सार्वजनिक सेबामा प्रबेश गर्न चाहनेहरुलाई हाद्धिक स्वागत छ । समसामयिक बिषय/hot-posts

बौद्धिक सम्पत्ति Intellectual Property

आर्थिक कुटनीति र अन्तर्राष्ट्रिय सहायता परिचालन

बौद्धिक सम्पत्ति Intellectual Property

NDUSTRIAL PROPERTY

  • ·         Invention
  • ·         Patents
  • ·         Trade Marks
  • ·         Industrial Design
  • ·         Geographical Indications of Sources.
  •  
  • Copyright ©

  • ·         Literacy Works
  • ·         Artistic Works:- Such as novels , poems and plays , films , musical works , artistic works ; works such as drawings , painting , photographs , sculptures , architectural designs.

 

(क) औद्योगिक सम्पत्ति (Industrial Property)

(ख) प्रतिलिपि अधिकार (Copy Rights©)

(ग) व्यापारिक गोप्यता / चिन्ह (Trademarks / Secrets)

(घ) एकीकृत सर्किट (Integrated Circuit)

(ङ) भौगोलिक उत्पत्तिको सङ्केत (Geographical Indication)

 

औद्योगिक सम्पत्तिअन्तर्गत पेटेन्ट , औद्योगिक ढाँचा ( Design ) , ट्रेडमार्क आदि पर्दछन् । प्रतिलिपि अधिकारमा कुनै लिपिबद्ध गरिएको सिर्जना वा लेखनको स्वरूप पर्दछ । यद्यपी यसमा ध्वनीजन्य र साङ्केतिक अधिव्यक्तिहरू पनि पर्ने गर्दछन् । व्यापारिक गोप्यता भनेको उद्योग र व्यवसायमा प्रयोग गरिने सुत्रहरू प्रयोग गरिने प्रविधिहरू , आर्थिक / व्यापारिक अमूल्य सूचनाहरू आदि व्यवसायिक दृष्टिले गोप्य राख्नुपर्ने सूचनाहरू पर्दछन् ।

 

एकीकृत सर्किट अन्तर्गत त्यस्तो अन्तिम उत्पादन पर्दछ जसमा धेरै तत्वहरूको आपसी समन्वय र घनीभूत प्रक्रियात्मक संयोग गराइएको हुन्छ र विद्युतीयसंयन्त्र र प्रविधिमार्फत् कार्य सञ्चालन भएको हुन्छ । यी सबैको एकीकृत संयोजनले मात्र त्यसले काम गर्न सक्दछ । जस्तो कम्प्यूटर यसको राम्रो उदाहरण हुन सक्दछ किन कि यसमा धेरै विद्युतीयसूत्र र कार्यप्रणालीद्वारा संयुक्तरूपमा कार्य सञ्चालन भएको हुन्छ । यस्ता उपायहरूलाई एकीकृत सर्किट भनिन्छ । भौगोलिक उत्पतिको सङ्केत भनेको भौगोलिक नामको आधारमा कुनै पहिचान कायम गर्ने निश्चित गुण र विशेषता जनाउने चिन्हहरू हुन्छन् ।

 

बौद्धिक सम्पत्तिको परिवर्तित अवधारणा :

वर्तमान अवस्थामा बौद्धिक सम्पत्तिको क्षेत्रमा अवधारणात्मक परिवर्तन आइरहेको देखिन्छ । वर्तमान अवस्थामा यस अन्तर्गत निम्न कुराहरू समेत समावेश हुँदै आइरहेका छन्

  

परम्परागत ज्ञान (Traditional Acknowdgelement):- पिता पूर्खाहरूको पालदेखि पछ्याउँदै र अनुशरण गर्दै आएको रैथाने ज्ञान सीप र क्षमताहरू यसमा पर्दछन् । जस्तो स्वास्थोपचारका रैथाने अभ्यासहरू , स्थानीय समुदायहरूले अनुशरण गर्दै आएका खेती प्रणालीहरू , स्थानीय वासिन्दाहरूको पुखदेखिको प्रविधिगत ज्ञान आदि यस अन्तर्गत पर्दछन् ।


परम्परागत सांस्कृतिक प्रस्तुतिहरू (Traditional Cultural Presentation):- विभिन्न स्थानीय रैथाने समुदायहरूले आफ्ना चार्डपर्व र सांस्कृतिक अवसरहरूमा प्रस्तुत गर्ने अभिव्यक्तिलाई यस अन्तर्गत राख्ने गरिन्छ । कथा , कहानी , गाथा , श्रुतिपरम्पराहरू यस अन्तर्गत पर्दछन् ।

 

जैविक उत्पतिका स्रोतहरू (Natural Resources):- कुनै स्थान विशेषको जलवायु माटो र वातावरणसँग सम्बन्धित विषयहरू यस अन्तर्गत पर्दछन् । (

 

५.२ बौद्धिक सम्पत्ति संरक्षणसँग सम्बन्धित अन्तर्राष्ट्रिय संघ सङ्गठन र अभ्यासहरू

 

१. WIPO को स्थापना विश्व बौद्धिक सम्पत्ति संरक्षण ( WIPO ) को प्रमुख कार्य विश्वमा बौद्धिक सम्पत्ति संरक्षणलाई प्रवर्द्धन गर्नु रहेको छ साथै , यसले विश्वमा बौद्धिक सम्पत्तिका विविध विषयहरूमा आवश्यक पर्ने कानुनी र प्रशासनिक कार्यहरू समेत गर्दछ । विश्व बौद्धिक सम्पत्ति सङ्गठनको स्थापना १ ९ ७० मा भएको हो । १ ९ ७४ मा यो संयुक्त राष्ट्र संघको विशष्टीकृत ऐजेन्सी बनेको हो । हाल यसका सदस्य देशहरू १४८ छन् भने प्रधान कार्यालय स्विट्जरलैण्डको जेनेभामा रहेको छा

 

२. WTO को स्थापना विश्व व्यापार सङ्गठन ( WTO ) अन्तर्गत बौद्धिक अधिकारसम्बन्धी कुराहरूको संरक्षण गर्ने सम्मेलन भनेको Trade Related Intelectual Property Rights ( TRIPS ) हो । १ ९९ ५ मा GATT लाई WTO मा परिवर्तन गरी यसको कार्यक्षेत्र विस्तार गरिएको हो । विश्व व्यापार सङ्गठनको मूलतः तीनवटा सम्झौताका दस्तावेजहरूले तीनवटा प्रमुख कार्य छुट्याएका छन्

 

(क) वस्तुको व्यापारसँग सम्बन्धित सम्झौता (GATT)

(ख) सेवाको व्यापारसँग सम्बन्धित सम्झौता (GATS)

(ग) बौद्धिक सम्पत्तिको सुरक्षासम्बन्धी सम्झौता (TRIPS)

 

TRIPS का Contents हरू निम्न बमोजिम छन्ः

() Copy rights and Related Rights

() Trademarks

() Patent

() Industrial Design

() Topographic of Integrated Circuits

() Undisclosed Information

() Control of Anti - competitive Practices

हाल बौद्धिक सम्पत्तिको संरक्षण गर्ने सन्दर्भमा विश्व व्यापार सङ्गठन ठूलो निकायको रूपमा देखा परिरहेको व्यापारको आयतन स्वरूपमा परिवर्तन हुँदै जाँदा बौद्धिक सम्पत्तिको संरक्षण पनि साथसाथै गर्दै जानुपर्ने भएकोले विश्व व्यापार सङ्गठनको TRIPS सम्झौताको महत्व बढ्दै गइरहेको

 

. पेरिस महासन्धिः सन् १८८३ मा पेरिसमा भएको यस महासन्धि औद्योगिक सम्पत्ति ( Industrial Property ) को संरक्षण गर्ने विषयसँग सम्बन्धित रहेको यस महासन्धिमा भएका व्यवस्थाहरूलाई मूलतः ( ) National Treatment , ( ) Right of Priority ( ) Common Rules गरी तीन भागमा बाड्न सकिन्छ यस महासन्धिमा समय सापेक्ष सुधार गर्दै आइरहेको देखिन्छ

 

. वर्न महासन्धिः स्वीट्जरलैण्डको वर्नमा भएको यो महासन्धि भने साहित्यिक कलात्मक कार्यहरूको संरक्षण गर्ने कुराहरूसँग सम्बन्धित रहेको यो महासन्धि सन् १८८६ मा भएको हो यसमा साहित्यिक कलात्मक सिर्जनाहरूलाई संरक्षण गर्ने कुराहरूको व्यवस्था गरिएको

यो महासन्धि पुरानो भएता पनि समसामयिक संशोधन गरिँदै आइरहेको पाइन्छ

 

. Madrid Agreement and Protocol:-  यो व्यापार चिन्ह दर्ता गर्ने त्यसको संरक्षण कुरासँग सम्बन्धित विषय हो सन् १८ देखि अन्तर्राष्ट्रिय व्यापार चिन्ह दर्ता गर्ने अभ्यास भएकोले पनि यसको महत्व देखिन्छ यसलाई मेड्रिड सिस्टमा मात्र पनि भनिन्छ यसले मेड्रिड सम्झौता , १८ मेड्रिड प्रोटोकल अनुसार कार्य गर्दै आएको यसको प्रशासन WIPO को अन्तर्राष्ट्रिय व्यूरोले गर्ने गर्दछ

 

. Lisbon Agreement and Protocol:- यो प्रोटोकल नामको उत्पतिको संरक्षण ( Protection of Applelation of Origins - AOS ) गर्ने विषयसँग सम्बन्धित नामको उत्पतिको ( Acs ) संरक्षण एकल सूचना ( Single notification ) दर्ता प्रक्रियामार्फत गर्ने गरिन्छ

 

. नेपालमा बौद्धिक सम्पत्तिको प्रशासन गर्ने नियामक संस्था ऐनहरू

नेपालमा बौद्धिक सम्पत्तिको प्रशासन दुईवटा विभागीय सङ्गठनहरूले गर्ने गर्दछन् उद्योग विभागले पेटेन्ट , डिजाइन तथा ट्रेडमार्क ऐन , २०२२ को कार्यान्वयन गर्दै नियमनसम्बन्धी कार्य गर्दछ भने प्रतिलिपि अधिकार रजिष्ट्रारको कार्यालयले कलात्मक रचनात्मक बौद्धिक सम्पत्तिको संरक्षण गर्नेतर्फ नियमन गर्दछ प्रतिलिपि अधिकार रजिष्ट्रारको कार्यालयले प्रतिलिपी अधिकार ऐन २०५ प्रयोग गर्दै नियमनकारी कार्य गर्दछ कलाकार रचनाकारका मौलिक , साहित्यिक , सङ्गीत , कला तथा सञ्चार क्षेत्रसँग सम्बन्धित रचनाहरूको उत्पादनलाई संरक्षण गर्दछ यिनको विस्तृत विवेचना निम्नानुसार गरिएको

 

.. उद्योग विभाग पेटेन्ट , डिजाइन , ट्रेडमार्क ऐन , २०२२

नेपालमा निकै अगाडि वि.सं. ९९ सालमा पेटेन्ट , डिजाइन ट्रेडमार्कसम्बन्धी कानुन लागू गरिएको थियो पछि वि.सं. २०२२ सालमा पेटेन्ट , डिजाइन ट्रेडमार्कसम्बन्धी ऐन ल्याइएको हो यस ऐनले पेटेन्ट , डिजाइन ट्रेडमार्कको परिभाषा गरेको यसअनुसार पेटेन्ट भन्नाले कुनै पदार्थ वा पदार्थ समूहको बनावट सञ्चालन वा प्रसारको नयाँ उपाय वा तरिकासम्बन्धी वा कुनै नयाँ सिद्धान्त वा फर्मुलाद्वारा पत्ता लगाइएको कुनै उपयोगी आविष्कार सम्झनु पर्दछ भनिएको डिजाइन भन्नाले कुनै प्रकारले तयार गरी बनाइएको वस्तुको छाँट रूप वा आकार सम्झनु पर्दछ भनिएको

यसै ऐनअनुसार ट्रेडमार्क भन्नाले कुनै फर्म कम्पनी वा व्यक्तिले आफ्नो उत्पादित मालसामान वा आफूले प्रदान गर्ने सेवालाई अरुको मालसामान वा सेवाबाट फरक देखाउन प्रयोग गरिने शब्द , चिन्ह वा चित्र वा शब्द , चिन्ह चित्र दुवैको संयोग सम्झनु पर्दछ भनिएको यस ऐनले पेटेन्टउपर अधिकार प्राप्त गर्न चाहनेले दर्ता गराउनुपर्ने व्यवस्था गरेको अरुले पहिले नै लिइसकेको पेटेन्ट दर्ता गर्न नसकिने व्यवस्था पनि यस ऐनमा पेटेन्टको दर्ता गरिने सो दर्ता भएको पेटेन्ट राष्ट्रिय हितको दृष्टिबाट गोप्य राख्नु पर्नेमा बाहेक अन्यमा सर्वसाधारणको लागि प्रकाशन गर्नु पर्ने व्यवस्था पनि यस ऐनमा रहेको नवीकरण गराएकोमा बाहेक पेटेन्टको अवधि वर्षसम्म मात्र रहने , आफ्नो नाममा दर्ता भएको पेटेन्ट अन्यलाई हस्तान्तरण गरेमा दर्तावालाको नाम दाखिला खारेज हुने , दर्ता भएको पेटेन्टको एकप्रति नमूना राष्ट्रिय अभिलेखालयलाई दिनुपर्ने आदि व्यवस्थाहरू यसमा समेटिएका छन् डिजाइनमा हक प्राप्त गर्न पनि यस ऐनले दर्ता गराउनु पर्ने व्यवस्था गरेको सो दर्ता गराउन उद्योग विभागमा दरखास्त दिनु पर्ने , विभागले दर्ता गरिदिने , डिजाइनको अवधि नवीकरण नगरेको अवस्थामा वर्षसम्म मात्र डिजाइनवालाको हक कायम हुने आदि व्यवस्था यसमा रहेका छन् ट्रेडमार्कको हकमा पनि विभागमा दर्ता गराउनु पर्ने , दर्ता नगराई ट्रेडमार्क प्रयोग गर्न नपाइने , नवीकरण नगरेमा वर्षपछि ट्रेडमार्कवालाको हक कायम नहुने , आदि व्यवस्थाहरू यस ऐनमा समेटिएको

यसप्रकार नेपालको वर्तमान कानुनी व्यवस्थामा पेटेन्ट , ट्रेडमार्क डिजाइनको यस ऐनले तीन अलग - अलग परिच्छेदमा व्यवस्था गरेको

 

.. प्रतिलिपि अधिकार रजिष्ट्रारको कार्यालय प्रतिलिपि अधिकार ऐन, २०६९

कलाकार रचनाकारका मौलिक , साहित्य , सङ्गीत , कला तथा सञ्चार क्षेत्रसँग सम्बन्धित रचनाहरूको उत्पादनलाई संरक्षण गर्ने प्रमुख उद्देश्य राखी यो कार्यालयको स्थापना २०६१ सालमा भएको हो प्रतिलिपी अधिकार ऐन , २०५ सोको नियमावली , २०६१ अन्तर्गत यस कार्यालयले उपरोक्त कार्य गर्दछ नेपालमा प्रतिलिपि अधिकारसम्बन्धी कानुन विसं .२०२२ सालमा लागू भएको थियो तर यो ऐन पछिल्लो समयमा विकसित अन्तर्राष्ट्रिय पद्धति मापदण्ड अनुकूल नभएकोले समयानुकूल बनाउन नयाँ प्रतिलिपि अधिकार ऐन , २०५९ ल्याइएको हो प्रमुखरूपमा प्रतिलिपि अधिकार रजिष्टारको कार्यालयले देहायका कार्यहरू गर्दछ

 

() रचना, ध्वनिअङ्कन , प्रस्तुति वा प्रसारणसम्बन्धी प्रतिलिपि अधिकारको दर्ता गरीत्यसको विवरण अध्यावधिक गराई राख्ने ,

() मानव मष्तिष्कबाट सृजित रचना तथा सिर्जनामा प्रतिलिपि अधिकारको संरक्षण सर्जकहरूको आर्थिक तथा नैतिक अधिकारको संरक्षणका क्षेत्रमा जनचेतना अभिवृद्धि गराउन आवश्यक कार्यक्रमहरू सञ्चालन गर्ने

() प्रतिलिपि अधिकारको संरक्षणमा सहजकर्ताको भूमिका निर्वाह गर्ने ,

 

() रोयल्टी सङ्कलन संस्थाको स्थापनामा सहयोग गर्ने , त्यस्तो संस्थाको रेखदेख नियन्त्रण गर्ने , त्यस्ता संस्थाले निर्धारण गरेको रोयल्टी वितरणसम्बन्धी मापदण्ड तयार गर्न सहयोग पुऱ्याउने त्यस्तो संस्थाद्वारा निर्धारित रोयल्टीमा कुनै पक्षको चित्त नबुझेमा उजुरी सुन्ने

 

() प्रतिलिपि अधिकार धनीहरू , प्रतिलिपि अधिकारयुक्त वस्तुका प्रयोगकर्ताहरू प्रतिलिपि अधिकारको क्षेत्रमा काम गर्ने संस्थाहरू कार्यान्वयन गर्ने निकायहरूका बीच समन्वय गरी सहभागितामूलक रूपमा जनचेतना अभिवृद्धि एवं प्रचार प्रसार कार्यक्रम सञ्चालन गर्ने

() प्रतिलिपि अधिकार तत्सम्बन्धी अधिकारसित सम्बन्धित अन्तर्राष्ट्रिय सन्धि सम्झौताको नेपाल पक्ष हुने सम्बन्धमा काम गर्ने , विश्व बौद्धिक सम्पत्ति सङ्गठन एवं प्रतिलिपि अधिकारसित सम्बन्धित स्वदेशी तथा विदेशी संघ संस्थासँग सम्पर्क एवं समन्वयको काम गर्ने आदि

 

स्मरणीय , प्रतिलिपि अधिकारले मानिसले गरेका रचना वा अभिव्यक्तिको संरक्षण गर्दछ त्यस्तो रचना वा अभिव्यक्ति मौलिक हुनुपर्दछ मूर्त अर्थात् सादृश्य रूप (Tangible Form) मा प्रस्तुत गरिएको हुनु पर्दछा तर पनि प्रलिलिपि अधिकारले त्यस्तो रचना वा प्रस्तुति गुणस्तरीय उपयोगी वा मूल्यवान हुनु पर्दछ भन्ने आग्रह राख्दैना प्रतिलिपि अधिकार स्वतः प्राप्त हुन्छ , दर्ता वा अन्य कुनै औपचारिकता पूरा गर्नु पर्दैना आफ्नो प्रतिलिपि अधिकार सङ्केत गर्न चिन्ह प्रयोग गर्ने पनि चलन तर धेरै मुलुकहरूमा सार्वजनिक अभिलेखको लागि तथा प्रमाण पुऱ्याउन सजिलोको लागि स्वेच्छिकरूपमा दर्ता गराउन सकिने व्यवस्था गरिएको पाइन्छ नेपालमा पनि यस्तो व्यवस्था गरिएको

 

प्रतिलिपि अधिकारअन्तर्गत रचयितालाई विभिन्न खाले एकमुष्ट अधिकार ( Boundle of Rights ) प्राप्त हुन्छ यस्ता अधिकारमा केहीमा रचनाकारलाई सर्वाधिक अधिकार ( Exclusive Rights ) प्राप्त हुन्छ भने केहीमा प्रतिलिपि अधिकार धनीलाई लाभांश पाउने ( Remuneration ) अधिकार मात्र हुन्छ बर्न महासन्धिअनुसार प्रतिलिपि अधिकार निम्न दुई किसिमका हुन्छन्

 

() आर्थिक अधिकार (Economic Rights) () नैतिक अधिकार (Moral Rights) •

 

आफ्नो रचना उपरको आर्थिक अधिकारअन्तर्गत धेरै कुराहरूमा रचनाकारलाई सर्वाधिकार ( Exclusive Rights ) हुन्छ जस्तै पुनः उत्पादन गर्ने , अनुवाद गर्ने , स्वरूप / शैली परिवर्तन गर्ने , प्रदर्शन वा प्रस्तुत गर्ने , वितरण गर्ने , प्रसारण गर्ने , सार्वजनिक सञ्चार गर्ने आदि सर्वाधिकार हुन्छ नैतिक अधिकारअन्तर्गत स्रष्टालाई आफ्नो रचनामा निम्नानुसार स्वामित्वसाइनो राख्ने अधिकार रहन्छ:

 

·         आफ्नो रचनामा वास्तविक वा छद्म नाम उल्लेख गर्न पाउने (Right of Paternity),

·         रचनाको ख्याति , सम्मान , प्रतिष्ठा कायम राख्ने (Right of Integrity)

 

वर्न महासन्धिले रचयिताको जीवनभर मृत्युपछि ५० वर्षसम्म प्रतिलिपि अधिकार संरक्षण गरिदिनु पर्ने न्यूनतम शर्त तोकेको कतिपय मुलुकहरूले योभन्दा बढी अवधि पनि संरक्षण हुने व्यवस्था गरेको पाइन्छन् तर कम भने गर्न हुँदैन कुनै रचना धेरै जनाले संयुक्तरूपमा तयार गरेको भए सबैभन्दा पछि मृत्यु हुने रचनाकारको मृत्युपछिको ५० वर्षसम्म प्रतिलिपि अधिकार कायम रहन्छ रचनाको आर्थिक अधिकार रचयिताको मृत्युपछि उसले इच्छाएको व्यक्ति वा हकवालामा सरेर जन्छ

 

अज्ञात रचनाकारको हकमा भने रचना प्रकाशित भएको मितिले ५० वर्ष प्रतिलिपि अधिकार सुरक्षित हुन्छ यदि रचनाकार ज्ञात हुन आएमा निजको जीवनभर मृत्युपछिको ५० वर्षसम्म अधिकार संरक्षण हुन्छ यसै गरेर कुनै रचनाको धनी व्यक्ति नभै संस्था भएमा प्रकाशित भएको मितिले ५० वर्षसम्म मात्र अधिकार रहन्छ कतिपय मुलुकहरूले रचनाकारको नैतिक अधिकार संरक्षणको कार्यकाललाई भने अवधि नतोक्ने गरेको पनि पाइन्छ

 

ध्यानयोग्य कुरा के भने प्रतिलिपि अधिकार धनीको स्वीकृति बिना पनि कुनै रचनाको प्रयोग गर्न पाउने विशेष व्यवस्था प्रतिलिपि अधिकार कानुनमा गरिएको पाइन्छ यसलाई असल नियतको सिद्धान्त ( Fair Use Principle ) भनिन्छ यसरी स्वतन्त्ररूपमा अरुको रचना प्रयोग गर्न सकिने अवस्था खास गरेर कुनै रचनाको सानो अंश उद्धरण गर्दा , पढाउने कामको लागि प्रयोग गर्दा , समाचार संप्रेषण गर्दा , संग्रह वा व्यक्तिगतरूपमा प्रयोग गर्दा , एकप्रति प्रतिलिपि बनाउँदा आदि पर्दछन्

 

आर्थिक कुटनीति र अन्तर्राष्ट्रिय सहायता परिचालन   बौद्धिक सम्पत्ति Intellectual Property   NDUSTRIAL PROPERTY  •	Invention •	Patents •	Trade Marks •	Industrial Design  •	Geographical Indications of Sources.   Copyright ©  •	Literacy Works  •	Artistic Works:- Such as novels , poems and plays , films , musical works , artistic works ; works such as drawings , painting , photographs , sculptures , architectural designs.  (क) औद्योगिक सम्पत्ति (Industrial Property) (ख) प्रतिलिपि अधिकार (Copy Rights©) (ग) व्यापारिक गोप्यता / चिन्ह (Trademarks / Secrets)  (घ) एकीकृत सर्किट (Integrated Circuit)  (ङ) भौगोलिक उत्पत्तिको सङ्केत (Geographical Indication)  औद्योगिक सम्पत्तिअन्तर्गत पेटेन्ट , औद्योगिक ढाँचा ( Design ) , ट्रेडमार्क आदि पर्दछन् । प्रतिलिपि अधिकारमा कुनै लिपिबद्ध गरिएको सिर्जना वा लेखनको स्वरूप पर्दछ । यद्यपी यसमा ध्वनीजन्य र साङ्केतिक अधिव्यक्तिहरू पनि पर्ने गर्दछन् । व्यापारिक गोप्यता भनेको उद्योग र व्यवसायमा प्रयोग गरिने सुत्रहरू प्रयोग गरिने प्रविधिहरू , आर्थिक / व्यापारिक अमूल्य सूचनाहरू आदि व्यवसायिक दृष्टिले गोप्य राख्नुपर्ने सूचनाहरू पर्दछन् ।   एकीकृत सर्किट अन्तर्गत त्यस्तो अन्तिम उत्पादन पर्दछ जसमा धेरै तत्वहरूको आपसी समन्वय र घनीभूत प्रक्रियात्मक संयोग गराइएको हुन्छ र विद्युतीयसंयन्त्र र प्रविधिमार्फत् कार्य सञ्चालन भएको हुन्छ । यी सबैको एकीकृत संयोजनले मात्र त्यसले काम गर्न सक्दछ । जस्तो कम्प्यूटर यसको राम्रो उदाहरण हुन सक्दछ किन कि यसमा धेरै विद्युतीयसूत्र र कार्यप्रणालीद्वारा संयुक्तरूपमा कार्य सञ्चालन भएको हुन्छ । यस्ता उपायहरूलाई एकीकृत सर्किट भनिन्छ । भौगोलिक उत्पतिको सङ्केत भनेको भौगोलिक नामको आधारमा कुनै पहिचान कायम गर्ने निश्चित गुण र विशेषता जनाउने चिन्हहरू हुन्छन् ।   बौद्धिक सम्पत्तिको परिवर्तित अवधारणा :  वर्तमान अवस्थामा बौद्धिक सम्पत्तिको क्षेत्रमा अवधारणात्मक परिवर्तन आइरहेको देखिन्छ । वर्तमान अवस्थामा यस अन्तर्गत निम्न कुराहरू समेत समावेश हुँदै आइरहेका छन्    परम्परागत ज्ञान (Traditional Acknowdgelement):- पिता पूर्खाहरूको पालदेखि पछ्याउँदै र अनुशरण गर्दै आएको रैथाने ज्ञान सीप र क्षमताहरू यसमा पर्दछन् । जस्तो स्वास्थोपचारका रैथाने अभ्यासहरू , स्थानीय समुदायहरूले अनुशरण गर्दै आएका खेती प्रणालीहरू , स्थानीय वासिन्दाहरूको पुखदेखिको प्रविधिगत ज्ञान आदि यस अन्तर्गत पर्दछन् ।   परम्परागत सांस्कृतिक प्रस्तुतिहरू (Traditional Cultural Presentation):- विभिन्न स्थानीय रैथाने समुदायहरूले आफ्ना चार्डपर्व र सांस्कृतिक अवसरहरूमा प्रस्तुत गर्ने अभिव्यक्तिलाई यस अन्तर्गत राख्ने गरिन्छ । कथा , कहानी , गाथा , श्रुतिपरम्पराहरू यस अन्तर्गत पर्दछन् ।   जैविक उत्पतिका स्रोतहरू (Natural Resources):- कुनै स्थान विशेषको जलवायु माटो र वातावरणसँग सम्बन्धित विषयहरू यस अन्तर्गत पर्दछन् । (  ५.२ बौद्धिक सम्पत्ति संरक्षणसँग सम्बन्धित अन्तर्राष्ट्रिय संघ सङ्गठन र अभ्यासहरू   १. WIPO को स्थापना विश्व बौद्धिक सम्पत्ति संरक्षण ( WIPO ) को प्रमुख कार्य विश्वमा बौद्धिक सम्पत्ति संरक्षणलाई प्रवर्द्धन गर्नु रहेको छ साथै , यसले विश्वमा बौद्धिक सम्पत्तिका विविध विषयहरूमा आवश्यक पर्ने कानुनी र प्रशासनिक कार्यहरू समेत गर्दछ । विश्व बौद्धिक सम्पत्ति सङ्गठनको स्थापना १ ९ ७० मा भएको हो । १ ९ ७४ मा यो संयुक्त राष्ट्र संघको विशष्टीकृत ऐजेन्सी बनेको हो । हाल यसका सदस्य देशहरू १४८ छन् भने प्रधान कार्यालय स्विट्जरलैण्डको जेनेभामा रहेको छा   २. WTO को स्थापना विश्व व्यापार सङ्गठन ( WTO ) अन्तर्गत बौद्धिक अधिकारसम्बन्धी कुराहरूको संरक्षण गर्ने सम्मेलन भनेको Trade Related Intelectual Property Rights ( TRIPS ) हो । १ ९९ ५ मा GATT लाई WTO मा परिवर्तन गरी यसको कार्यक्षेत्र विस्तार गरिएको हो । विश्व व्यापार सङ्गठनको मूलतः तीनवटा सम्झौताका दस्तावेजहरूले तीनवटा प्रमुख कार्य छुट्याएका छन्   (क) वस्तुको व्यापारसँग सम्बन्धित सम्झौता (GATT)  (ख) सेवाको व्यापारसँग सम्बन्धित सम्झौता (GATS)  (ग) बौद्धिक सम्पत्तिको सुरक्षासम्बन्धी सम्झौता (TRIPS)  TRIPS का Contents हरू निम्न बमोजिम छन्ः  (१) Copy rights and Related Rights  (२) Trademarks  (३) Patent  (४) Industrial Design (५) Topographic of Integrated Circuits  (६) Undisclosed Information  (७) Control of Anti - competitive Practices  हाल बौद्धिक सम्पत्तिको संरक्षण गर्ने सन्दर्भमा विश्व व्यापार सङ्गठन ठूलो निकायको रूपमा देखा परिरहेको छ । व्यापारको आयतन र स्वरूपमा परिवर्तन हुँदै जाँदा बौद्धिक सम्पत्तिको संरक्षण पनि साथसाथै गर्दै जानुपर्ने भएकोले विश्व व्यापार सङ्गठनको TRIPS सम्झौताको महत्व बढ्दै गइरहेको छ ।   ३. पेरिस महासन्धिः सन् १८८३ मा पेरिसमा भएको यस महासन्धि औद्योगिक सम्पत्ति ( Industrial Property ) को संरक्षण गर्ने विषयसँग सम्बन्धित रहेको छ । यस महासन्धिमा भएका व्यवस्थाहरूलाई मूलतः ( १ ) National Treatment , ( २ ) Right of Priority र ( ३ ) Common Rules गरी तीन भागमा बाड्न सकिन्छ । यस महासन्धिमा समय सापेक्ष सुधार गर्दै आइरहेको देखिन्छ ।   ४. वर्न महासन्धिः स्वीट्जरलैण्डको वर्नमा भएको यो महासन्धि भने साहित्यिक र कलात्मक कार्यहरूको संरक्षण गर्ने कुराहरूसँग सम्बन्धित रहेको छ । यो महासन्धि सन् १८८६ मा भएको हो । यसमा साहित्यिक र कलात्मक सिर्जनाहरूलाई संरक्षण गर्ने कुराहरूको व्यवस्था गरिएको छ । यो महासन्धि पुरानो भएता पनि समसामयिक संशोधन गरिँदै आइरहेको पाइन्छ ।   ५. Madrid Agreement and Protocol:-  यो व्यापार चिन्ह दर्ता गर्ने र त्यसको संरक्षण कुरासँग सम्बन्धित विषय हो । सन् १८ ९ १ देखि अन्तर्राष्ट्रिय व्यापार चिन्ह दर्ता गर्ने अभ्यास भएकोले पनि यसको महत्व देखिन्छ । यसलाई मेड्रिड सिस्टमा मात्र पनि भनिन्छ । यसले मेड्रिड सम्झौता , १८ ९ १ र मेड्रिड प्रोटोकल १ ९ ८ ९ अनुसार कार्य गर्दै आएको छ । यसको प्रशासन WIPO को अन्तर्राष्ट्रिय व्यूरोले गर्ने गर्दछ ।   ६. Lisbon Agreement and Protocol:- यो प्रोटोकल नामको उत्पतिको संरक्षण ( Protection of Applelation of Origins - AOS ) गर्ने विषयसँग सम्बन्धित छ । नामको उत्पतिको ( Acs ) संरक्षण एकल सूचना ( Single notification ) र दर्ता प्रक्रियामार्फत गर्ने गरिन्छ ।   ५.३ नेपालमा बौद्धिक सम्पत्तिको प्रशासन गर्ने नियामक संस्था र ऐनहरू  नेपालमा बौद्धिक सम्पत्तिको प्रशासन दुईवटा विभागीय सङ्गठनहरूले गर्ने गर्दछन् । उद्योग विभागले पेटेन्ट , डिजाइन तथा ट्रेडमार्क ऐन , २०२२ को कार्यान्वयन गर्दै नियमनसम्बन्धी कार्य गर्दछ भने प्रतिलिपि अधिकार रजिष्ट्रारको कार्यालयले कलात्मक र रचनात्मक बौद्धिक सम्पत्तिको संरक्षण गर्नेतर्फ नियमन गर्दछ । प्रतिलिपि अधिकार रजिष्ट्रारको कार्यालयले प्रतिलिपी अधिकार ऐन २०५ ९ प्रयोग गर्दै नियमनकारी कार्य गर्दछ । कलाकार र रचनाकारका मौलिक , साहित्यिक , सङ्गीत , कला तथा सञ्चार क्षेत्रसँग सम्बन्धित रचनाहरूको उत्पादनलाई संरक्षण गर्दछ । यिनको विस्तृत विवेचना निम्नानुसार गरिएको छ ।   ५.३.१ उद्योग विभाग र पेटेन्ट , डिजाइन , ट्रेडमार्क ऐन , २०२२ नेपालमा निकै अगाडि वि.सं. १ ९९ ३ सालमा पेटेन्ट , डिजाइन र ट्रेडमार्कसम्बन्धी कानुन लागू गरिएको थियो । पछि वि.सं. २०२२ सालमा पेटेन्ट , डिजाइन र ट्रेडमार्कसम्बन्धी ऐन ल्याइएको हो । यस ऐनले पेटेन्ट , डिजाइन र ट्रेडमार्कको परिभाषा गरेको छ । यसअनुसार पेटेन्ट भन्नाले कुनै पदार्थ वा पदार्थ समूहको बनावट सञ्चालन वा प्रसारको नयाँ उपाय वा तरिकासम्बन्धी वा कुनै नयाँ सिद्धान्त वा फर्मुलाद्वारा पत्ता लगाइएको कुनै उपयोगी आविष्कार सम्झनु पर्दछ भनिएको छ डिजाइन भन्नाले कुनै प्रकारले तयार गरी बनाइएको वस्तुको छाँट रूप वा आकार सम्झनु पर्दछ भनिएको छ ।  यसै ऐनअनुसार ट्रेडमार्क भन्नाले कुनै फर्म कम्पनी वा व्यक्तिले आफ्नो उत्पादित मालसामान वा आफूले प्रदान गर्ने सेवालाई अरुको मालसामान वा सेवाबाट फरक देखाउन प्रयोग गरिने शब्द , चिन्ह वा चित्र वा शब्द , चिन्ह र चित्र दुवैको संयोग सम्झनु पर्दछ भनिएको छ । यस ऐनले पेटेन्टउपर अधिकार प्राप्त गर्न चाहनेले दर्ता गराउनुपर्ने व्यवस्था गरेको छ । अरुले पहिले नै लिइसकेको पेटेन्ट दर्ता गर्न नसकिने व्यवस्था पनि यस ऐनमा छ । पेटेन्टको दर्ता गरिने र सो दर्ता भएको पेटेन्ट राष्ट्रिय हितको दृष्टिबाट गोप्य राख्नु पर्नेमा बाहेक अन्यमा सर्वसाधारणको लागि प्रकाशन गर्नु पर्ने व्यवस्था पनि यस ऐनमा रहेको छ । नवीकरण गराएकोमा बाहेक पेटेन्टको अवधि ७ वर्षसम्म मात्र रहने , आफ्नो नाममा दर्ता भएको पेटेन्ट अन्यलाई हस्तान्तरण गरेमा दर्तावालाको नाम दाखिला खारेज हुने , दर्ता भएको पेटेन्टको एकप्रति नमूना राष्ट्रिय अभिलेखालयलाई दिनुपर्ने आदि व्यवस्थाहरू यसमा समेटिएका छन् । डिजाइनमा हक प्राप्त गर्न पनि यस ऐनले दर्ता गराउनु पर्ने व्यवस्था गरेको छ । सो दर्ता गराउन उद्योग विभागमा दरखास्त दिनु पर्ने , विभागले दर्ता गरिदिने , डिजाइनको अवधि नवीकरण नगरेको अवस्थामा ५ वर्षसम्म मात्र डिजाइनवालाको हक कायम हुने आदि व्यवस्था यसमा रहेका छन् । ट्रेडमार्कको हकमा पनि विभागमा दर्ता गराउनु पर्ने , दर्ता नगराई ट्रेडमार्क प्रयोग गर्न नपाइने , नवीकरण नगरेमा ७ वर्षपछि ट्रेडमार्कवालाको हक कायम नहुने , आदि व्यवस्थाहरू यस ऐनमा समेटिएको छ ।  यसप्रकार नेपालको वर्तमान कानुनी व्यवस्थामा पेटेन्ट , ट्रेडमार्क र डिजाइनको यस ऐनले तीन अलग - अलग परिच्छेदमा व्यवस्था गरेको छ ।   ५.३.२ प्रतिलिपि अधिकार रजिष्ट्रारको कार्यालय र प्रतिलिपि अधिकार ऐन, २०६९ कलाकार र रचनाकारका मौलिक , साहित्य , सङ्गीत , कला तथा सञ्चार क्षेत्रसँग सम्बन्धित रचनाहरूको उत्पादनलाई संरक्षण गर्ने प्रमुख उद्देश्य राखी यो कार्यालयको स्थापना २०६१ सालमा भएको हो । प्रतिलिपी अधिकार ऐन , २०५ ९ र सोको नियमावली , २०६१ अन्तर्गत यस कार्यालयले उपरोक्त कार्य गर्दछ । नेपालमा प्रतिलिपि अधिकारसम्बन्धी कानुन विसं .२०२२ सालमा लागू भएको थियो । तर यो ऐन पछिल्लो समयमा विकसित अन्तर्राष्ट्रिय पद्धति र मापदण्ड अनुकूल नभएकोले समयानुकूल बनाउन नयाँ प्रतिलिपि अधिकार ऐन , २०५९ ल्याइएको हो । प्रमुखरूपमा प्रतिलिपि अधिकार रजिष्टारको कार्यालयले देहायका कार्यहरू गर्दछ   (क) रचना, ध्वनिअङ्कन , प्रस्तुति वा प्रसारणसम्बन्धी प्रतिलिपि अधिकारको दर्ता गरीत्यसको विवरण अध्यावधिक गराई राख्ने ,   (ख) मानव मष्तिष्कबाट सृजित रचना तथा सिर्जनामा प्रतिलिपि अधिकारको संरक्षण र सर्जकहरूको आर्थिक तथा नैतिक अधिकारको संरक्षणका क्षेत्रमा जनचेतना अभिवृद्धि गराउन आवश्यक कार्यक्रमहरू सञ्चालन गर्ने  (ग) प्रतिलिपि अधिकारको संरक्षणमा सहजकर्ताको भूमिका निर्वाह गर्ने ,   (घ) रोयल्टी सङ्कलन संस्थाको स्थापनामा सहयोग गर्ने , त्यस्तो संस्थाको रेखदेख र नियन्त्रण गर्ने , त्यस्ता संस्थाले निर्धारण गरेको रोयल्टी वितरणसम्बन्धी मापदण्ड तयार गर्न सहयोग पुऱ्याउने र त्यस्तो संस्थाद्वारा निर्धारित रोयल्टीमा कुनै पक्षको चित्त नबुझेमा उजुरी सुन्ने   (ङ) प्रतिलिपि अधिकार धनीहरू , प्रतिलिपि अधिकारयुक्त वस्तुका प्रयोगकर्ताहरू प्रतिलिपि अधिकारको क्षेत्रमा काम गर्ने संस्थाहरू र कार्यान्वयन गर्ने निकायहरूका बीच समन्वय गरी सहभागितामूलक रूपमा जनचेतना अभिवृद्धि एवं प्रचार प्रसार कार्यक्रम सञ्चालन गर्ने  (च) प्रतिलिपि अधिकार र तत्सम्बन्धी अधिकारसित सम्बन्धित अन्तर्राष्ट्रिय सन्धि सम्झौताको नेपाल पक्ष हुने सम्बन्धमा काम गर्ने , विश्व बौद्धिक सम्पत्ति सङ्गठन एवं प्रतिलिपि अधिकारसित सम्बन्धित स्वदेशी तथा विदेशी संघ संस्थासँग सम्पर्क एवं समन्वयको काम गर्ने आदि   स्मरणीय छ , प्रतिलिपि अधिकारले मानिसले गरेका रचना वा अभिव्यक्तिको संरक्षण गर्दछ । त्यस्तो रचना वा अभिव्यक्ति मौलिक हुनुपर्दछ र मूर्त अर्थात् सादृश्य रूप (Tangible Form) मा प्रस्तुत गरिएको हुनु पर्दछा तर पनि प्रलिलिपि अधिकारले त्यस्तो रचना वा प्रस्तुति गुणस्तरीय उपयोगी वा मूल्यवान हुनु पर्दछ भन्ने आग्रह राख्दैना प्रतिलिपि अधिकार स्वतः प्राप्त हुन्छ , दर्ता वा अन्य कुनै औपचारिकता पूरा गर्नु पर्दैना आफ्नो प्रतिलिपि अधिकार सङ्केत गर्न र चिन्ह प्रयोग गर्ने पनि चलन छ । तर धेरै मुलुकहरूमा सार्वजनिक अभिलेखको लागि तथा प्रमाण पुऱ्याउन सजिलोको लागि स्वेच्छिकरूपमा दर्ता गराउन सकिने व्यवस्था गरिएको पाइन्छ । नेपालमा पनि यस्तो व्यवस्था गरिएको छ ।   प्रतिलिपि अधिकारअन्तर्गत रचयितालाई विभिन्न खाले एकमुष्ट अधिकार ( Boundle of Rights ) प्राप्त हुन्छ । यस्ता अधिकारमा केहीमा रचनाकारलाई सर्वाधिक अधिकार ( Exclusive Rights ) प्राप्त हुन्छ भने केहीमा प्रतिलिपि अधिकार धनीलाई लाभांश पाउने ( Remuneration ) अधिकार मात्र हुन्छ । बर्न महासन्धिअनुसार प्रतिलिपि अधिकार निम्न दुई किसिमका हुन्छन्   (१) आर्थिक अधिकार (Economic Rights) र (२) नैतिक अधिकार (Moral Rights) •   आफ्नो रचना उपरको आर्थिक अधिकारअन्तर्गत धेरै कुराहरूमा रचनाकारलाई सर्वाधिकार ( Exclusive Rights ) हुन्छ । जस्तै पुनः उत्पादन गर्ने , अनुवाद गर्ने , स्वरूप / शैली परिवर्तन गर्ने , प्रदर्शन वा प्रस्तुत गर्ने , वितरण गर्ने , प्रसारण गर्ने , सार्वजनिक सञ्चार गर्ने आदि सर्वाधिकार हुन्छ । नैतिक अधिकारअन्तर्गत स्रष्टालाई आफ्नो रचनामा निम्नानुसार स्वामित्वसाइनो राख्ने अधिकार रहन्छ:  •	आफ्नो रचनामा वास्तविक वा छद्म नाम उल्लेख गर्न पाउने (Right of Paternity), •	रचनाको ख्याति , सम्मान , प्रतिष्ठा कायम राख्ने (Right of Integrity)  वर्न महासन्धिले रचयिताको जीवनभर र मृत्युपछि ५० वर्षसम्म प्रतिलिपि अधिकार संरक्षण गरिदिनु पर्ने न्यूनतम शर्त तोकेको छ । कतिपय मुलुकहरूले योभन्दा बढी अवधि पनि संरक्षण हुने व्यवस्था गरेको पाइन्छन् । तर कम भने गर्न हुँदैन । कुनै रचना धेरै जनाले संयुक्तरूपमा तयार गरेको भए सबैभन्दा पछि मृत्यु हुने रचनाकारको मृत्युपछिको ५० वर्षसम्म प्रतिलिपि अधिकार कायम रहन्छ । रचनाको आर्थिक अधिकार रचयिताको मृत्युपछि उसले इच्छाएको व्यक्ति वा हकवालामा सरेर जन्छ ।  अज्ञात रचनाकारको हकमा भने रचना प्रकाशित भएको मितिले ५० वर्ष प्रतिलिपि अधिकार सुरक्षित हुन्छ र यदि रचनाकार ज्ञात हुन आएमा निजको जीवनभर र मृत्युपछिको ५० वर्षसम्म अधिकार संरक्षण हुन्छ । यसै गरेर कुनै रचनाको धनी व्यक्ति नभै संस्था भएमा प्रकाशित भएको मितिले ५० वर्षसम्म मात्र अधिकार रहन्छ । कतिपय मुलुकहरूले रचनाकारको नैतिक अधिकार संरक्षणको कार्यकाललाई भने अवधि नतोक्ने गरेको पनि पाइन्छ ।   ध्यानयोग्य कुरा के छ भने प्रतिलिपि अधिकार धनीको स्वीकृति बिना पनि कुनै रचनाको प्रयोग गर्न पाउने विशेष व्यवस्था प्रतिलिपि अधिकार कानुनमा गरिएको पाइन्छ । यसलाई असल नियतको सिद्धान्त ( Fair Use Principle ) भनिन्छ । यसरी स्वतन्त्ररूपमा अरुको रचना प्रयोग गर्न सकिने अवस्था खास गरेर कुनै रचनाको सानो अंश उद्धरण गर्दा , पढाउने कामको लागि प्रयोग गर्दा , समाचार संप्रेषण गर्दा , संग्रह वा व्यक्तिगतरूपमा प्रयोग गर्दा , एकप्रति प्रतिलिपि बनाउँदा आदि पर्दछन् ।   सन्दर्भ सामग्रीहरू  •	सुवेदी , गोविन्द प्रसाद ( २०६७ ) : बौद्धिक सम्पत्ति र नेपालमा यसको प्रशासन , नेपाली खण्ड ( लेख २ ) व्यापार र विकास , वाणिज्य तथा आपूर्ति मन्त्रालय , सिंहदबार , पेज ८१ - ९ ५ ।   •	लगानी बोर्ड ऐन २०६८ , नेपाल सरकार । ★ पेटेन्ट डिजाइन र ट्रेडमार्क ऐन , २०२२ , नेपाल सरकार । प्रतिलिपि अधिकार ऐन , २०४ ९ , नेपाल सरकार ।   •	पौड्याल , मुकुन्द प्रसाद ( २०६ ९ ) , लगानी बोर्ड : एक परिचयात्मक समीक्षा , अर्थ पत्रिका , अर्थ मन्त्रालय , अंक २ , पौष २०६ ९ , पेज १४-२४   •	Arslanalp S. , Bornhorst F. & Gupta S. , Investing in Growth , Finance & Development , March 2011 , International Monetary Fund , Washington DC   •	Canning D. and Pedroni P. , The Effect of Infrastructure on Long Run Economic Growth , Journal of Economic Literature Nov. 2004 , Vol ( . )   •	The World Bank / IFC , Doing Business- 2013 , Wasington DC Paudyal , Mukunda Prasad , ( 2070 ) Artha , Ministry of Finance , Vol . 3 ( 1 ) , PP 45-58 .   •	Saner R. and Yiu , L. ( 2001 ) International Economic Diplomacy : Mutations in Post - Mordern Times , Netherlands Institute of International Relations , The Hague .   •	World Economic Forum , Positive Infrastructure : a Framework for Revitalizing the Global Economy , 2010 , Geneva .

सन्दर्भ सामग्रीहरू

  • ·         सुवेदी , गोविन्द प्रसाद ( २०६७ ) : बौद्धिक सम्पत्ति नेपालमा यसको प्रशासन , नेपाली खण्ड ( लेख ) व्यापार विकास , वाणिज्य तथा आपूर्ति मन्त्रालय , सिंहदबार , पेज ८१ -
  •  
  • ·         लगानी बोर्ड ऐन २०६८ , नेपाल सरकार पेटेन्ट डिजाइन ट्रेडमार्क ऐन , २०२२ , नेपाल सरकार प्रतिलिपि अधिकार ऐन , २०४ , नेपाल सरकार
  •  
  • ·         पौड्याल , मुकुन्द प्रसाद ( २०६ ) , लगानी बोर्ड : एक परिचयात्मक समीक्षा , अर्थ पत्रिका , अर्थ मन्त्रालय , अंक , पौष २०६ , पेज १४-२४
  •  
  • ·         Arslanalp S. , Bornhorst F. & Gupta S. , Investing in Growth , Finance & Development , March 2011 , International Monetary Fund , Washington DC
  •  
  • ·         Canning D. and Pedroni P. , The Effect of Infrastructure on Long Run Economic Growth , Journal of Economic Literature Nov. 2004 , Vol ( . )
  •  
  • ·         The World Bank / IFC , Doing Business- 2013 , Wasington DC Paudyal , Mukunda Prasad , ( 2070 ) Artha , Ministry of Finance , Vol . 3 ( 1 ) , PP 45-58 .
  •  
  • ·         Saner R. and Yiu , L. ( 2001 ) International Economic Diplomacy : Mutations in Post - Mordern Times , Netherlands Institute of International Relations , The Hague .
  •  
  • World Economic Forum , Positive Infrastructure : a Framework for Revitalizing the Global Economy , 2010 , Geneva . 

Post a Comment

0 Comments