सार्वजनिक सेबामा प्रबेश गर्न चाहनेहरुलाई हाद्धिक स्वागत छ । समसामयिक बिषय/hot-posts

सामाजिक विवाद र द्वन्द्व

सामाजिक विवाद  द्वन्द्व

विवाद द्वन्द्व समाधानका लागि वार्ता सम्झौता सीपको सान्दर्भिकता  

 

. द्वन्द्व

सामान्य बुझाइमा द्वन्द्व तनाव वा संर्घषको अवस्था हो द्वन्द्वको शाब्दिक अर्थ झगडा , मनमुटाव , मनोमालिन्य हो दुई वा सोभन्दा बढी पक्षहरूबीच विचार , दृष्टिकोण , आवश्यकता , मूल्यमान्यता , चिन्तन आदिमा हुने भिन्नताका कारणले उत्पन्न हुने बेमेलको अवस्था नै द्वन्द्व हो अर्काको स्वार्थ , लक्ष्य , उद्देश्य प्राप्त हुन नदिनु नै द्वन्द्व हो द्वन्द्व विभिन्न पक्षहरूबिचको प्रतिद्वन्द्विताको अवस्था हो

द्वन्द्वको अवधारणा :

द्वन्द्वको सम्बन्धमा विभिन्न प्रकारका अवधारणाहरू रहेको पाइन्छ सुरुमा द्वन्द्वको बारेमा नकारात्मक अवधारणा रहेकोमा विस्तारै सकरात्मक अवधारणा विकास हुँदैआएको अहिले आएर द्वन्द्वलाई अपरिहार्यरूपमा लिन थालिएको द्वन्द्वको अवधारणाको विकासक्रमलाई निम्नानुसार बुझ्न सकिन्छ

·         परम्परागत अवधारणा ( ३० भन्दा अघि ) : - खराब हो , विनाश निम्त्याउँछ व्यवस्थापनको असक्षमताबाट आँउछ रोक्नु पर्दछ

·         मानवसम्बन्ध अवधारणा ( ९३०-१९ ७० सम्म ) : - स्वभाविक , सिर्जनात्मक हुन्छ सामना गर्नुपर्छ

·         अन्तरक्रियात्मक अवधारणा ( ७० भन्दा पछि ) : - निश्चित हदसम्म प्रोत्साहित गर्नुपर्छ साङ्गठनिक गतिशीलताका लागि आवश्यक

द्वन्द्वका विशेषताहरू :

·         तनाव सङ्घर्षको अवस्था हो

·         सामान्यतया दुई वा सोभन्दा बढी पक्षको संलग्नता हुन्छ

·          समाजको अभिन्न पक्ष हो

·         सकारात्मक नकारात्मक परिणाम दिन सक्छ

·         समस्या होइन , चुनौतीको रूपमा ग्रहण गरिनु पर्दछ

 

 द्वन्द्वका तह :

सानो तहको द्वन्द्व ( Micro level ) - व्यक्ति व्यक्तिबीच हुने

मझौला तहको द्वन्द्व ( Meso level ) समूह , सङ्गठन कार्यालयबीच हुने

बृहत् द्वन्द्व ( Macro level ) - राष्ट्र राष्ट्र , पार्टी - पार्टीबीच हुने

 

द्वन्द्वका कारण :

मानवशास्त्रीको दृष्टिकोणमा द्वन्द्व समाज संस्कृतिका बीचको विभेदको उपज हो भने अर्थशास्त्रीका दृष्टिकोणमा दुर्लभ स्रोतसाधनको बाँडफाँडमा हुने प्रतिस्पर्धाको उपज हो त्यसैगरी , मनोवेत्ताका दृष्टिकोणमा द्वन्द्व सामूहिक व्यक्तिगत हितको परिधिमा रहेको विभेदको अवस्था हो भने राजनीतिज्ञको धारणामा राजनीतिक सोचमा रहने भिन्नता नै द्वन्द्वको कारक हो सामान्यतया द्वन्द्व सिर्जना हुनमा निम्न कारणहरू जिम्मेवार भएको देखिन्छ

सामाजिक कारणः सामाजिक पहिचानको अभाव , असमानता विभेदका कारण

आर्थिक कारण : आर्थिक स्रोतको असमान वितरणका कारण

राजनीतिक कारण : फरक राजनीतिक विचारधाराका कारण

मनोवैज्ञानिक कारणः व्यक्तिको सोचाई , महत्वकांक्षा उद्देश्यमा विभिन्नता हुने कारण

 

द्वन्द्वका सकारात्मक पक्षहरू :

सधैँ सबै अवस्थामा द्वन्द्वले नकारात्मक परिणाम मात्र दिँदैन कतिपय अवस्थामा यसले दिने परिणाम सकारात्मक पनि हुन सक्दछ द्वन्द्वले दिने सकरात्मक परिणामलाई निम्नानुसार दिइएको छः

द्वन्द्व समाजमा परिवर्तन , गतिशीलता , नवीनता सुधारकालागि अनिवार्य

व्यक्तिगत बौद्धिक वृद्धिलाई प्रोत्साहन गर्छ

अवसरको सिर्जना गराउँछ

इन्द्वले घनिष्टता बढाउँछ

प्रविधिक विकासलाई निकास दिन्छ

नयाँ सोचाइको विकास हुन्छ

समस्याको समयमै समाधान हुन्छ

 • नेतृत्वको क्षमता परीक्षण हुन्छ।

 ● सिर्जनशीलता बढाउँछ

सही निर्णय हुन सक्छ

 

द्वन्द्वका नकारात्मक पक्षहरू :

सामान्यतया द्वन्द्वले निम्नानुसारका नकारात्मक परिणामसमेत दिने गर्दछः

·         स्रोतसाधनको दुरूपयोग हुन्छ

·         समाजमा असन्तुष्टिबद्छ

·         कटुता असमझदारी बढ्छ

·         समाजको ख्याति घट्छ

·         धनजनको क्षति हुन सक्छ

·         तनाव नकारात्मक सोचको विकास हुन्छ

·         समाज विकासको गतिमा अवरोध खडा हुन्छ

 

  . सामाजिक विवाद वा द्वन्द्व

समाजमा बसोबास गर्ने दुईवा सोभन्दा बढी व्यक्ति वा समूहबीच विचार आवश्यकता स्वार्थमा हुने विभिन्नताका कारणबाट विवाद वा झगडा हुनु नै सामाजिक विवाद वा द्वन्द्व हो द्वन्द्व पक्षहरूबीच मतभेदको अवस्था हो द्वन्द्व समाजको अभिन्न अङ्ग हो समाज परिवर्तनको आधार कारक हो निश्चित हदसम्मको द्वन्द्व समाजमा परिवर्तन , गतिशीलता , नवीनता सुधारका लागि अनिवार्य कार्ल मार्क्सका अनुसार समाजमा विद्यमान विभिन्न वर्गीय अवस्थाका कारण द्वन्द्व हुन्छ समाजमा Status , Power and Scarce Resource कोलागि हुने सङ्घर्षले सामाजिक द्वन्द्वको आधार तयार गर्दछ समाजका सदस्यहरूले समान हैसियतका लागि समान अधिकारका लागि विद्यमान स्रोतसाधनमा समान सहभागिताका लागि प्रयास गर्दछन् यदि त्यसमा कुनै कारणले विवाद भएमा त्यसको प्रतिकारस्वरूप समाजमा द्वन्द्वको सिर्जना हुन जान्छ सामाजिक द्वन्द्व समाजका सदस्यहरूले Bargaining का लागि गर्ने सङ्घर्ष हो सामाजिक विवाद वा द्वन्द्व समाज विकासका लागि आवश्यक सामाजिक द्वन्द्व पहिचान , सामाजिक न्याय समानतासँग जोडिने विषय पनि हो

 

समाजमा विभिन्न सोच , चिन्तन , विचारधारा , मूल्यमान्यता , सामाजिक - आर्थिक अवस्था वा आकाङ्क्षा बोकेका मानिसहरू रहेका हुन्छन् तिनको स्वार्थ , लक्ष्य आवश्यकतामा फरकपन रहन सक्दछ जसले समाजमा द्वन्द्वको सिर्जना गर्नमा बल पुन्याउँछ उनीहरूका बीचमा वैचारिक बेमेल वा असन्तुष्टिको अवस्था आउन सक्दछ विरोधाभास प्रकट हुन सक्दछ समाजमा हुने बेमेल एवम् विरोधाभासको अवस्था नै सामाजिक विवाद वा द्वन्द्व हो सामाजिक द्वन्द्व समाजको कुनै वर्ग , समूह , सम्प्रदाय व्यक्तिहरूबीच हुने अन्तरविरोधको अवस्था हो

 

यसको अलावा व्यक्तिको रुचि , स्वार्थ , शैक्षिकस्तर , मर्यादा , लक्ष्य , भूमिका , स्रोतसाधनको प्राप्ति , तिनीहरू माथिको पहुँच , पारिवारिक सामाजिक पृष्ठभूमि सामाजिक संरचना , मूल्यमान्यता , परम्परा , भाषा , संस्कृति , वर्गहरूको स्थापना , राजनीतिक चिन्तन विचारधारा , प्रतिस्पर्धा , हस्तक्षेप , सङ्गठनको विवाद समाधान गर्ने क्षमता , नीति , योजना , कार्यक्रमको अभाव , विभेदकारी कार्यशैली , विभेदकारी सरकारी नीति नियमहरू , राज्यको समाजलाई हेर्ने दृष्टिकोण , अर्थतन्त्रको अवस्था , अवसरहरूको उपलब्धता आदिलाई पनि समाजमा द्वन्द्व सिर्जना गर्ने स्रोतहरू / कारणहरूको रूपमा उल्लेख गर्न सकिन्छ

 

कहिलेकाहीँ सामाजिक विवाद द्वन्द्व शब्दलाई फरक - फरकरूपमा बुझ्ने गरिएको समेत पाइन्छ भने कतिपयले यसलाई समानार्थी शब्दको रूपमा लिएको देखिन्छ सामान्यतयाः विवाद तर्कसहितको वादविवाद हो विवाद विभिन्न पक्षहरू छलफलमा संलग्न हुनु वा पक्षहरूबीचको असहमति वा असन्तुष्टिको अवस्था हो विवाद प्रारम्भिक तहको द्वन्द्व हो यो द्वन्द्वको सुरुवात पनि हो सामान्य विवादहरू बढ्दै गएमा बृहत् तहको द्वन्द्वको सिर्जना हुन सक्छ प्रस्तुत लेखमा सामाजिक द्वन्द्व विवादलाई समान अर्थमा बुझ्ने प्रयास गरिएको

 

सामाजिक विवाद वा द्वन्द्वका तहहरू :

सामाजिक विवाद वा द्वन्द्वका तहहरूलाई निम्नानुसारबुझ्न सकिन्छः

·         समाजका सदस्यहरूको बीचको सामान्य विवाद वा द्वन्द्वः यो सामाजिक द्वन्द्वको सुरुवातको चरण हो यसमा द्वन्द्वरत पक्षहरूका बीचमा सामान्य विवाद वा मनमुटावको अवस्था विद्यमान हुन्छ

·         सामाजिक हलचल वा सार्वजनिक प्रदर्शन : सामान्य विवाद बढ्दै गएमा त्यसले हडताल वा प्रदर्शनको रूप लिन सक्दछ

·         विभिन्न पक्षहरू मिलेर राज्यका विरुद्ध गरिने कानुनको अवज्ञाः यसमा असन्तुष्ट विभिन्न पक्षहरू मिलेर संयुक्तरूपमा कानुनको अवज्ञा गर्ने गर्न सक्दछन्

·         गृहयुद्ध ( Civil War ) : यो द्वन्द्वको उत्कर्षचरण हो यसमा विवादरत पक्षहरूको बीचमा युद्धको अवस्था सिर्जना हुन सक्दछ जसबाट देशमा गृहयुद्धको अवस्था आउँछ

सामाजिक विवाद सिर्जनाका कारणहरू :

सामाजिक विवाद वा द्वन्द्व सिर्जनाका कारणहरू समय परिस्थिति , प्रसंग , सामाजिक बनौट आदि अवस्थाका कारण फरक - फरक हुनसक्ने भएता पनि सामान्यतया निम्न कारणहरू सामाजिक विवाद वा द्वन्द्व सिर्जनाका लागि जिम्मेवार भएको पाइन्छ :

·         स्रोतसाधनको अपर्याप्तता

·         सीमित मानिसको मात्र स्रोत अवसरमा पहुँच

·         सामाजिक विभेद असमानता

·         समाजमा वर्गीय अवस्था विविधता व्यवस्थापनको विद्यमान अवस्था

·         जातीय वा धार्मिक थिचोमिचो जातीय सफायाको अवस्था

·         जात , धर्म , वर्ण लिङ्ग , मजदुर मालिक , धनी वा गरिब , विचारमा विभिन्नता आदि आधारमा

·         अधिकार वितरणमा असमानता

·          पहिचानको सवाल

·         अहम् प्रभुत्वकायम गर्न चाहने सोच

·         घृणावा अपहेलनाको विद्यमानता

·         विवाद समाधान गर्ने वा मध्यस्थता गर्ने सङ्गठनको अप्रभावकारिता

·         अपराधको विद्यमानता

·         सामाजिक चेतना बढेका कारण

·         विभेदकारी नीतिको विद्यमानता

 

 सामाजिक विवाद वा द्वन्द्वले ल्याउने परिणामहरू :

 

सामाजिक विवाद वा द्वन्द्वले सकरात्मक वा नकारात्मक कस्तो परिणाम दिन्छ भन्ने कुरा त्यसको समाधान वा व्यवस्थापन कसरी गरिन्छ भन्ने कुरामा भर पर्दछ यदि विवादको सहीरूपमा निरूपण गर्न सकिएमा त्यसको परिणाम पनि सकारात्मक प्रतिफल दिने खालको हुन्छ भने व्यवस्थापन गर्न नसकेको अवस्थामा त्यसले पुयाउने क्षति बढी हुन सक्दछ तसर्थ विवाद वा द्वन्द्वको सही व्यवस्थापन नै यसको परिणामको कारक आधार हो यसका सकारात्मक तथा नकारात्मक परिणामलाई निम्नानुसारवर्णन गर्न सकिन्छ

सकारात्मक परिणाम :

·         सामाजिक समस्या समाधानमा सहयोग पुग्छ

·         सही निर्णय हुन सक्छ

·         सामाजिक विभेद , विकृति रुढीवादको अन्त्य गर्न सहयोग गर्दछ

·         कमी कमजोरीको सुधारहुन्छ

·         सामाजिक नेतृत्वकोविकास हुन सक्दछ

·         Confusion and rumor कम गर्न सहयोग गर्दछ

·         सामाजिक परिवर्तन ल्याउन सक्दछ

·         स्थानीयस्तरको स्रोतसाधनको दुरूपयोगरोक्ने

 

 

 

नकारात्मक परिणाम :

·         जनधनको क्षति हुन सक्दछ

·         हिंसा बढ्न सक्छ शान्ति सुरक्षामा ह्रास आउँछ

·         समाजमा बेमेलको वातावरण सिर्जना हुन सक्दछ

·         सामाजिक सदभाव सहीष्णुतामा नकारात्मक असर गर्दछ

·         राज्यको सुरक्षा खर्च बढाउछ जसले गर्दा विकास कार्य प्रभावित हुन्छन्

·         बदलाको भावनाको विकास हुन सक्छ

·         आफ्नो स्वार्थ पूरागर्न चाहनेको घुसपैठर चलखेल बढ्न सक्छ

·         पूर्वाधारमा क्षति हुन सक्छ

·         गरिब तथा पिछडिएकावर्गहरू बढी प्रभावित हुन सक्दछन्

 

 सामाजिक विवाद समाधानका उपायहरू :

·         समाजमा विवाद आउनका कारणहरू पहिचान गर्ने

·         द्वन्द्व व्यवस्थापनका उपयुक्त रणनीति अवलम्बन गर्ने

·          सामाजिक परिवर्तनका कार्यक्रमहरू सञ्चालन गर्ने

·          द्वन्द्व वा विवादको Gravity कति भन्ने पत्ता लगाउने

·         वार्ता वा सम्झौतामा जोड दिने

·         सामाजिक जिम्मेवारीको सबैले पालना गर्ने

·         विभिन्न छलफल तथा अन्तरक्रियाको माध्यमबाट सामाजिक चेतना बढाउने

·         सामाजिक विवादमा मध्यस्थता गर्ने संयन्त्रको निर्माण गर्ने * विभेदर विकृतिको नियन्त्रण गर्ने

·         समान पहिचान, सबैमा समान व्यवहार अवसरको समानुपातिक वितरण

·          मानव अधिकारको प्रवर्द्धन गर्ने

·         Compensation and Remedy को व्यवस्था गर्ने

·          द्वन्द्व व्यवस्थापनमा संलग्न निकायहरूको क्षमता अभिवृद्धि गरी प्रभावकारी बनाउने

·         समाजमा पुनर्मिलनकाकार्यक्रमहरू सञ्चालन गर्ने

·         समाजमा सबैको समान पहिचान हैसियत स्थापित गर्ने

·         समाजका अगुवाहरूले अग्रसरता देखाउने

·         व्यक्तिगत स्वार्थभन्दा बृहत् स्वार्थलाई महत्व दिने

 

नेपालमा सामाजिक विवाद वा द्वन्द्व समाधानका लागि भएका व्यवस्थाहरू :

नेपाल विविधतायुक्त देश हो नेपालमा विभिन्न जातजातिहरू , भाषाभाषीहरूका बीचमा उठेका उठ्न सक्ने विवादको निराकरणका लागि विभिन्न प्रकारका नीतिगत , संस्थागत कार्यक्रमगत प्रयास वा व्यवस्थाहरू गरिएको कतिपय अवस्थामा समाजका अगुवाहरूले समेत सामाजिक विवादको व्यवस्थापनमा अहम् भूमिका खेलेको पाइन्छ जसलाई निम्नानुसार औल्याईएको छः

 अन्तरिम संविधान , २०६३ मा भएका व्यवस्थाहरू :

·         राज्यको पुनर्संरचनागरिदै छा

·         विभिन्न प्रकारका विभेद असमानताको अन्त्य गर्ने प्रयास गरिएको

·         राष्ट्रिय एकता अखण्डतामा जोड दिइएको

·         मौलिक हकको माध्यमबाट सबैको संरक्षण गरी सामाजिक द्वन्द्वको सिर्जना हुन नदिने कल्पना गरिएको

·         राज्यको नीतीबाट संरक्षणको प्रयास

·         राज्यको दायित्वमा, सबै विभेदकारी कानुनको अन्त्य गर्ने ।,  द्वन्द्व प्रभावितलाई उचित राहत , सम्मान तथा पुनर्स्थापनागर्ने ।,  उच्चस्तरीय सत्य निरुपण तथा मेलमिलाप आयोग गठन गर्ने

 

सामाजिक विवाद तथा द्वन्द्व समाधानका सहयोगी ऐन कानुनहरू 

·         लक्षितका उत्थान विकाससँग सम्बन्धित ऐन कानुनहरू

·         कमैया श्रमलाई निषेध गर्ने सम्बन्धी ऐन , २०५८

·         घरेलु हिंसा ( कसुर सजाय ) ऐन , २०६६ नियमावली २०६७

·         लैंगिक हिंसाविरुद्धको राष्ट्रिय कार्ययोजना , २०६

·         छुवाछुत ( कसुर तथा सजाय ) नियन्त्रण ऐन , २०६८

·         मध्यस्थता ऐन , २०५५

·         UN को सुरक्षा परिषदको प्रस्ताव नं . १३२५ १८२०

·          सत्य निरूपण तथा मेलमिलापको अध्यादेश , २०६

·         शान्ति तथा पुननिर्माण मन्त्रालयबाट तर्जुमा भएका करिब वटा निर्देशिका तथा कार्यविधिहरू

 

 आवधिक योजना बजेटमा भएका व्यवस्थाहरू :

·         समावेशी विकास समन्यायिक वितरण प्रणालीको विकास गर्दै लगिने

·         लक्षित समूहहरूका लागि सामाजिक संरक्षण समानताका कार्यक्रमहरू

·         लैंगिक तथा जातीय हिंसा न्यूनीकरणमा जोड दिइएको

·         द्वन्द्व प्रभावितहरूको व्यवस्थापन

 

 

सञ्चालित विभिन्न क्रियाकलापहरू :

·          छुवाछुत तथा हिंसा विरुद्धका जनचेतना कार्यक्रमहरू

·         विभिन्न दण्डात्मक उपायहरू

·         भाषा , कला , संस्कृतिको पहिचान संरक्षणका कार्यक्रमहरू

·         सबै जातिका चाडपर्वमा बिदा दिने चलन ,

·         स्थानीयस्तरमा पुनर्मिलनका कार्यक्रमहरू

·         मुखिया तथा बडाघर प्रथाबाट विवाद समाधान तथा मध्यस्थता

·         सहभोजलगायतका कार्यक्रमहरू

सम्बद्ध निकायहरूः

·         विभिन्न तहका अदालतहरू

·         राष्ट्रिय मानवअधिकार आयोग मातहत कार्यालयहरू

·         शान्ति मन्त्रालय तथा स्थानीय शान्ति समितिहरू

·         जिल्ला प्रशासन कार्यालय तथा सुरक्षा निकायहरू

·         स्थानीय निकायहरू

·         समाजका अगुवाहरू

·         स्थानीय पारालिगल समिति

·         नेपाल रेडक्रस सोसाइटीलगायतका सङ्घ / संस्थाहरू

  . सामाजिक विवाद वा द्वन्द्व समाधानका लागि वार्ता तथा सम्झौता

वार्ता : दुई वा दुईभन्दा बढी पक्षका बीचमा कुनै उद्देश्य प्राप्तिका लागि गरिने छलफल तथा सम्वादलाई वार्ता भनिन्छ वार्ता उद्देश्यमूलक हुन्छ कुनै विवाद तथा समस्या समाधानका लागि गरिन्छ वार्ता विवाद समाधान गर्ने माध्यम हो वार्ता द्वन्द्व रूपान्तरणको माध्यम हो

सम्झौता: वार्ता पछिको निष्कर्षमा पुग्ने काम सम्झौता हो वार्ताका पक्षहरूलाई मान्य हुने निष्कर्ष पहिचान गर्नु त्यही निष्कर्षको आधारमा सहमतिमा पुग्ने काम नै सम्झौता हो सबै वार्ताहरू सहमतिमा नटुंगिने भएकाले वार्ता पछिको परिणामलाई दुवै पक्षले स्वीकार गरी साझा सहमतिमा पुग्ने काम नै सम्झौता हो वार्ता भनेको प्रक्रिया हो भने सम्झौता त्यसको परिणाम हो

वार्ताका उद्देश्यहरू : मुठभेद युद्ध हिंसा तिरस्कारलाई रोकी शक्तिलाई सिर्जना , विकास सदभाव सशक्तीकरणमा परिवर्तन गर्नु नै वार्ताको प्रमुख उद्देश्य हो यसका अतिरिक्त

·         विवादरत पक्षहरूबीच कुनै विषयवस्तुमा कुराकानी गर्नु

·         सहमति बिमतिका बुँदाहरू आदान - प्रदान गर्नु

·         सफल परिणाम निकाल्नु

·         विवादको विषयको बारेमा छलफल गर्नु

·         सामाजिक समस्याको समाधान गर्नु

·         समाजमा सदभाव सहीष्णु ता कायम गराउन भूमिका खेल्ने

·         स्रोतसाधनको सदुपयोगकोवातावरण बनाउने

·         सामाजिक विवादबाट हुनसक्ने धनजनको क्षति कम गराउनु

·         प्रजातान्त्रिक मुल्यमान्यतालाई Promote गर्ने  

 

वार्ताका प्रकारहरूः

·         औपचारिक तथा अनौपचारिक वार्ता

·         द्विपक्षीय तथा बहुपक्षीय वार्ता

·         ससर्त तथा निसर्त वार्ता

·         प्रत्यक्ष तथा अप्रत्यक्ष वार्ता

·         नियमित तथा आकस्मिक वार्ता

 

वार्ताका चरणहरू :

सामान्यतया वार्ताका लागि तल उल्लेख भए अनुसारका चरणहरू हुने गर्दछन् :

·         वार्ताको लागि तयारी गर्ने

·         आवश्यक रणनीति विकास गर्ने

·         वार्ताको सुरुवात गर्ने

·         Understanding विकास गर्ने

·         सौदाबाजी (Bargaining) गर्ने

·         सहमतिका विषयमा सम्झौता गर्ने

·         वार्ताको अन्त्य गर्ने

·         सहमतिको कार्यान्वयन गर्ने

 

 वार्ताका रणनीतिहरू :

वार्तामा कुन शैली अपनाउने भन्ने कुरा द्वन्द्वरत पक्षको अवस्था , क्षमता , माग अर्को पक्षले लिएको रणनीतिको आँकलनजस्ता कुरामा भर पर्दछ अर्को पक्षले कस्तो रणनीति अपनाएको आफूले कुन रणनीति अपनाउने भन्ने कुराको सही अनुमान गर्न नसकेमा वार्ताबाट सही उपलब्धि हासिल गर्न सकिँदैन तसर्थ विपक्षीको रणनीतिको सही आँकलन गरी उपयुक्त रणनीति अपनाउन सकेमा मात्र आफ्नो स्वार्थको रक्षा गर्न सकिन्छ आवश्यकता वस्तुस्थितिको विश्लेषणको आधारमा तल उल्लिखित रणनीति अपनाउन सकिन्छ

·         Avoiding- पन्छाउने

·         Compromising- सहमति कायम गर्ने

·         Competing- दबाउने  

·         Collaborating- साझेदारी गर्ने

·         Accommodating- समर्पण गर्ने ®

 

असल वार्ताकारमा हुनुपर्नेगुणहरू

वार्ता कला हो भने सम्झौता क्षमता हो तसर्थ असल वार्ताकारले वार्ता गर्दा कस्तो रणनीति अपनाउने वा वार्ता गर्न सक्ने कला क्षमता कति भन्ने कुराले कुनै वार्ताकार असल वार्ताकार हो वा होइन भन्ने कुराको निक्र्यौल गर्दछ उद्देश्यमा स्पष्टता , राम्रो तयारी समस्या समाधानप्रतिको सकारात्मक सोच नै वार्ताको सफलताका आधारहरू हुन् त्यस्तैगरी वार्तापछि पनि आएको निष्कर्षलाई सहमतिमा पुगेर लिपिबद्ध गरेर दुवै पक्षलाई मान्य हुने खालको सम्झौता पनि गर्नु पर्दछ सोको कार्यान्वयन पनि आवश्यक हुन जान्छ वार्ताकारमा हुनुपर्ने वार्ता तथा सम्झौताका सीपहरू निम्नानुसार हुन सक्दछन्

 

 वार्तासम्बन्धी सीपहरू :

·         विषय वा समस्याको पर्याप्त ज्ञान भएको

·         समस्याको पहिचान विश्लेषण गर्न सक्ने

·          दुवैपक्षका लागि Win - Win हुने परिणामको खोजी गर्ने

·         समस्या सुल्झाउनसम्झौता गर्न तयार हुने

·         विभिन्न प्रकारको तनाव बहन गर्न सक्ने धैर्यवान

·         निर्णय सम्झौता गर्ने अधिकार भएको

·         Situation लाई Handle गर्न सक्ने

·         अर्को पक्षको कुरा सुन्नसक्ने

·         Strategic Vision भएको

·         वार्ता तथा सम्झौताका सिद्धान्तहरूको बारेमा जानकारी भएको

·         अर्काको कुरा ध्यान दिएर सुन्नसक्ने

·         राम्रो सञ्चार सीप भएको

·         अर्काको भावना बुझ्ने सम्मान गर्ने

·         Positive Attitude भएको

 

 

सम्झौतासम्बन्धी सीपहरू :

·         सहमतिका विषयको मस्यौदा तयार गर्ने व्यक्तिको सही छनौट गर्ने

·         सहमति भएका बुँदा मात्र सम्झौतामा समावेश गर्ने

·         सरल बुझ्ने भाषाको प्रयोग गर्ने

·         महत्वपूर्ण बुँदालाई अगाडि राख्ने

·         जटील द्विअर्थी शब्दको व्याख्या गर्ने

·         सहमति कार्यान्वयनको कार्ययोजना बनाउने

·         कार्यान्वयन अनुगमन संयन्त्रको निर्माण गर्ने

·         सम्झौता कार्यान्वयन नभएका के हुने भन्ने बारेमा स्पष्ट हुने

·         सम्झौतासम्बन्धी कागजातलाई दुवै पक्षका बीचमा हस्तान्तरण गर्ने

·          

नेपालमा वार्ता तथा सम्झौताका समस्या एवं समस्या समाधानका लागि सुझावहरू :

वार्ता तथा सम्झौताका समस्याहरू

 प्रणालीगत समस्या

·         सम्झौता गर्ने राष्ट्रिय निकाय छैन

·         संस्थागत संस्मरणप्रणाली छैन

·         निरन्तरताको अभाव

·         सरोकारवालाबीच समन्वय छैन

·         दीर्घकालीन रणनित छैन

·         कार्यान्वय पक्षको अनुगमन मूल्याङ्कननगर्ने

 

प्राविधिक समस्या

·         कमजोर तयारीका साथै भाषामा कमजोरी

·          वार्ताका लागि उपयुक्तस्थान चयन गर्न नसक्नु

·         Note Taking and Drafting

 

यसका साथै

अरूलाई बुझ्ने प्रयास नगर्ने

X  Negotiator लाई तालिम छैन

 X दक्ष जनशक्ति छैन , जिम्मेवारीबोधको अभाव

X विषयवस्तुको ज्ञान कम

विपक्षीको रणनीति बुझ्न नसक्ने

विज्ञको सहयोग नलिने सूचनाको अभाव

x  Aphorism हाबी

 

 

 वार्ता तथा सम्झौताका समस्या समाधानका लागि सुझावहरू

संस्थागत तथा प्रणालीगत सुधार

·         प्रणाली विकास गर्ने

·         परराष्ट्र मन्त्रालय , वाणिज्य मन्त्रालयलाई सशक्तीकरण प्रभावकारीता विकास गर्ने

·         अन्तरमन्त्रालय समन्वय गर्ने

·         वार्ताकारलाई सम्पूर्ण अधिकार जिम्मेवारी दिने

·         संस्थागत संस्मरणप्रणाली विकास गर्ने

 

प्राविधिक तथा दक्षता अभिवृद्धिमा सुधारः

·         व्यापक तयारी गर्ने

·          पर्याप्त ज्ञान छलफल गर्ने

·         उपयुक्त हुने रणनीतिको पहिचान गर्ने

·         भाषागत् दक्षता बढाउने

·         वार्ताका सीमासँग परिचित हुने

·         अघिल्ला अभिलेख सुरक्षितराख्ने

·         सम्झौता सीपको विकास गर्ने

·         कार्यान्वयनको पक्षको अनुगमन मूल्याङ्कनर प्रतिवेदन गर्ने

·          

सामाजिक विवाद वा द्वन्द्व समाधानका लागि वार्ता सम्झौताको सान्दर्भिकता

सामाजिक विवाद वा इन्द्व समाधानका लागि वार्ता वा सम्झौता सर्वोत्तम उपाय हो यसबाट क्षति कम हुनुकासाथै दुवैपक्षलाई मान्य हुने अवस्थाको सिर्जना गर्न सकिन्छ समाजका द्वन्द्वरत पक्षहरूले एक आपसमा छलफल वा वार्ता गरी कुनै निष्कर्षमा पुगेमा त्यसको पालना दुवै पक्षबाट गराउनसमेत सजिलो हुने आपसमा सहमति भएको विषयको पालनाका लागि दुवै पक्षले जोड दिने भएकाले फेरी द्वन्द्व सिर्जना हुने अवस्थाको हुन सक्दछ सामाजिक विवाद द्वन्द्व समाधानका लागि वार्ता सम्झौताको सान्दर्भिकतालाई निम्नानुसार औं ल्याउनसकिन्छः

·         न्यायपूर्ण वितरणप्रणाली अवस्थाकायम हुन्छ

·         स्थानीयस्तरमा नै लोकतान्त्रिक मूल्यमान्यताको प्रवर्द्धन गर्न सहयोग पुग्दछ

·         जनधनको क्षति कम हुन सक्दछ

·          विभिन्न पक्षहरूबीच असन्तुष्टिकम गर्न सहयोग पुग्दछ

·          सहभागितामूलकसमस्या समाधान प्रणालीको विकास हुन्छ

·         स्थानीय समुदायको स्वार्थको रक्षा गर्न सकिन्छ

·         हिंसाघट्न गई शान्ति सुरक्षाको स्थितिमा सुधार आउँछ

·         सामाजिक सदभाव सहीष्णु तामा सकारात्मक प्रभाव पर्दछ

·         राज्यको सुरक्षा खर्चमा कमी आउँछ , बचत रकम विकास निर्माणको कार्यमा खर्च गर्न सकिन्छ

·          समाजमा मेलमिलापको वातावरण सिर्जना हुन सक्दछ

·         गरिब तथा पिछडिएका वर्गहरूको संरक्षण हुन सक्दछ

·         सामाजिक इन्द्रबाट अवाञ्छित फाइदा लिन खोज्ने तत्वको चलखेलमा कमी आँउछ

·         समाजका सबै नागरिकहरूका अधिकारमा समान पहुँच पहिचान कायम हुन सक्दछ

 

अन्त्यमा,

 वर्तमान समयमा सामाजिक विवाद वा इन्द्व समाज विकासका लागि , सामाजिक परिवर्तनका लागि, समाजमा गतिशीलता नवीनता ल्याउनका लागि अपरिहार्य यसको अभावमा समाज यथास्थितिमा नै रहने कतिपय सन्दर्भमा समाजमा अनेक किसिमका विभेद तथा असमानता थिचोमिचोसमेत कायमै रहने भएकाले निश्चित हदसम्मको द्वन्द्व सामाजिक रूपान्तरणका लागि आवश्यक हुन्छ तर इन्द्वको सही व्यवस्थापन हुन नसकेमा त्यसले ल्याउन सक्ने नकारात्मक परिणामतर्फ पनि समयमै सचेत हुन आवश्यक सामाजिक विवाद समाधानका लागि विभिन्न रणनीति हुने भएता पनि वार्ता तथा सम्झौता नै विवाद समाधानको उपयुक्त रणनीति हो यसबाट एकातिर इन्द्वरतपक्षहरूकाबीचमा जित जितको अवस्थाको सिर्जना गर्न सकिन्छ भने अर्कोतिर विवादको शान्तिपूर्ण समाधान भएमा सम्भावित क्षतिसमेत कम हुन सक्दछ वार्ताको निष्कर्षलाई सम्झौतामा रूपान्तरण गर्दा दुवै पक्षले स्वामित्व बोध गर्ने उक्त सम्झौताको कार्यान्वयनका लागि प्रयास गर्ने भएकाले सम्झौता कार्यान्वयनको सम्भावनासमेत अत्यन्तै धेरै हुन्छ तसर्थ , सामाजिक असन्तुष्टिको निराकरण गरी समाज विकासमा सकारात्मक परिणाम आउने अवस्थाको सिर्जना गर्नमा वार्ता तथा सम्झौताले खेल्न सक्ने अहम् भूमिकालाई नकार्न सकिँदैन नेपालमा सामाजिक तथा राजनीतिक विवाद द्वन्द्व समाधानका लागि विगतमासमेत यही उपाय अपनाइएको वर्तमान समयमा पनि विभिन्न सामाजिक विवादको समाधानका लागि वार्ता सम्झौतामा नै बढी जोड दिने गरिएबाट यसको महत्वलाई बुझ्न सकिन्छ

 गोबिन्दप्रसाद रिजाल ' लेखक नेपाल सरकारका उपसचिव (गृह मन्त्रालय) हुनुहुन्छ

 

 


 



            गोबिन्दप्रसाद रिजाल ' लेखक नेपाल सरकारका उपसचिव (गृह मन्त्रालय) हुनुहुन्छ

 

Post a Comment

0 Comments