरहरुमा मेची महाकाली सङ्गीत यात्रा सन्देश) गरेको ।


रेडियो नेपाल , राष्ट्रिय पुस्तकालय र साधना कला केन्द्रको संयुक्त आयोजनामा हुने , राष्ट्रिय गित प्रतियोगिता २०५२ मा अब एक हुनुपर्छ भन्ने बोलको गीतले सर्वोत्कृष्ट संगीत पुरस्कार ।  


२०५६ मा शान्ति बोल गीतले गायन , रचना र संगति गरी तिनै वटै विधामा प्रथम पुरस्कार पाएको । 


नेपालमा विद्यालय तहको स्वास्थ तथा शारिरिक शिक्षा अर्न्तरगत अतिरिक्त क्रियाकलापको पाठ्यक्रममा नमस्ते ब्यायम स्थापना भएको । 

नेपाली संगीतको विकासको साथै यसलाई सम्वर्धन र प्रवर्धन साथै कल्चरल एक्सचेन्ज गर्न एकै थलोमा विभिन्न विधाका थुप्रै साङ्गितिक समूहहरु (स्वदेशी तथा विदेशी) लाई जमघट गराई महाशिवरात्री विश्व सङ्गित महोत्सव लगातर रुपमा सम्पन्न गर्दै आएको । 




नेपाली सङ्गीतको इतिहासमा पहिलो पटक विभिन्न अन्तराष्ट्रिय टि भी च्यानलहरुले एन.एच के , के.वि.सी , योङ्ग एसिया टेलिभिजन द्वारा डकुमेन्ट्रि छायांकन गरेको र विविसी , सिएनएन , आजतक र नेशनल टेलिभिजनहरुले न्यूज बनाएको प्रसारण गरेको । 

 


किताबहरु प्रकाशन भएका ।   


तत्कालिन राज्य व्यवस्थाबाट उच्च प्रशंसा गर्दै विरेन्द्र भाष्कर र गोरखा दक्षिणबाहुवाट सम्मानित भएको ।



विगतका प्रत्येक वर्ष काठमाण्डौ र पोखरामा हुने महाशिवरात्रि विश्व संगीत महोत्सव घोषणा वमोजिम गर्दै आएको ।


सशस्त्र द्वन्दको कारणबाट बन्द भएको (१९९४ मा स्थापना भएको) नमस्ते कल्चर स्टुडियो पुनःआफ्नै भवन सहित अझ उच्च प्रविधि , उपकरण र दक्ष प्रशिक्षकहरुद्वारा प्रशिक्षण र साङ्गितिक महाविद्यालय तहको उच्च शिक्षाको लागि नमस्ते सागितिक प्रतिष्ठान संचालनमा आउने प्रक्रियामा रहेको 


ब्याण्ड संयोजकः ईश्वर गुरुङ कास्की पोखराका रहेका (नमस्ते व्याण्ड)




Post a Comment

0 Comments