सामाजिक विवाद र द्वन्द्व
विवाद रद्वन्द्व समाधानका लागि वार्ता र सम्झौता सीपको सान्दर्भिकता
क . द्वन्द्व
सामान्य बुझाइमा द्वन्द्व तनाव वा संर्घषको अवस्था हो । द्वन्द्वको शाब्दिक अर्थ झगडा , मनमुटाव , मनोमालिन्य हो । दुई वा सोभन्दा बढी पक्षहरूबीच विचार , दृष्टिकोण , आवश्यकता , मूल्यमान्यता , चिन्तन आदिमा हुने भिन्नताका कारणले उत्पन्न हुने बेमेलको अवस्था नै द्वन्द्व हो । अर्काको स्वार्थ , लक्ष्य , उद्देश्य प्राप्त हुन नदिनु नै द्वन्द्व हो । द्वन्द्व विभिन्न पक्षहरूबिचको प्रतिद्वन्द्विताको अवस्था हो ।
द्वन्द्वको अवधारणा :
द्वन्द्वको सम्बन्धमा विभिन्न
प्रकारका अवधारणाहरू रहेको पाइन्छ
। सुरुमा द्वन्द्वको
बारेमा नकारात्मक अवधारणा रहेकोमा
विस्तारै सकरात्मक अवधारणा विकास
हुँदैआएको छ ।
अहिले आएर द्वन्द्वलाई
अपरिहार्यरूपमा लिन थालिएको
छ । द्वन्द्वको
अवधारणाको विकासक्रमलाई निम्नानुसार बुझ्न सकिन्छ
।
· परम्परागत अवधारणा ( १ ९ ३० भन्दा अघि ) : - खराब हो , विनाश निम्त्याउँछ । व्यवस्थापनको असक्षमताबाट आँउछ । रोक्नु पर्दछ ।
· मानवसम्बन्ध अवधारणा ( १ ९३०-१९ ७० सम्म ) : - स्वभाविक , सिर्जनात्मक हुन्छ । सामना गर्नुपर्छ ।
· अन्तरक्रियात्मक अवधारणा ( १ ९ ७० भन्दा पछि ) : - निश्चित हदसम्म प्रोत्साहित गर्नुपर्छ । साङ्गठनिक गतिशीलताका लागि आवश्यक छ ।
द्वन्द्वका विशेषताहरू :
· तनाव र सङ्घर्षको अवस्था हो ।
· सामान्यतया दुई वा सोभन्दा बढी पक्षको संलग्नता हुन्छ ।
· समाजको अभिन्न पक्ष हो ।
· सकारात्मक र नकारात्मक परिणाम दिन सक्छ ।
· समस्या होइन , चुनौतीको रूपमा ग्रहण गरिनु पर्दछ ।
द्वन्द्वका तह :
सानो तहको द्वन्द्व
( Micro level ) - व्यक्ति व्यक्तिबीच हुने ।
मझौला तहको द्वन्द्व ( Meso level ) समूह , सङ्गठन र कार्यालयबीच हुने ।
बृहत् द्वन्द्व ( Macro level ) - राष्ट्र राष्ट्र , पार्टी - पार्टीबीच हुने ।
द्वन्द्वका कारण :
मानवशास्त्रीको दृष्टिकोणमा द्वन्द्व समाज र संस्कृतिका बीचको विभेदको उपज हो भने अर्थशास्त्रीका दृष्टिकोणमा दुर्लभ स्रोतसाधनको बाँडफाँडमा हुने प्रतिस्पर्धाको उपज हो । त्यसैगरी , मनोवेत्ताका दृष्टिकोणमा द्वन्द्व सामूहिक र व्यक्तिगत हितको परिधिमा रहेको विभेदको अवस्था हो भने राजनीतिज्ञको धारणामा राजनीतिक सोचमा रहने भिन्नता नै द्वन्द्वको कारक हो । सामान्यतया द्वन्द्व सिर्जना हुनमा निम्न कारणहरू जिम्मेवार भएको देखिन्छ ।
• सामाजिक कारणः सामाजिक पहिचानको अभाव , असमानता र विभेदका कारण ।
● आर्थिक कारण : आर्थिक स्रोतको
असमान वितरणका कारण
।
● राजनीतिक कारण : फरक राजनीतिक विचारधाराका कारण ।
● मनोवैज्ञानिक कारणः व्यक्तिको सोचाई , महत्वकांक्षा र उद्देश्यमा विभिन्नता हुने कारण ।
द्वन्द्वका सकारात्मक पक्षहरू :
सधैँ र सबै अवस्थामा द्वन्द्वले नकारात्मक परिणाम मात्र दिँदैन कतिपय अवस्थामा यसले दिने परिणाम सकारात्मक पनि हुन सक्दछ । द्वन्द्वले दिने सकरात्मक परिणामलाई निम्नानुसार दिइएको छः
● द्वन्द्व समाजमा परिवर्तन , गतिशीलता , नवीनता र सुधारकालागि अनिवार्य छ ।
● व्यक्तिगत र बौद्धिक वृद्धिलाई प्रोत्साहन गर्छ ।
● अवसरको सिर्जना गराउँछ ।
● इन्द्वले घनिष्टता बढाउँछ ।
● प्रविधिक विकासलाई निकास दिन्छ ।
● नयाँ सोचाइको विकास हुन्छ ।
● समस्याको समयमै समाधान हुन्छ ।
• नेतृत्वको
क्षमता परीक्षण हुन्छ।
● सिर्जनशीलता बढाउँछ ।
● सही निर्णय हुन सक्छ ।
द्वन्द्वका नकारात्मक पक्षहरू :
सामान्यतया द्वन्द्वले निम्नानुसारका नकारात्मक परिणामसमेत दिने गर्दछः
· स्रोतसाधनको दुरूपयोग हुन्छ ।
· समाजमा असन्तुष्टिबद्छ ।
· कटुता र असमझदारी बढ्छ ।
· समाजको ख्याति घट्छ ।
· धनजनको क्षति हुन सक्छ ।
· तनाव र नकारात्मक सोचको विकास हुन्छ ।
· समाज विकासको गतिमा अवरोध खडा हुन्छ ।
ख . सामाजिक विवाद वा द्वन्द्व
समाजमा बसोबास गर्ने दुईवा सोभन्दा बढी व्यक्ति वा समूहबीच विचार आवश्यकता र स्वार्थमा हुने विभिन्नताका कारणबाट विवाद वा झगडा हुनु नै सामाजिक विवाद वा द्वन्द्व हो । द्वन्द्व पक्षहरूबीच मतभेदको अवस्था हो । द्वन्द्व समाजको अभिन्न अङ्ग हो र समाज परिवर्तनको आधार र कारक हो । निश्चित हदसम्मको द्वन्द्व समाजमा परिवर्तन , गतिशीलता , नवीनता र सुधारका लागि अनिवार्य छ । कार्ल मार्क्सका अनुसार समाजमा विद्यमान विभिन्न वर्गीय अवस्थाका कारण द्वन्द्व हुन्छ । समाजमा Status , Power and Scarce Resource कोलागि हुने सङ्घर्षले सामाजिक द्वन्द्वको आधार तयार गर्दछ । समाजका सदस्यहरूले समान हैसियतका लागि समान अधिकारका लागि र विद्यमान स्रोतसाधनमा समान सहभागिताका लागि प्रयास गर्दछन् । यदि त्यसमा कुनै कारणले विवाद भएमा त्यसको प्रतिकारस्वरूप समाजमा द्वन्द्वको सिर्जना हुन जान्छ । सामाजिक द्वन्द्व समाजका सदस्यहरूले Bargaining का लागि गर्ने सङ्घर्ष हो । सामाजिक विवाद वा द्वन्द्व समाज विकासका लागि आवश्यक छ । सामाजिक द्वन्द्व पहिचान , सामाजिक न्याय र २ समानतासँग जोडिने विषय पनि हो ।
समाजमा विभिन्न सोच , चिन्तन , विचारधारा , मूल्यमान्यता , सामाजिक - आर्थिक अवस्था वा आकाङ्क्षा बोकेका मानिसहरू रहेका हुन्छन् र तिनको स्वार्थ , लक्ष्य र आवश्यकतामा फरकपन रहन सक्दछ । जसले समाजमा द्वन्द्वको सिर्जना गर्नमा बल पुन्याउँछ । उनीहरूका बीचमा वैचारिक बेमेल वा असन्तुष्टिको अवस्था आउन सक्दछ र विरोधाभास प्रकट हुन सक्दछ । समाजमा हुने बेमेल एवम् विरोधाभासको अवस्था नै सामाजिक विवाद वा द्वन्द्व हो । सामाजिक द्वन्द्व समाजको कुनै वर्ग , समूह , सम्प्रदाय र व्यक्तिहरूबीच हुने अन्तरविरोधको अवस्था हो ।
यसको अलावा व्यक्तिको रुचि , स्वार्थ , शैक्षिकस्तर , मर्यादा , लक्ष्य , भूमिका , स्रोतसाधनको प्राप्ति , तिनीहरू माथिको पहुँच , पारिवारिक सामाजिक पृष्ठभूमि सामाजिक संरचना , मूल्यमान्यता , परम्परा , भाषा , संस्कृति , वर्गहरूको स्थापना , राजनीतिक चिन्तन र विचारधारा , प्रतिस्पर्धा , हस्तक्षेप , सङ्गठनको विवाद समाधान गर्ने क्षमता , नीति , योजना , कार्यक्रमको अभाव , विभेदकारी कार्यशैली , विभेदकारी सरकारी नीति नियमहरू , राज्यको समाजलाई हेर्ने दृष्टिकोण , अर्थतन्त्रको अवस्था , अवसरहरूको उपलब्धता आदिलाई पनि समाजमा द्वन्द्व सिर्जना गर्ने स्रोतहरू / कारणहरूको रूपमा उल्लेख गर्न सकिन्छ ।
कहिलेकाहीँ सामाजिक विवाद र द्वन्द्व शब्दलाई फरक - फरकरूपमा बुझ्ने गरिएको समेत पाइन्छ भने कतिपयले यसलाई समानार्थी शब्दको रूपमा लिएको देखिन्छ । सामान्यतयाः विवाद तर्कसहितको वादविवाद हो । विवाद विभिन्न पक्षहरू छलफलमा संलग्न हुनु वा पक्षहरूबीचको असहमति वा असन्तुष्टिको अवस्था हो । विवाद प्रारम्भिक तहको द्वन्द्व हो र यो द्वन्द्वको सुरुवात पनि हो । सामान्य विवादहरू बढ्दै गएमा बृहत् तहको द्वन्द्वको सिर्जना हुन सक्छ । प्रस्तुत लेखमा सामाजिक द्वन्द्व र विवादलाई समान अर्थमा बुझ्ने प्रयास गरिएको छ ।
सामाजिक विवाद वा द्वन्द्वका तहहरू :
सामाजिक विवाद वा द्वन्द्वका तहहरूलाई निम्नानुसारबुझ्न सकिन्छः
· समाजका सदस्यहरूको बीचको सामान्य विवाद वा द्वन्द्वः यो सामाजिक द्वन्द्वको सुरुवातको चरण हो । यसमा द्वन्द्वरत पक्षहरूका बीचमा सामान्य विवाद वा मनमुटावको अवस्था विद्यमान हुन्छ ।
· सामाजिक हलचल वा सार्वजनिक प्रदर्शन : सामान्य विवाद बढ्दै गएमा त्यसले हडताल वा प्रदर्शनको रूप लिन सक्दछ ।
· विभिन्न पक्षहरू मिलेर राज्यका विरुद्ध गरिने कानुनको अवज्ञाः यसमा असन्तुष्ट विभिन्न पक्षहरू मिलेर संयुक्तरूपमा कानुनको अवज्ञा गर्ने गर्न सक्दछन् ।
· गृहयुद्ध ( Civil War ) : यो द्वन्द्वको उत्कर्षचरण हो यसमा विवादरत पक्षहरूको बीचमा युद्धको अवस्था सिर्जना हुन सक्दछ । जसबाट देशमा गृहयुद्धको अवस्था आउँछ ।
सामाजिक विवाद सिर्जनाका कारणहरू :
सामाजिक विवाद वा द्वन्द्व सिर्जनाका कारणहरू समय परिस्थिति , प्रसंग , सामाजिक बनौट आदि अवस्थाका कारण फरक - फरक हुनसक्ने भएता पनि सामान्यतया निम्न कारणहरू सामाजिक विवाद वा द्वन्द्व सिर्जनाका लागि जिम्मेवार भएको पाइन्छ :
· स्रोतसाधनको अपर्याप्तता ।
· सीमित मानिसको मात्र स्रोत र अवसरमा पहुँच ।
· सामाजिक विभेद र असमानता ।
· समाजमा वर्गीय अवस्था र विविधता व्यवस्थापनको विद्यमान अवस्था ।
· जातीय वा धार्मिक थिचोमिचो र जातीय सफायाको अवस्था ।
· जात , धर्म , वर्ण लिङ्ग , मजदुर र मालिक , धनी वा गरिब , विचारमा विभिन्नता आदि आधारमा ।
· अधिकार वितरणमा असमानता ।
· पहिचानको सवाल ।
· अहम् र प्रभुत्वकायम गर्न चाहने सोच ।
· घृणावा अपहेलनाको विद्यमानता ।
· विवाद समाधान गर्ने वा मध्यस्थता गर्ने सङ्गठनको अप्रभावकारिता ।
· अपराधको विद्यमानता ।
· सामाजिक चेतना बढेका कारण ।
· विभेदकारी नीतिको विद्यमानता ।
सामाजिक विवाद वा द्वन्द्वले सकरात्मक वा नकारात्मक कस्तो परिणाम दिन्छ भन्ने कुरा त्यसको समाधान वा व्यवस्थापन कसरी गरिन्छ भन्ने कुरामा भर पर्दछ । यदि विवादको सहीरूपमा निरूपण गर्न सकिएमा त्यसको परिणाम पनि सकारात्मक प्रतिफल दिने खालको हुन्छ । भने व्यवस्थापन गर्न नसकेको अवस्थामा त्यसले पुयाउने क्षति बढी हुन सक्दछ । तसर्थ विवाद वा द्वन्द्वको सही व्यवस्थापन नै यसको परिणामको कारक र आधार हो । यसका सकारात्मक तथा नकारात्मक परिणामलाई निम्नानुसारवर्णन गर्न सकिन्छ
सकारात्मक परिणाम :
· सामाजिक समस्या समाधानमा सहयोग पुग्छ ।
· सही निर्णय हुन सक्छ ।
· सामाजिक विभेद , विकृति र रुढीवादको अन्त्य गर्न सहयोग गर्दछ ।
· कमी कमजोरीको सुधारहुन्छ ।
· सामाजिक नेतृत्वकोविकास हुन सक्दछ ।
· Confusion and rumor कम गर्न सहयोग गर्दछ ।
· सामाजिक परिवर्तन ल्याउन सक्दछ ।
· स्थानीयस्तरको स्रोतसाधनको दुरूपयोगरोक्ने
नकारात्मक परिणाम :
· जनधनको क्षति हुन सक्दछ ।
· हिंसा बढ्न सक्छ र शान्ति सुरक्षामा ह्रास आउँछ ।
· समाजमा बेमेलको वातावरण सिर्जना हुन सक्दछ ।
· सामाजिक सदभाव र सहीष्णुतामा नकारात्मक असर गर्दछ ।
· राज्यको सुरक्षा खर्च बढाउछ जसले गर्दा विकास कार्य प्रभावित हुन्छन् ।
· बदलाको भावनाको विकास हुन सक्छ ।
· आफ्नो स्वार्थ पूरागर्न चाहनेको घुसपैठर चलखेल बढ्न सक्छ ।
· पूर्वाधारमा क्षति हुन सक्छ ।
· गरिब तथा पिछडिएकावर्गहरू बढी प्रभावित हुन सक्दछन् ।
सामाजिक विवाद समाधानका उपायहरू :
· समाजमा विवाद आउनका कारणहरू पहिचान गर्ने ।
· द्वन्द्व व्यवस्थापनका उपयुक्त रणनीति अवलम्बन गर्ने ।
· सामाजिक परिवर्तनका कार्यक्रमहरू सञ्चालन गर्ने ।
· द्वन्द्व वा विवादको Gravity कति छ भन्ने पत्ता लगाउने ।
· वार्ता वा सम्झौतामा जोड दिने ।
· सामाजिक जिम्मेवारीको सबैले पालना गर्ने ।
· विभिन्न छलफल तथा अन्तरक्रियाको माध्यमबाट सामाजिक चेतना बढाउने ।
· सामाजिक विवादमा मध्यस्थता गर्ने संयन्त्रको निर्माण गर्ने । * विभेदर विकृतिको नियन्त्रण गर्ने ।
· समान पहिचान, सबैमा समान व्यवहार र अवसरको समानुपातिक वितरण ।
· मानव अधिकारको प्रवर्द्धन गर्ने ।
· Compensation and Remedy को व्यवस्था गर्ने ।
· द्वन्द्व व्यवस्थापनमा संलग्न निकायहरूको क्षमता अभिवृद्धि गरी प्रभावकारी बनाउने ।
· समाजमा पुनर्मिलनकाकार्यक्रमहरू सञ्चालन गर्ने ।
· समाजमा सबैको समान पहिचान र हैसियत स्थापित गर्ने ।
· समाजका अगुवाहरूले अग्रसरता देखाउने ।
· व्यक्तिगत स्वार्थभन्दा बृहत् स्वार्थलाई महत्व दिने
नेपालमा सामाजिक विवाद वा द्वन्द्व समाधानका लागि भएका व्यवस्थाहरू :
नेपाल विविधतायुक्त देश
हो । नेपालमा
विभिन्न जातजातिहरू , भाषाभाषीहरूका बीचमा उठेका र
उठ्न सक्ने विवादको
निराकरणका लागि विभिन्न
प्रकारका नीतिगत , संस्थागत र
कार्यक्रमगत प्रयास वा व्यवस्थाहरू
गरिएको छ ।
कतिपय अवस्थामा समाजका
अगुवाहरूले समेत सामाजिक
विवादको व्यवस्थापनमा अहम् भूमिका
खेलेको पाइन्छ । जसलाई
निम्नानुसार औल्याईएको छः
अन्तरिम संविधान , २०६३ मा भएका व्यवस्थाहरू :
· राज्यको पुनर्संरचनागरिदै छा •
·
विभिन्न
प्रकारका विभेद र असमानताको
अन्त्य गर्ने प्रयास गरिएको
छ ।
·
राष्ट्रिय
एकता र अखण्डतामा
जोड दिइएको छ
।
·
मौलिक
हकको माध्यमबाट सबैको
संरक्षण गरी सामाजिक
द्वन्द्वको सिर्जना हुन नदिने
कल्पना गरिएको छ ।
·
राज्यको
नीतीबाट संरक्षणको प्रयास ।
·
राज्यको
दायित्वमा, सबै विभेदकारी
कानुनको अन्त्य गर्ने ।, द्वन्द्व
प्रभावितलाई उचित राहत
, सम्मान तथा पुनर्स्थापनागर्ने
।, उच्चस्तरीय
सत्य निरुपण तथा
मेलमिलाप आयोग गठन
गर्ने ।
सामाजिक विवाद तथा द्वन्द्व समाधानका सहयोगी ऐन कानुनहरू
· लक्षितका उत्थान र विकाससँग सम्बन्धित ऐन कानुनहरू
· कमैया श्रमलाई निषेध गर्ने सम्बन्धी ऐन , २०५८
· घरेलु हिंसा ( कसुर र सजाय ) ऐन , २०६६ र नियमावली २०६७
· लैंगिक हिंसाविरुद्धको राष्ट्रिय कार्ययोजना , २०६ ९
· छुवाछुत ( कसुर तथा सजाय ) नियन्त्रण ऐन , २०६८
· मध्यस्थता ऐन , २०५५
· UN को सुरक्षा परिषदको प्रस्ताव नं . १३२५ र १८२०
· सत्य निरूपण तथा मेलमिलापको अध्यादेश , २०६ ९
· शान्ति तथा पुननिर्माण मन्त्रालयबाट तर्जुमा भएका करिब १ ९ वटा निर्देशिका तथा कार्यविधिहरू
आवधिक योजना र बजेटमा भएका व्यवस्थाहरू :
· समावेशी विकास र समन्यायिक वितरण प्रणालीको विकास गर्दै लगिने ।
· लक्षित समूहहरूका लागि सामाजिक संरक्षण र समानताका कार्यक्रमहरू
· लैंगिक तथा जातीय हिंसा न्यूनीकरणमा जोड दिइएको ।
· द्वन्द्व प्रभावितहरूको व्यवस्थापन ।
सञ्चालित विभिन्न क्रियाकलापहरू :
· छुवाछुत तथा हिंसा विरुद्धका जनचेतना कार्यक्रमहरू
· विभिन्न दण्डात्मक उपायहरू
· भाषा , कला , संस्कृतिको पहिचान र संरक्षणका कार्यक्रमहरू
· सबै जातिका चाडपर्वमा बिदा दिने चलन ,
· स्थानीयस्तरमा पुनर्मिलनका कार्यक्रमहरू
· मुखिया तथा बडाघर प्रथाबाट विवाद समाधान तथा मध्यस्थता
· सहभोजलगायतका कार्यक्रमहरू ।
सम्बद्ध निकायहरूः
· विभिन्न तहका अदालतहरू
· राष्ट्रिय मानवअधिकार आयोग र मातहत कार्यालयहरू
· शान्ति मन्त्रालय तथा स्थानीय शान्ति समितिहरू
· जिल्ला प्रशासन कार्यालय तथा सुरक्षा निकायहरू –
· स्थानीय निकायहरू
· समाजका अगुवाहरू
· स्थानीय पारालिगल समिति
· नेपाल रेडक्रस सोसाइटीलगायतका सङ्घ / संस्थाहरू
ग . सामाजिक विवाद वा द्वन्द्व समाधानका लागि वार्ता तथा सम्झौता
वार्ता : दुई वा दुईभन्दा बढी पक्षका बीचमा कुनै उद्देश्य प्राप्तिका लागि गरिने छलफल तथा सम्वादलाई वार्ता भनिन्छ । वार्ता उद्देश्यमूलक हुन्छ र कुनै विवाद तथा समस्या समाधानका लागि गरिन्छ । वार्ता विवाद समाधान गर्ने माध्यम हो वार्ता द्वन्द्व रूपान्तरणको माध्यम हो ।
सम्झौता: वार्ता पछिको निष्कर्षमा पुग्ने काम सम्झौता हो वार्ताका पक्षहरूलाई मान्य हुने निष्कर्ष पहिचान गर्नु र त्यही निष्कर्षको आधारमा सहमतिमा पुग्ने काम नै सम्झौता हो । सबै वार्ताहरू सहमतिमा नटुंगिने भएकाले वार्ता पछिको परिणामलाई दुवै पक्षले स्वीकार गरी साझा सहमतिमा पुग्ने काम नै सम्झौता हो वार्ता भनेको प्रक्रिया हो भने सम्झौता त्यसको परिणाम हो ।
वार्ताका उद्देश्यहरू : मुठभेद युद्ध हिंसा र तिरस्कारलाई रोकी शक्तिलाई सिर्जना , विकास सदभाव र सशक्तीकरणमा परिवर्तन गर्नु नै वार्ताको प्रमुख उद्देश्य हो । यसका अतिरिक्त
· विवादरत पक्षहरूबीच कुनै विषयवस्तुमा कुराकानी गर्नु ।
· सहमति र बिमतिका बुँदाहरू आदान - प्रदान गर्नु ।
· सफल परिणाम निकाल्नु ।
· विवादको विषयको बारेमा छलफल गर्नु ।
· सामाजिक समस्याको समाधान गर्नु ।
· समाजमा सदभाव र सहीष्णु ता कायम गराउन भूमिका खेल्ने ।
· स्रोतसाधनको सदुपयोगकोवातावरण बनाउने ।
· सामाजिक विवादबाट हुनसक्ने धनजनको क्षति कम गराउनु ।
· प्रजातान्त्रिक मुल्यमान्यतालाई Promote गर्ने
वार्ताका प्रकारहरूः
· औपचारिक तथा अनौपचारिक वार्ता
· द्विपक्षीय तथा बहुपक्षीय वार्ता
· ससर्त तथा निसर्त वार्ता
· प्रत्यक्ष तथा अप्रत्यक्ष वार्ता
· नियमित तथा आकस्मिक वार्ता
वार्ताका चरणहरू :
सामान्यतया वार्ताका लागि तल उल्लेख भए अनुसारका चरणहरू हुने गर्दछन् :
· वार्ताको लागि तयारी गर्ने ।
· आवश्यक रणनीति विकास गर्ने ।
· वार्ताको सुरुवात गर्ने ।
· Understanding विकास गर्ने ।
· सौदाबाजी (Bargaining) गर्ने ।
· सहमतिका विषयमा सम्झौता गर्ने ।
· वार्ताको अन्त्य गर्ने ।
· सहमतिको कार्यान्वयन गर्ने ।
वार्ताका रणनीतिहरू :
वार्तामा कुन शैली
अपनाउने भन्ने कुरा द्वन्द्वरत
पक्षको अवस्था , क्षमता , माग
र अर्को पक्षले
लिएको रणनीतिको आँकलनजस्ता
कुरामा भर पर्दछ
। अर्को पक्षले
कस्तो रणनीति अपनाएको
छ र आफूले
कुन रणनीति अपनाउने
भन्ने कुराको सही
अनुमान गर्न नसकेमा
वार्ताबाट सही उपलब्धि
हासिल गर्न सकिँदैन
। तसर्थ विपक्षीको
रणनीतिको सही आँकलन
गरी उपयुक्त रणनीति
अपनाउन सकेमा मात्र आफ्नो
स्वार्थको रक्षा गर्न सकिन्छ
। आवश्यकता र
वस्तुस्थितिको विश्लेषणको आधारमा तल
उल्लिखित रणनीति अपनाउन सकिन्छ
।
· Avoiding- पन्छाउने ।
· Compromising- सहमति कायम गर्ने ।
· Competing- दबाउने ।
· Collaborating- साझेदारी गर्ने ।
· Accommodating- समर्पण गर्ने । ®
असल वार्ताकारमा हुनुपर्नेगुणहरू
वार्ता कला हो
भने सम्झौता क्षमता
हो । तसर्थ
असल वार्ताकारले वार्ता
गर्दा कस्तो रणनीति
अपनाउने वा वार्ता
गर्न सक्ने कला
र क्षमता कति
छ भन्ने कुराले
कुनै वार्ताकार असल
वार्ताकार हो वा
होइन भन्ने कुराको
निक्र्यौल गर्दछ । उद्देश्यमा
स्पष्टता , राम्रो तयारी र
समस्या समाधानप्रतिको सकारात्मक सोच नै
वार्ताको सफलताका आधारहरू हुन्
। त्यस्तैगरी वार्तापछि
पनि आएको निष्कर्षलाई
सहमतिमा पुगेर लिपिबद्ध गरेर
दुवै पक्षलाई मान्य
हुने खालको सम्झौता
पनि गर्नु पर्दछ
र सोको कार्यान्वयन
पनि आवश्यक हुन
जान्छ । वार्ताकारमा
हुनुपर्ने वार्ता तथा सम्झौताका
सीपहरू निम्नानुसार हुन सक्दछन्
।
वार्तासम्बन्धी सीपहरू :
· विषय वा समस्याको पर्याप्त ज्ञान भएको ।
· समस्याको पहिचान र विश्लेषण गर्न सक्ने ।
· दुवैपक्षका लागि Win - Win हुने परिणामको खोजी गर्ने ।
· समस्या सुल्झाउनसम्झौता गर्न तयार हुने ।
· विभिन्न प्रकारको तनाव बहन गर्न सक्ने र धैर्यवान ।
· निर्णय र सम्झौता गर्ने अधिकार भएको ।
· Situation लाई Handle गर्न सक्ने ।
· अर्को पक्षको कुरा सुन्नसक्ने
· Strategic Vision भएको ।
· वार्ता तथा सम्झौताका सिद्धान्तहरूको बारेमा जानकारी भएको ।
· अर्काको कुरा ध्यान दिएर सुन्नसक्ने
· राम्रो सञ्चार सीप भएको ।
· अर्काको भावना बुझ्ने र सम्मान गर्ने ।
· Positive Attitude भएको ।
सम्झौतासम्बन्धी सीपहरू :
· सहमतिका विषयको मस्यौदा तयार गर्ने व्यक्तिको सही छनौट गर्ने ।
· सहमति भएका बुँदा मात्र सम्झौतामा समावेश गर्ने
· सरल र बुझ्ने भाषाको प्रयोग गर्ने ।
· महत्वपूर्ण बुँदालाई अगाडि राख्ने ।
· जटील र द्विअर्थी शब्दको व्याख्या गर्ने ।
· सहमति कार्यान्वयनको कार्ययोजना बनाउने ।
· कार्यान्वयन अनुगमन संयन्त्रको निर्माण गर्ने ।
· सम्झौता कार्यान्वयन नभएका के हुने भन्ने बारेमा स्पष्ट हुने
· सम्झौतासम्बन्धी कागजातलाई दुवै पक्षका बीचमा हस्तान्तरण गर्ने ।
·
नेपालमा वार्ता तथा सम्झौताका समस्या एवं समस्या समाधानका लागि सुझावहरू :
वार्ता तथा सम्झौताका समस्याहरू
प्रणालीगत समस्या
· सम्झौता गर्ने राष्ट्रिय निकाय छैन ।
· संस्थागत संस्मरणप्रणाली छैन ।
· निरन्तरताको अभाव छ ।
· सरोकारवालाबीच समन्वय छैन ।
· दीर्घकालीन रणनित छैन ।
· कार्यान्वय पक्षको अनुगमन र मूल्याङ्कननगर्ने ।
प्राविधिक समस्या
· कमजोर तयारीका साथै भाषामा कमजोरी ।
· वार्ताका लागि उपयुक्तस्थान चयन गर्न नसक्नु ।
· Note Taking and Drafting
यसका साथै
X अरूलाई बुझ्ने प्रयास
नगर्ने
X Negotiator लाई तालिम छैन ।
X दक्ष जनशक्ति छैन , जिम्मेवारीबोधको अभाव छ ।
X विषयवस्तुको
ज्ञान कम छ
।
x विपक्षीको रणनीति बुझ्न नसक्ने ।
x विज्ञको सहयोग नलिने । सूचनाको अभाव छ ।
x Aphorism हाबी छ
।
वार्ता
तथा सम्झौताका समस्या
समाधानका लागि सुझावहरू
संस्थागत तथा प्रणालीगत सुधार
· प्रणाली विकास गर्ने ।
· परराष्ट्र मन्त्रालय , वाणिज्य मन्त्रालयलाई सशक्तीकरण र प्रभावकारीता विकास गर्ने ।
· अन्तरमन्त्रालय समन्वय गर्ने ।
· वार्ताकारलाई सम्पूर्ण अधिकार र जिम्मेवारी दिने ।
· संस्थागत संस्मरणप्रणाली विकास गर्ने ।
प्राविधिक तथा दक्षता अभिवृद्धिमा सुधारः
· व्यापक तयारी गर्ने ।
· पर्याप्त ज्ञान र छलफल गर्ने ।
· उपयुक्त हुने रणनीतिको पहिचान गर्ने ।
· भाषागत् दक्षता बढाउने ।
· वार्ताका सीमासँग परिचित हुने ।
· अघिल्ला अभिलेख सुरक्षितराख्ने ।
· सम्झौता सीपको विकास गर्ने ।
· कार्यान्वयनको पक्षको अनुगमन र मूल्याङ्कनर प्रतिवेदन गर्ने
·
सामाजिक विवाद वा द्वन्द्व समाधानका लागि वार्ता र सम्झौताको सान्दर्भिकता
सामाजिक विवाद वा इन्द्व समाधानका लागि वार्ता वा सम्झौता सर्वोत्तम उपाय हो । यसबाट क्षति कम हुनुकासाथै दुवैपक्षलाई मान्य हुने अवस्थाको सिर्जना गर्न सकिन्छ । समाजका द्वन्द्वरत पक्षहरूले एक आपसमा छलफल वा वार्ता गरी कुनै निष्कर्षमा पुगेमा त्यसको पालना दुवै पक्षबाट गराउनसमेत सजिलो हुने र आपसमा सहमति भएको विषयको पालनाका लागि दुवै पक्षले जोड दिने भएकाले फेरी द्वन्द्व सिर्जना हुने अवस्थाको य हुन सक्दछ । सामाजिक विवाद र द्वन्द्व समाधानका लागि वार्ता र सम्झौताको सान्दर्भिकतालाई निम्नानुसार औं ल्याउनसकिन्छः
· न्यायपूर्ण वितरणप्रणाली अवस्थाकायम हुन्छ ।
· स्थानीयस्तरमा नै लोकतान्त्रिक मूल्यमान्यताको प्रवर्द्धन गर्न सहयोग पुग्दछ ।
· जनधनको क्षति कम हुन सक्दछ ।
· विभिन्न पक्षहरूबीच असन्तुष्टिकम गर्न सहयोग पुग्दछ ।
· सहभागितामूलकसमस्या समाधान प्रणालीको विकास हुन्छ ।
· स्थानीय समुदायको स्वार्थको रक्षा गर्न सकिन्छ ।
· हिंसाघट्न गई शान्ति सुरक्षाको स्थितिमा सुधार आउँछ ।
· सामाजिक सदभाव र सहीष्णु तामा सकारात्मक प्रभाव पर्दछ ।
· राज्यको सुरक्षा खर्चमा कमी आउँछ , बचत रकम विकास निर्माणको कार्यमा खर्च गर्न सकिन्छ ।
· समाजमा मेलमिलापको वातावरण सिर्जना हुन सक्दछ ।
· गरिब तथा पिछडिएका वर्गहरूको संरक्षण हुन सक्दछ ।
· सामाजिक इन्द्रबाट अवाञ्छित फाइदा लिन खोज्ने तत्वको चलखेलमा कमी आँउछ ।
· समाजका सबै नागरिकहरूका अधिकारमा समान पहुँच र पहिचान कायम हुन सक्दछ ।
अन्त्यमा,
वर्तमान समयमा सामाजिक विवाद वा इन्द्व समाज विकासका लागि , सामाजिक परिवर्तनका लागि, समाजमा गतिशीलता र नवीनता ल्याउनका लागि अपरिहार्य छ । यसको अभावमा समाज यथास्थितिमा नै रहने र कतिपय सन्दर्भमा समाजमा अनेक किसिमका विभेद तथा असमानता र थिचोमिचोसमेत कायमै रहने भएकाले निश्चित हदसम्मको द्वन्द्व सामाजिक रूपान्तरणका लागि आवश्यक हुन्छ । तर इन्द्वको सही व्यवस्थापन हुन नसकेमा त्यसले ल्याउन सक्ने नकारात्मक परिणामतर्फ पनि समयमै सचेत हुन आवश्यक छ । सामाजिक विवाद समाधानका लागि विभिन्न रणनीति हुने भएता पनि वार्ता तथा सम्झौता नै विवाद समाधानको उपयुक्त रणनीति हो । यसबाट एकातिर इन्द्वरत • पक्षहरूकाबीचमा जित जितको अवस्थाको सिर्जना गर्न सकिन्छ भने अर्कोतिर विवादको शान्तिपूर्ण समाधान भएमा सम्भावित क्षतिसमेत कम हुन सक्दछ । वार्ताको निष्कर्षलाई सम्झौतामा रूपान्तरण गर्दा दुवै पक्षले स्वामित्व बोध गर्ने र उक्त सम्झौताको कार्यान्वयनका लागि प्रयास गर्ने भएकाले सम्झौता कार्यान्वयनको सम्भावनासमेत अत्यन्तै धेरै हुन्छ । तसर्थ , सामाजिक असन्तुष्टिको निराकरण गरी समाज विकासमा सकारात्मक परिणाम आउने अवस्थाको सिर्जना गर्नमा वार्ता तथा सम्झौताले खेल्न सक्ने अहम् भूमिकालाई नकार्न सकिँदैन । नेपालमा सामाजिक तथा राजनीतिक विवाद र द्वन्द्व समाधानका लागि विगतमासमेत यही उपाय अपनाइएको र वर्तमान समयमा पनि विभिन्न सामाजिक विवादको समाधानका लागि वार्ता र सम्झौतामा नै बढी जोड दिने गरिएबाट यसको महत्वलाई बुझ्न सकिन्छ ।
गोबिन्दप्रसाद रिजाल ' लेखक नेपाल सरकारका उपसचिव (गृह मन्त्रालय) हुनुहुन्छ ।

0 Comments