सार्वजनिक सेबामा प्रबेश गर्न चाहनेहरुलाई हाद्धिक स्वागत छ । समसामयिक बिषय/hot-posts

संविधानमा शक्ति पृथकीकरण तथा नियन्त्रण र सन्तुलन

 

नेपालको वर्तमान संविधानमा शक्ति पृथकीकरण तथा नियन्त्रण सन्तुलनको व्यवस्था अभ्यास

                                                                                                                                       लेखक; बलराम थापा

शक्ति पृथकीकरण :

राज्यका तीन अंगहरूमा शक्ति तथा अधिकारको विभाजन गर्ने सिद्धान्त नै शक्ति पृथकीकरणको सिद्धान्त हो राज्यका अंगलाई निरंकुश हुनबाट बचाई नागरिक हितको रक्षा गर्न यस सिद्धान्तको विशेष महत्व रहन्छ नेपालको वर्तमान संविधान अनुसार शक्ति पृथकीकरणको अवस्था देहायबमोजिम रहेको उल्लेख गर्न सकिन्छ :

 कार्यकारिणी अधिकार कार्यपालिकामा

  • संघीय कार्यपालिका ( भाग , धारा ७४-८२ ) , प्रदेश कार्यपालिका ( भाग १३ , धारा १६२१७४ ) स्थानीय कार्यपालिका ( भाग १७ , धारा २१४-२२० ) गरी संघीय नेपालको तीन तहको कार्यपालिकाको व्यवस्था रहेको
  • संघीय कार्यकारिणी अधिकार धारा ७५ बमोजिम संघीय मन्त्रिपरिषदमा , प्रादेशिक कार्यकारिणी अधिकार धारा १६२ बमोजिम प्रदेश मन्त्रिपरिषद्मा स्थानीय कार्यकारिणी अधिकार धारा २१४ बमोजिम स्थानीय कार्यपालिकामा रहने गरी कार्यकारिणी अधिकारलाई पृथकीकरण गरिएको

विधायिकी अधिकार व्यवस्थापिकामा

  • संघीय व्यवस्थापिका ( भाग , धारा ८३-१०८ ) , प्रदेश व्यवस्थापिका ( भाग १४ , धारा १७५-१९ ) स्थानीय व्यवस्थापिका ( भाग १८ , धारा २२१-२२७ ) गरी संघीय नेपालको तीन तहको व्यवस्थापिकाको व्यवस्था रहेको
  • धारा १०७ बमोजिम संघीय विधायिकी अधिकार संघीय व्यवस्थापिकामा , धारा अनुसार प्रादेशिक विधायिकी अधिकार प्रदेश सभामा धारा २२६ अनुसार स्थानीय विधायिकी अधिकार स्थानीय व्यवस्थापिकामा रहने गरी विधायिकी अधिकारको पृथकीकरण गरिएको

न्यायिक अधिकार न्यायपालिकामा

  • वर्तमान संविधानको भाग ११ को धारा १२६-१५६ मा न्यायपालिका सम्बन्धी व्यवस्था रहेको धारा १२७ मा सर्वोच्च , उच्च जिल्ला गरी तीन तहको अदालत तथा न्यायिक संरचना हुने भनी उल्लेख गरिएको
  • धारा १२६ बमोजिम न्यायसम्बन्धी अधिकार अदालतबाट प्रयोग हुने व्यवस्था गर्दै न्यायिक अधिकारको पृथकीकरण गरिएको

नियन्त्रण सन्तुलन :

राज्यको एक अंगले अर्को अंगलाई नियन्त्रण गरी सन्तुलित शासन कायम गर्ने सिद्धान्त नै नियन्त्रण सन्तुलनको सिद्धान्त हो नेपालको वर्तमान संविधानमा राज्यका अंगहरूबीच देहाय बमोजिमको नियन्त्रण सन्तुलनको सिद्धान्त अनुरूप अन्तरसम्बन्ध कायम गरिएको :

कार्यपालिका व्यवस्थापिकाबीच :

  • राष्ट्रपतिले संघीय संसदको दुवै सदनको अधिवेसनको आव्हान अन्त्य गर्न सक्नेछ ( धारा
  • राष्ट्रपतिले संघीय संसदको दुवै सदनको बैठकलाई सम्बोधन गर्न सक्नेछ ( धारा )
  • मन्त्रिपरिषद्को गठन नै प्रतिनिधिसभाबाट हुने , ( धारा ७६ )
  • प्रधानमन्त्रीले प्रतिनिधिसभाबाट विश्वासको मत प्राप्त गर्नुपर्नेछ ( धारा ७६
  • प्रधानमन्त्री उपर प्रतिनिधिसभाले धारा १०० बमोजिम अविश्वासको प्रस्ताव तथा राष्ट्रपतिलाई धारा १०१ बमोजिम महाअभियोगको प्रस्ताव पारित गर्न सक्नेछ  
  • बजेट , अध्यादेश , संकटकालीन आदेश सन्धिसम्झौताको निर्माण पारितमा अन्तरसम्बन्ध रहे
    को
व्यवस्थापिका न्यायपालिकाबीच
  • सर्वोच्चको प्रधान तथा अन्य न्यायाधीसलाई प्रतिनिधिसभाले महाअभियोग लगाउन सक्नेछ ( धारा १०१ )
  •   नेपालको कुनै पनि अदालतमा विचाराधीन मुद्दा तथा न्यायाधीसको कर्तव्य पालनको सिलसिलामा न्यायिक कार्यको सम्बन्धमा संघीय संसदको कुनै पनि संसदमा छलफल गर्न पाइदैन ( धारा १०५ )
  • व्यवस्थापिकाबाट निर्मित कानूनको संवैधानिक परीक्षण न्यायपालिकाले गर्नसक्ने
  • सर्वोच्चको आदेश वा निर्देशन सबैले पालना गर्नुपर्ने
कार्यपालिका न्यायपालिकाबीच
  • सर्वोच्चले वार्षिक प्रतिवेदन राष्ट्रपति समक्ष पेश गर्ने ( धारा १३८
  • प्रधान न्यायाधीस न्यायाधीसका नियुक्ति सिफारिस गर्ने संवैधानिक परिषदमा प्रधानमन्त्री अध्यक्ष हुने ( धारा २८४ ) प्रधान न्यायाधीस अन्य न्यायाधीस रहने संवैधानिक इजलासले संघ , प्रदेश स्थानीय सरकारको क्षेत्राधिकारको विवाद बारे सुरू कारवाही किनारा गर्ने ( धारा १३७
  • मुद्दा मामिलाको रोहमा अदालतले दिएको आदेश निर्णयको सबैले पालन गर्नुपर्नेछ धारा १२६ (
  • मुद्दा मामिलाको रोहमा सर्वोच्चले गरेको संविधान , कानूनको व्याख्या तथा प्रतिपादन गरेको कानूनको सिद्धान्त सबैले पालन गर्नुपर्ने धारा १२८ (
  • राष्ट्रपति प्रधानन्यायाधीसले आपसमा सपथग्रहण गर्ने व्यवस्था  


शक्ति पृथकीकरण तथा नियन्त्रण र सन्तुलनको व्यवस्था


Post a Comment

0 Comments