सार्वजनिक सेबामा प्रबेश गर्न चाहनेहरुलाई हाद्धिक स्वागत छ । समसामयिक बिषय/hot-posts

दुग्ध विकास संस्थान , प्रशासन सहायक पदको प्रश्नपत्र २०७७/१०/०७

 

लोक सेवा आयोग

दुग्ध विकास संस्थान , प्रशासन , प्रशासन / लेखा , चौथो तह , प्रशासन / बजार सहायक / नायव लेखापाल पदको आन्तरिक प्रतियोगितात्मक

लिखित परीक्षा २०७७/१०/०७ KEY [ C ]

समय : ४५ मिनेट

पूर्णाङ्क : १००                                                                                                                                     विषय : सामान्य ज्ञान

पत्र : प्रथम

(उत्तरपुस्तिकामा प्रश्नपत्रको KEY अनिवार्य रूपले उल्लेख गर्नुपर्नेछ ।उल्लेख नगरेमा उत्तरपुस्तिका रद्द हुनेछ परीक्षामा calculator , mobile प्रयोग गर्न पाइनेछैन ।) Multiple Choice  50x2 = 100 Marks

 

1. गुलाफ़ फूलबाट बिजुली निकाल्न मिले झै कुन फलबाट बिजुली निस्कन्छ ?

A ) अंगुर                B ) कटहर              C ) स्याउ               D ) आँप

2. टेष्टेट्ब्यू प्रविधिबाट विश्वमा जन्माइएको पहिलो बच्चाको नाम के हो ?

 A ) ओममणि तामाङ                        B ) केमिन स्मिथ                C ) लुईस ब्राउन    D ) माथिको कुनै होइन

3. रेविज रोग विरूद्धको खोपको आविष्कारक को हुन् ?

A ) लुई पाश्चर                                     B ) सर आईज्याक न्यूटन

C ) अलेक्जेण्डर फ्लेमिङ्ग                    D ) विलियम हार्वे

4. प्राथमिक रंग " मा तलका मध्ये कुन पर्दैन ?

A) रातो                               B) निलो      C) हरियो               D)कालो

 

5. खानामा हुने रोग उत्पन्न गर्ने सुक्ष्म जीवाणु (Micro organism) हरूलाई तताएर मार्ने प्रकृयालाई के भनिन्छ ?

A) पाश्चराइजेशन               B) निर्मलीकरण   C) बाष्पीकरण     D) ग्याल्बोनाइजेशन

 

6. विश्व सम्पदा सूचीमा सूचीकृत नेपालको राष्ट्रिय निकुञ्ज तलका मध्ये कुन हो ?

A) बर्दिया राष्ट्रिय निकुञ्ज              B) लाङटाङ राष्ट्रिय निकुञ्ज

C) सगरमाथा राष्ट्रिय निकुञ्ज        D) खप्तड राष्ट्रिय निकुञ्ज

7.  दीगो विकासका १७ वटा लक्ष्यमध्ये कुन चाहिँ नेपालसँग प्रत्यक्ष सम्बन्धित रहेको छैन

A ) गरिबीको अन्त्य           B ) जमीनमाथिको जीवन                 C ) जलमुनिको जीवन   D) दीगो शहर पूर्वाधार

8. मानव विकास सूचकाङ्ग निर्माणमा तलका मध्ये कुन उपयोग गरिदैन

A) पोषण  B) औसत आयु C) विवाहयोग्य उमेर    D) साक्षरता दर

9. मातापिताको गुण सन्तानमा के को माध्यमबाट सर्दछ ?

A) वंशाणु              B) जिवाणु             C) डिएनए             D) क्रोमोजोम

10.  नेपालले दीगो विकास लक्ष्य कहिलेसम्ममा प्राप्त गर्ने समयावधि तोकेको ?

A) सन् २०३०   B) सन् २०२२        C) सन् २०२५        D) माथिको कुनै होइन

11.सुशासनमा तलका मध्ये कुन पर्दैन ?

A) पारदर्शिता       B) कानूनी शासन                C) उत्तरदायित्व      D) सार्वजनिक निर्माण

 

 12. नगरपालिकाको प्रमुख उप - प्रमुख पदमा उम्मेदवार बन्न कति वर्ष उमेर पूरा हुनुपर्दछ

A) १८ वर्ष              B) २१ वर्ष              C) २५ वर्ष              D) ३५ वर्ष

 

 13. स्थानीय तहको आन्तरिक लेखापरीक्षण कसले गर्ने कानूनी व्यवस्था रहेको ?

A) स्थानीय तह आफैले                                 B) महालेखा परीक्षक

C) कोष तथा लेखा नियन्त्रक कार्यालय          D) प्रदेश सरकार

 

14. नेपालको संविधान अनुसार " गुठी व्यवस्थापन ' कुन तहको सरकारको अधिकारको सूचीभित्र पर्छ

A ) संघ                  B ) प्रदेश                C) स्थानीय तह                    D) तीनै तहको सरकार

 

15.नेपालको वर्तमान् संविधान कतिऔं संविधान हो ?

 A) पहिलो     B) सातौं      C) आठौ                                 D) पाँचौं

 

16. संयुक्त राष्ट्र संघका लागि नेपालको तर्फबाट पहिलो स्थायी प्रतिनिधि को थिए ?

A ) मातृकाप्रसाद कोईराला                               B ) जयराज आचार्य

C ) पदमबहादुर खत्री                                       D) ऋषिकेश शाह

 17 युरोपियन युनियनबाट बेलायत बाहिर निस्कने विषयलाई तलका मध्ये के भनिन्छ

A) युरोपियन संसद्        B) युरोपियन साझेदारी      C) ब्रेक्जिट            D) युरो

 18.आसियानको २१ औं शिखर सम्मेलन कुन देशमा भएको थियो ?

A) सिंगापुर           B) फिलिपिन्स्     C) मलेशिया         D) कम्बोडिया

 

19. सार्कको अठारौं शिखर सम्मेलनमा नेपालको तर्फबाट कसले प्रतिनिधित्व गरेका थिए ?

 A) सुशिल कोइराला    B) शेरबहादुर देउवा

C) के पी . शर्मा ओली          D) पुष्पकमल दाहाल

 

20. UNO को सदस्यता लिन नेपालले कुन भाषामा आवेदन दिएको थियो

A ) नेपाली             B ) नेवारी              C) अंग्रेजी              D ) मैथिली

 

21. The Light of Asia " भनेर कसलाई चिनिन्छ ?

A) गौतम बुद्ध       B) महात्मा गान्धी              C ) माओ त्से तुङ्ग                              D) आङसाङ सुकी

 

22.३४ वर्षिया सान्ना मरिन कुन देशकी प्रधानमन्त्री हुन् ?

A) न्यूजिल्याण्ड                                 B) युक्रेन                C) लाओस्             D) फिनल्याण्ड

 

23. नेपालको वर्तमान् राजनीतिक व्यवस्था तलका मध्ये कुन हो ?

A) संसदीय राजतन्त्र                          B) निरकुंश राजतन्त्र

C) लोकतान्त्रिक गणतन्त्र                   D) जनवादी गणतन्त्र

 

24. सन् २०१ को अर्थशास्त्र तर्फको नाबेल पुरस्कार संयुक्तरूपमा कति जनालाई प्रदान गरियो ?

A)        B)    C) 8         D) 5

 

25 .आठौं राष्ट्रिय खेलकुद्को मस्कट के रहेको थियो ?

A) यति B) कृष्णसार         C) हात्तिको छावा               D) रेड पान्डा

 

26. आकाश गंगा तलका मध्ये के सँग सम्बन्धित ?

A ) सूर्य ताराहरूको समूह                        B ) ग्रहहरूको समूह

 C ) पृथ्वीबाट देखिने ताराहरूको समूह       D ) माथिको कुनै होइन -

 

27. सूर्यको प्रकाश पृथ्वीमा आउन कति समय लाग्छ ? \

A ) मिनेट १० सेकेन्ड      B ) मिनेट १५ सेकेन्ड

C ) मिनेट २० सेकेन्ड      D ) माथिको कुनै होइन

 

28.  ग्रहहरूको राजा भन्नाले कुन ग्रहलाई बुझिन्छ ?

A ) शनि                 B ) पृथ्वी                C ) मंगल               D ) वृहस्पति

 

29. भू - मध्य सागरलाई काट्ने विश्वको एक मात्र नदी कुन हो ?

A ) कंगो                 B ) नाईल               C ) अमेजन           D ) गंगा

 

30. विश्वको सर्वोच्च स्थानमा रहेको ताल कुन हो ?

A ) कैस्पियन       B ) तिलिचो          C ) सुपेरियर         D ) भिक्टोरिया

 

31. प्रशान्त महासागरको सबैभन्दा गहिरो भाग कुन हो ?

 A )  मरियाना ट्रेन्च            B ) जाभा ट्रेन्च     C ) मैक्सिको खाडी              D ) मोलीदीप

 

32. एशिया युरोप महादेशलाई संयुक्त रूपमा के नामले चिनिन्छ ?

A ) युरेसिया          B ) युरोप एशिया C ) युरोप एशिया              D ) एशिया युरोप

 

33. पृथ्वीको परिक्रमण ( Revolution ) भनेको के हो ?

A ) सूर्यले पृथ्वीलाई गर्ने परिक्रमा                   B ) पृथ्वीले सूर्यलाई परिक्रमा गर्ने गति

C ) पृथ्वीले आकाश गंगालाई घुम्ने क्रिया      D ) चन्द्रमाले पृथ्वीलाई घुम्ने गति

 

34. उच्च गुणस्तरको स्पात निर्माण गर्न प्रयोग गरिने निकेल धातु तलका मध्ये कुन जिल्लामा पाईन्छ ?

A ) मोरङ्ग            B ) मुस्ताङ्ग        C ) दैलेख               D ) सिन्धुपाल्चोक

 

35.तलका मध्ये नेपालमा मात्र पाइने चरा कुन हो ?

A ) डाँफे                                 B ) कालिज           C ) मुनाल              D ) काँडे भ्याकुर

 

36.क्षेत्रफलको आधारमा सानो जिल्ला तलमा मध्ये कुन हो ?

A ) भक्तपुर          B ) मनाङ्ग           C ) पर्वत                D ) डोल्पा

 

37. नेपालमा पाँगो माटो कहाँ पाइन्छ ?

 A ) तराई बेशी                  B ) भावर भित्री मधेश

C ) हिमाली भेग                   D ) भित्री मधेश चुरे पहाड

 

38. नेपालमा सबैभन्दा धेरै गर्मी हुने सबैभन्दा कम वर्षा हुने ठाउँ क्रमशः कुन कुन हुन् ?

 

A ) मोरङ्ग हुम्ला                         B) मोरङ्ग डोल्पा

C ) नेपालगञ्ज मुस्ताङ्ग              D ) नेपालगञ्ज मनाङ्ग )

 

39.  " I am the State " भन्ने फ्रान्सका राजा को थिए ?

 A ) लुईस चौधौं                   B ) हेनरी तृतीय                    c ) लुईस सोहौं      D ) हेनरी प्रथम

 

40.न्यूयोर्कमा रहेको " Statue of Liberty " लाई कुन देशको उपहार मानिन्छ ?

A ) फ्रान्स              B ) जापान             C ) बेलायत           D ) जर्मनी

 

41. राणाकालमा मुन्सीखाना के सँग सम्बन्धित थियो ?

A ) न्याय प्रशासन                               B ) कर प्रशासन   C) आन्तरिक मामिला       D ) परराष्ट्र मामिला

 

42. अन्तिम किराँत राजा को हुन् ?

A ) यलम्बर    B) स्थुक               C ) जितेदास्ती     D ) गस्ती

 

43 सुनको असर्फी प्रचलनमा ल्याउने तलका मध्ये को हुन् ?

A ) रणबहादुर शाह              B ) मानदेव           C ) अंशुवर्मा          D ) गुणकामदेव

 

44.  हाल नेपाललाई कतिवटा निर्वाचन क्षेत्रमा विभाजन गरिएको ?

A ) ११०       B ) २७५                  C ) १६५                  D ) १५

 

45. सर्वप्रथम तामाको मुद्रा प्रचलनमा ल्याउने राजा को हुन् ?

A ) महिन्द्र मल्ल                  B ) जय प्रकाश मल्ल

C ) प्रताप मल्ल                    D ) रत्न मल्ल

 

46. नेपाल भ्रमण वर्ष सन् २०२० मा नेपाल आउने पर्यटकको संख्या कति पुयाउने लक्ष्य लिइएको ?

A ) १५ लाख                          B ) २० लाख          C ) २५ लाख          D ) ३० लाख

 

47. किपट प्रथा तलका मध्ये कुन जातिसँग सम्बन्धित ?

A ) क्षेत्री                                 B ) मगर                C ) थारू                                 D ) लिम्बु

 

48.  तलका मध्ये सबैभन्दा लामो राजमार्ग कुन हो ?

A ) पूर्व - पश्चिर राजमार्ग                  B ) हुलाकी राजमार्ग

C ) मध्यपहाडी राजमार्ग                    D ) काली गण्डकी कोरिडोर

 

49.गौतम बुद्धको दाँत कुन देशमा सुरक्षित राखिएको ?

A ) श्रीलंका           B ) चीन                 C ) भारत               D ) नेपाल

 

50. " तोरन्ल्ह " पर्व कुन जातिले मनाउँछन् ?

A ) गुरूङ्ग            B ) मगर                C ) राई                   D ) थकाली 

 

 

- THE END -










Post a Comment

0 Comments