सूचना व्यवस्थापन प्रणाली ( Management Informatin System ) परिभाषा दिदै यसका महत्वको बारेमा उल्लेख गर्नुहोस् ।
उत्तरः सूचना व्यवस्थापन प्रणाली :
·
संगठनको योजना तर्जुमा, निर्णय, समन्वय , अनुगमन , सुपरीवेक्षण
, नियन्त्रण , मूल्याङ्कन, समस्या समाधान जस्ता व्यवस्थापकिय क्रियाकलापहरुलाई सहज
र प्रभावकारी बनाउन सूचना तथ्याङको उद्देश्यपूर्ण संकलन, प्रशोधन, अभिलेख, भण्डारण
र उपयोगको सम्मको कार्यलाई सूचना व्यवस्थापन प्रणाली भनिन्छ ।
·
संगठनका विभिन्न कार्यका लागि आवश्यक तथ्यपरक , विश्वसनीय
एवं प्रशोधित सूचना तथा तथ्यांकड समयमा नै सहज ढंगले उपलब्ध गराउने व्यवस्थित संयन्त्र
लाई नै सूचना व्यवस्थापन प्रणाली भनिन्छ । संगठनका हरेक क्रियाकलाप निर्णयमा आधारित
हुने र निर्णयका हरेक प्रक्रिया सूचनामा आधारित हुने हुँदा सूचना व्यवस्थापनलाई संगठनको
मेरुदण्ड मानिन्छ ।
·
व्यवस्थापनलाई कार्य सम्पादनका क्रममा आवश्यक पर्ने
सूचना सहजरुपमा उपलब्ध गराउने पद्धतिलाई व्यवस्थापन सूचना प्रणाली भनिन्छ । यो तथ्याङ्क
संकलन , प्रशोधन , भण्डारण र तथ्याङ्कलाई उपयोगि सूचनामा रुपान्तरण र प्रयोगको कार्य
हो ।
·
संगठनका कार्य प्रणालीलाई दक्ष , मितव्ययी , तथा प्रभावकारी
तुल्याउनका लागि सूचनाको सूचनाको संकलन , प्रशोधन , भण्डारण तथा वितरणलागि सूचनाको
समूचित तथा व्यवस्थित प्रयोग गर्ने प्रणाली नै सूचना व्यवस्थापन प्रणाली हो ।
यसलाई विभिन्न
विद्वानहरुको परिभाषाबाट पनि प्रष्ट पार्न सकिन्छ :
Stoner ,
" यो एउटा यस्तो औपचारिक विधि हो जसले व्यवस्थापनलाई उपयुक्त समयमा सहि किसिमले
सूचना दिई निर्णय लिनमा सहयोग गरी संगठनको कार्यमा सजिलो गराउँदछ ।
"Griffin,"
व्यवस्थापन सूचना प्रणाली एउटा प्रणाली हो जसबाट वृहत तथ्यांक संकलन गर्ने र व्यवस्थापनलाई
उपयोगी हुने गरी यसलाई संगठित र संक्षेपिकरण गरी ती व्यवस्थापकहरुलाई आफ्ना कामका लागि
आवश्यक पर्ने सूचना प्रदान गर्दछ । ” अतः सूचना व्यवस्थापन एक पद्धति हो जसले संगठानिक
कृयाकलापको सहजिकरण गर्ने, सूचना तथा तथ्याङ्कको संकलन, प्रशोधन, अभिलेख, भण्डारण र
उपयोग गर्न सहयोग पुयाउँदछ । सूचना व्यवस्थापनलाई प्रभावकारी बनाउन सकेमा यसले व्यवस्थापकिय
कार्यसम्पादनमा सकरात्मक प्रभाव पार्दछ । अहिले सूचना व्यवस्थापनको कुरा गर्दा प्रविधिमा
आधारित सूचनालाइ बुझिने गरिन्छ ।
सूचना व्यवस्थापन प्रणालीको
आवश्यकता / महत्व:
व्यवस्थापन
सूचना प्रणाली सूचना तथा तथ्याङ्कहरुको संकलन , प्रशोधन एवं वर्गिकरण अवस्थामा भण्डारण
गरिराख्ने एक सूचना संजाल हो जसबाट व्यवस्थापकिय कार्यका लागि आवश्यक सूचना सहज र शिघ्ररुपमा
प्राप्त गर्न सकिने हुन्छ भने प्राप्त गरेका सूचना तथा तथ्याङ्कमा एकरुपता र . विश्वसनीयता
समेत कायम हुन्छ । सहि र वास्तविक सूचनाको आधार संगठनले आफ्नो व्यवस्थापकिय कार्यहरु
प्रभावकारीरुपमा गरी संगठनको वैधता , विश्सनीयता , प्रभावकारीता वृद्धि गर्न सकिन्छ
। व्यवस्थापनको लागि सूचना रगत भए जस्तै सूचना व्यवस्थापन भनेको मुटु हो । यसको महत्वलाई
निम्नानुसार उल्लेख गर्न सकिन्छ:
·
व्यवस्थापनलाई आवश्यक पर्ने सूचनाहरु एकिकृत र परिष्कृत
रुपमा एकैथलोबाट प्राप्त गर्न सकिन्छ ।
·
नीति योजना बनाउन र निर्णय गर्न सहयोग पुग्दछ , कार्यान्वयन
स्तरलाई आवश्यक पर्ने सूचना छिटो र पर्याप्त रुपमा प्राप्त गर्न सकिन्छ , व्यवस्थापकिय
नियन्त्रण गर्न सहयोग पुग्दछ ।
·
भरपर्दो र विश्वसनीय सूचनाहरु प्राप्त गर्न सकिन्छ ।
अद्यावधिक सूचना उलब्ध गराउन सहायता गर्दछ ।
·
निर्णय प्रकृयामा सरल र छिटो बनाई प्रभावकारी कार्यान्वयन
गर्न मद्धत गर्दछ ।
·
भावि योजना बनाउन मद्धत गर्दछ ।
·
व्यवस्थापनको विभिन्न तहको लागि आवश्यक विभिन्न प्रकृतिको
सूचना छुट्टा छुट्टै किसिमले दिन सहयोग पुऱ्याउँदछ ।
·
अनावश्यक सूचनाको भार कम गर्न सहयोग पुग्छ । यसले आवश्यक
सूचनाहरुलाई अद्यावधिक गर्ने र अनावश्यक सूचनाहरुलाई क्रमश विस्थापित गर्दै जाने गर्दछ
।
·
संस्थाको काम कारवाहिमा समन्वय गर्नमा सहयोग गर्दछ ।
·
पारदर्शिता कायम राख्न र अनुगमन र मूल्यांकन गर्न सहयोग
गर्दछ ।
·
एउटै भण्डारबाट सूचना प्राप्त गर्न सकिन्छ , लागत कम
हुन्छ ।
·
जनसहभागितामा वृद्धि हुन्छ ।
·
सूचना लुकाउने वा अरुको भर पर्नु पर्ने हुँदैन ।
·
योजनाको कार्यान्वयन र पृष्ठपोषण प्राप्त गर्न सकिन्छ
।
·
नियमित कार्यसञ्चालन गर्न सहयोग गर्दछ ।
·
जोखिम रोक्न र कार्यकुशलता बढाउन मद्धत गर्दछ । कर्मचारी
तथा संगठनको प्रभावकारीताको मूल्याङ्कन गर्न सहयोग गर्दछ ।
·
उत्प्रेरणा , समन्वय , सहकार्य र सम्बन्ध विकास गर्न
सहयोग गर्दछ ।
अतः सूचना निर्णयको आधार हो । यसका साथै सूचना शक्ति पनि हो । प्रशासनका
हरेक क्षेत्रमा गरिने व्यवस्थापकिय गतिविधिहरुले प्रभावकारी , सहि र पर्याप्त सूचनाको
उपलब्धताको स्थितिमा मात्र जीवन्तता प्राप्त गर्दछन् । सार्वजानिक प्रशासनमा योजना
बनाउने , संगठित गर्ने , कर्मचारी व्यवस्थापन गर्ने , निर्देशन दिने , समन्वय तथा बजेट
सम्बन्धीविभिन्न कार्यहरु सूचनाको माध्यमबाट मात्र सम्भव रहेको छ । यस्तो महत्वपूर्ण
साधन ( सूचना ) माथि सहज पहुँच कायम गरी सूचना संकलन , प्रशोधन , भण्डारण , विश्लेषण
र उपयोगको माध्यमबाट निर्णय प्रकृयालाई व्यवस्थित , गुणात्मक , मान्य र कार्यान्वयनयोग्य
बनाउन सूचना व्यवस्थापनको महत्वरहेको छ ।
नेपालमा
सूचना व्यवस्थापन प्रणालीको विद्यमान अवस्थाको बारेमा लेख्नुहोस् ।
·
प्रत्येक संगठनले सूचना प्रणालीमा आधारित सेवा प्रवाहमा
जोड दिनथालेको छ ।
·
सूचना र सञ्चारको हकलाई मौलिक हकको रुपमा व्यवस्था गरेको
छ ।
·
प्रत्येक कार्यालय सूचनाप्रविधिमैत्री बन्दै गएको छ
।
·
राष्ट्रिय सूचनाहरुको व्यवस्थापनको लागि केन्द्रिय तथ्याङ्ग
विभागको स्थापना भएको छ ।
·
सार्वजानिक कर्मचारीहरुको विवरण दुरुस्त राख्न प्रत्येक
संगठनको अभिलेख शाखा रहेको छ ।
·
वित्तिय व्यवस्थापन सूचना प्रणालीको व्यवस्था गर्न महालेखानियन्त्रकको
कार्यालय तथा कोष तथा लेखा नियन्त्रकको कार्यालयको स्थापना गरिएको छ ।
·
अफिस अटोमेसनको अभ्यास गर्न थालिएको छ ।
·
नेपालमा पनि भौगोलिक सूचना प्रणाली (GIS) , वित्तिय
व्यवस्थापन सूचना प्रणाली ( FMIS ) , मानव स्रोत व्यवथापन सूचना प्रणाली ( HRIS )
, आयोजना व्यवस्थापन सूचना प्रणाली ( PIS ) जस्ता व्यवस्थाहरुको अवलम्वन गरिएको छ ।
·
दक्ष जनशक्ति विकासमा जोड दिएको छ ।
·
राष्ट्रियस्तरका महत्वपूर्ण सूचनाहरुको सुरक्षित व्यवस्थापनको
लागि सरकारी एकीकृत तथ्याङ्क केन्द्र Government Integrated Center ) स्थापना पनि गरिएको
छ ।
·
प्रत्येक संगठनले सूचना व्यवस्थापन सम्बन्धीविभिन्न
सफ्टवेयरहरुको प्रयाग गरेको पाईन्छ । जस्तै नेपाल विद्युत प्राधिकरणमा CAIS ,
Empower जस्ता सफ्टवेयरको प्रयोग भएको छ ।
नेपालमा सूचना व्यवस्थापन प्रणालीमा देखिएका समस्या
तथा यसलाई प्रभावकारी बनाउने उपायहरुको बारेमा लेख्नुहोस् ।
उत्तरः नेपालमा सूचना व्यवस्थापन
प्रणालीमा देखिएका समस्या:
·
सूचना व्यवस्थापनमा व्यवस्थापनको चासो नै कम रहेको देखिन्छ
।
·
अझ पनि सूचना प्रणालीमा आधारित सेवा प्रवाह पूर्णरुपले
कायम गर्न सकिएको छैन । सूचना प्रवाह प्रणालीको सु - सञ्चालन हुन सकेको छैन ।
·
अफिस अटोमेसनको अभ्यास सबैमा लागू भएको छैन ।
·
PIS, GIS र
FMIS लगायतका व्यवस्थाहरुलाई थप सबलीकृत गर्न सकिएको छैन । प्राप्त सूचनाको प्राथमिकिकरण
, सुरक्षण र विश्लेषण पक्ष कमजोर रहेको छ ।
·
प्रविधिगत पछौटेपन कायम मै रहेको छ ।
·
स्रोत साधनको सीमितता रहेको छ ।
·
दक्ष जनशक्तिको अपर्याप्तता रहेको छ ।
·
सूचना व्यवस्थापन सम्बन्धीतालिमको अभाव रहेको छ ।
·
सूचना व्यवस्थापनमा वैज्ञानिक उपकरणको प्रयोग न्युन
रहेको छ ।
·
भाषागत समस्या रहेको छ ।
·
सूचनाको सतहि संकलन गर्ने परिपाटि रहेको छ ।
·
जिम्मेवारी र उत्तरदायित्वको कमि रहेको छ ।
·
अव्यवस्थित अभिलेख प्रणाली रहेको छ ।
·
सूचना विश्लेषण र कार्यान्वयन भन्दा प्रतिवेदनमा जोड
दिने परिपाटि रहेको छ ।
·
जनचेतना र जनसम्पर्कको कमि रहेको छ ।
·
सूचना व्यवस्थापनमा संलग्न कर्मचारीहरुबिच समन्वयको
अभाव रहेको छ ।
·
भौगोलिक विकटतारहेको छ ।
·
सूचना प्रविधिमैत्री संरचना र पूर्वाधार निर्माणमा सरकारको
लगानी र बजेट अपर्याप्त हुने गरेको पाईन्छ , आदि ।
सूचना व्यवस्थापनलाई प्रभावकारी बनाउने उपायहरु
: हरेक
संस्थाले प्रयोग गर्ने सूचनाहरु उचित किसिमले व्यवथापन गरिएको अवस्थामा मात्र सो संस्थाले
आफ्ना निर्णय र त्यसको कार्यान्वय सहजताका साथ गर्न सक्छ । सूचना व्यवस्थापनको क्षेत्रमा
विश्वमा धेरै प्रगति भइसकेको अवस्थामा नेपालले पनि यस सम्बन्धमा गम्भिर हुनु आवश्यक
छ । सूचना व्यवस्थापनलाई प्रभावकारी बनाउन चाल्नुपर्ने कदमहरु देहाय बमोजिम रहेका छन्
:
·
सूचना व्यवस्थापन गर्ने सम्बन्धमा प्रत्येक संगठनले
स्पष्ट नीति बनाउने ,
·
सम्वन्धित संस्थाले व्यवस्थित गरेको सूचनाको आधारमा
निर्णय गर्ने परिपाटीको विकास गर्ने ,
·
Information & Documentation center स्थापना गर्ने
,
·
प्रत्येक कार्यालयलाई सूचना प्रविधिमैत्री बनाउँदै लैजाने
,
·
अफिस अटोमेसनको अभ्यसालाई सबै कार्यालयलाई प्रयोग गर्न
प्रोत्साहित गर्ने ,
·
नेपाल सरकारले सूचना प्रविधिमैत्री संरचना र पूर्वाधार
निर्माणमा पर्याप्त लगानी र बजेटको प्रबन्ध गर्ने ,
·
सूचना व्यवस्थापनमा व्यवसायिकरुपले सक्षम कर्मचारी र
विशेषज्ञहरुबाट गर्ने ,
·
सूचनाको श्रोतमा सेवाग्राहि र सम्बद्धपक्षहरुको सहज
पहुँच कायम गर्ने ,
·
निरन्तर सुधारको लागि Quality Circle को अवधारणा लागु
गर्ने ,
·
Quality Assurance Mechanism को प्रयोग गर्ने ,
·
सूचना व्यवस्थापनका लागि आवश्यक कार्यविधि र निर्देशिका
बनाउने ,
·
सम्बद्ध पक्ष , विशेषज्ञ तथा अनुसन्धान संस्थाको सञ्जाल
प्रयोग गर्ने , मानव संसाधनको विकास गर्ने ,
·
जोखिमपूर्ण सूचना संकलनमा पर्याप्त लगानी गर्ने ,
·
अध्ययन अनुसन्धान पद्धतिको अवलम्बन गर्ने ,
·
जिम्मेवारी र उत्तरदायित्वको किटान गर्ने , • समन्वय
संयन्त्रको प्रभावकारी अवलम्बन गर्ने ,
·
अभिलेख प्रणालीमा सुधार गर्ने ,
·
सूचना विश्लेषण र कार्यान्वयन पक्षमा जोड दिनुपर्दछ
,
·
सूचना संकलन , भण्डारण , विश्लेषण , सुरक्षा र प्रवाह
सम्मका सम्पूर्ण चरणहरुहरुलाई व्यवस्थित गर्ने ,
·
आरोप प्रत्यारोप भन्दा पनि असल कार्यलाई मान्यता दिने
,
·
सूचना व्यवस्थापमा वैज्ञानिक उपकरणहरुको प्रयोग गर्ने
,
·
प्रभावकारी अनुगमन र मूल्यांकनलाई जोड दिने , आदि ।
अतः सूचना व्यवस्थापन प्रणाली एक पद्धति
हो जसले संगठानिक कृयाकलापको सहजिकरण गर्ने , सूचना तथा तथ्याङ्कको संकलन , प्रशोधन
, अभिलेख , भण्डारण र उपयोग गर्न सहयोग पुऱ्याउँदछ । सूचना व्यवस्थापन प्रणालीलाई प्रभावकारी
बनाउन सकेमा यसले व्यवस्थापकिय कार्यसम्पादनमा सकरात्मक प्रभाव पार्दछ । व्यवस्थापको
हरेक क्रियाकलाप निर्णयमा आधारित हुने र निर्णयका हरेक प्रक्रिया सूचनामा आधारित हुने
हुँदा सूचना व्यवस्थापन प्रणाली व्यवस्थापनको लागि अतिनै महत्वपूर्ण रहेको छ । यसले
संगठनका निर्णय प्रक्रियालाई वस्तुनिष्ठ र विश्वसनीय बनाउन सहयोग गर्दछ । प्रत्येक
संगठनहरुले प्रविधिमा आधारित सूचनाको समुचित व्यवस्थापन गरी संगठनको कार्यक्षमता र
प्रतिष्ठा बढाउन अग्रसर हुनैपर्दछ ।
सूचनाको हकको महत्व उल्लेख गर्दै राष्ट्रिय सूचना
आयोगका काम कर्तव्य र अधिकारहरु उल्लेख गर्नुहोस् ।
उत्तरः सूचनाको
हक सार्वजनिक महत्व र सरोकारको कुनै पनि विषयमा नागरिकले त्यस्ता सूचनाहरु माग्न सक्ने
र प्राप्त गर्न सक्ने अधिकारको सुनिश्चिततालाई नै सूचनाको हक भनिन्छ । नेपालको वर्तमान
संविधानले सूचनाको हकलाई मौलिक हकको रुपमा राखेको छ ।
सूचनाको हकको
महत्वः
·
शासन प्रक्रियामा जनताको सहभागिता बढाउँछ ।
·
सरकारलाई नागरिकप्रति उत्तरदायी बनाउँछ ।
·
भ्रष्टाचार नियन्त्रण गर्न मद्दत गर्दछ भने पारदर्शितालाई
बढावा दिन्छ ।
·
कानूनको शासनलाई प्रवर्द्धन गर्छ ।
·
सार्वजनिक सूचनामा जनताको अधिकार स्थापित गर्छ ।
·
सरकारी तथा सार्वजनिक नीतिको प्रभावकारी कार्यान्वयन
गर्न मद्दत गर्छ ।
·
सुचनाको हकले जनता सार्वभौमसत्ता सम्पन्न भएको कुरालाई
पुष्टी गर्छ ।
·
दण्डहिनताको अन्त्य गर्न सघाउ पुयाउँछ ।
·
लोकतन्त्रलाई बलियो र संस्थागत गर्छ ।
·
सार्वजनिक सेवा प्रवाहमा प्रभावकारिता ल्याई सेवाग्राहीप्रति
उत्तरदायी हुने वातावरण तयार गर्छ ।
·
राज्य सत्तामा नागरिकको पहुँच स्थापित गर्छ ।
राष्ट्रिय सूचना आयोगको काम,
कर्तव्य र अधिकारहरु :
·
सार्वजनिक महत्वको सूचना सम्बन्धी अभिलेख , लिखत तथा
अन्य सामग्रीहरुको अध्ययन तथा अवलोकन गर्ने ।
·
त्यस्ता निकायमा रहेको अभिलेख लिखित वा अन्य सामग्री
सम्बन्धी सूचना सूचिकृत गरी राख्न आदेश दिने ।
·
नागरिकको जानकारीका लागि सूचना सार्वजनिक गर्न सम्बन्धित
सार्वजनिक निकायलाई आदेश दिने ।
·
समय किटान गरी निवेदकले माग गरेको सूचना दिन सम्बन्धित
निकायलाई आदेश दिने ।
सूचनाको हक कुनै पनि नागरिकको नैर्सगिक अधिकार हो । सार्वजनिक महत्व
वा सरोकारको सूचना दिनु सार्वजनिक पदाधिकारीको कानुनी दायित्व हो । सूचनाको हकको प्रभावकारी
कार्यान्वयन भएको अवस्थामा यसले राष्ट्रमा सुशासन कायम मद्दत गर्दछ ।

0 Comments